Hamrohealth

अब आउने जेठ दोस्रो साताबाट टिचिङ अस्पतालले कलेजो प्रत्यारोपण सेवा सुरु गर्ने

काडमाडौं ।शिक्षण अस्पताल महाराजगन्जले जेठ दोस्रो साताबाट कलेजो प्रत्यारोपण सुरु गर्ने भएको छ। काठमाडौंनिवासी एक ५० वर्षीय व्यक्तिलाई ३० वर्षीया छोरीले कलेजो दान गर्न लागेकी हुन्।

चिकित्सकको लामो परामर्शपछि बाबुछोरी कलेजो प्रत्यारोपणका लागि तयार भएका हुन् ।

अस्पतालले डा रमेशसिंह भण्डारीको नेतृत्वमा यो सेवा सञ्चालन गर्न लागेको हो । प्रत्यारोपणका लागि भारतको अपोलो अस्पतालको विशेषज्ञ टोली पनि आउनेछ। यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

बढ्ने भयो कर्मचारीको तलब २५% सम्म।

काठमाडौं : आगामी आर्थिक वर्ष २०७६७७ का लागि सार्वजनिक हुने नयाँ बजेटमा कर्मचारीको तलब १५ देखि २५ प्रतिशतसम्म बढ्ने भएको छ।

आगामी आविको बजेटमा निजामती कर्मचारीको मासिक तलब हाल खाइपाइ आएको भन्दा करिब १५ देखि २५ प्रतिशतसम्म बढाइने तयारी थालिएको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको समाचार राजधानी दैनिकमा छ। अर्थ मन्त्रालयका अनुसार आगामी बजेटमा सामाजिक सुरक्षा भत्ता र कर्मचारीको तलब वृद्धि गर्नुपर्ने अत्यधिक दबाब छ।

मुख्य सचिवको संयोजकत्वमा रहने तलब पुनरावलोक समितिले पनि कर्मचारीको तलब वृद्धिको सिफारिस गर्ने भएको छ।

नर्सिङ पेसाको अँध्यारो पाटो

नर्सिङ

आफ्नो बच्चालाई बोतलको दूधका भरमा छोडेर अरुलाई पूर्ण स्तनपान सिकाउनुपर्ने नर्सका बाध्यता

छवि बस्नेत

बहिरबाट सरसरर्ती हेर्दा जतिको सहज देखिन्छ, त्यतिकै जटिल छ नर्सिङ पेसा। 

यस पेसासँग आबद्धहरूले सुरुमा निकै कठोर मिहिनेत र त्याग गरेका हुन्छन्। 

सर्वप्रथम त एउटा सफल नर्स बन्नका लागि धेरै त्याग तथा तपस्या चाहिन्छ भन्ने कुरा बुझ्न जरुरी छ। लाखौँ पैसा खर्च गरी अध्ययन पूरा गरेपछि लाइसेन्स लिनुपर्छ। तर, लाइसेन्स प्राप्त गरेका नर्सहरु बेरोजगारीको समस्याले त्रसित नभएका पनि होइनन्।  

सन् २०१९ सम्मको तथ्यांकलाई हेर्दा ८५ हजार ८ सय ८४ नर्सहरु नेपाल नर्सिङ कउन्सिलमा दर्ता भएका छन्। जसमध्ये ८ सय ४२ जना त विदेशीको संख्या छ।

मान्छे एक, रुप अनेक भनेझैं नर्स कसैकी छोरी, बुहारी, श्रीमती तथा कसैको प्राणप्रिय आमा हुन सक्छे। उनले विभिन्न भूमिकामा  आफूलाई प्रस्तुत गर्नुपर्ने हुन्छ। त्यसमाथि दैनिक ड्युटी त छँदैछ।

एउटी सुत्केरी जब सानो बच्चालाई घरमा बोतलको दूधको भरमा छोडेर जागिरमा हिँड्छिन्। खोइ त्यो बच्चाको लागि पूर्ण स्तनपानको अधिकार? खोइ आमाको न्यानो काख?

नर्सको मुहारमा मात्रै खुसी हैन मनैदेखि खुसीको बीज रोपिनुपर्ने होइन र?

दिनरात भोकतिर्खा, निद्रा, चाडपर्व केही नभनी ड्युटीमा खटिनुको पीडा बेग्लै छ। यसमाथि नियम अनुसार पाउनुपर्ने पारिश्रमिक र आत्मसम्मान समेत नहुँदा कस्तो हुँदो हो, त्यो नर्सलाई मात्र थाहा हुन्छ।  

दिनरात सेवा गरी ‘लेडी विथ द ल्याम्प’को उपाधि पाएकी नर्स कुनै देवीको रुपभन्दा पनि कम छैन। 

नर्सहरुसँग  सम्बन्धित थुप्रै मुद्दा छन्। तिनीहरुलाई समुचित ढंगबाट पार लगाई व्यवहारमा ल्याउनु ठुलो कुरा हो। 

मौखिक रुपमा चर्को भाषण गरी विभिन्न आश्वासन देखाई आँखामा छारो राख्नु भनेको भ्रमको खेती गर्नु सिवाय केही होइन। तसर्थ यो वर्षको नर्सिङ दिवस सँगसगै नर्सिङ मुद्दा, माग तथा विभिन्न समस्याको व्यवस्थापन बुद्धिमत्तापूर्ण तवरले सम्पन्न होस्।  नर्सिङ पेसामाथि भएको राजनीतिक हाबीको अन्त्य हुनुपर्छ। नर्सिङ पेसालाई सम्मान गरी उनीहरुलाई सेवाप्रति आकर्षित गराइराख्नुपर्छ। नर्स अस्पतालको बलियो खम्बा मेरुदण्ड नै हुन्। के नर्स बिनाको अस्पताल कसैले कल्पना गर्न सक्ला?

तसर्थ नर्सिङ पेसामा आलोचना गर्नुअघि समस्याको जड पत्ता लगाउनु  जरुरी छ। नर्सको मुहारमा मात्रै खुसी हैन मनैदेखि खुसीको बीज रोपिनुपर्ने होइन र?

त्यसैले नर्सिङ पेसाका सबै समस्या हल भई उनीहरुबीच एकता आवश्यक छ। 

नर्सहरुलाई साथ दिऔं, सम्मान र प्रोत्साहन दिऔं।

 (स्टाफ नर्स, लमही अस्पताल, दाङ)

सिमित समूहको स्वार्थ पुरा गर्न ल्याइएको यस्तो सम्रचनाले समग्र स्वास्थ्य अवस्था काहा पुर्याउला सोच्नै पर्ने बिषय बनेको छ।

निति बनाउने र ऐन नियम बनाउनेहरुले स्वास्थ्यको संबेदनसिलता बुझ्नु जरुरी छ। कसैलाइ हानी नपुर्याउने अझ आफ्नो क्षमता ले भ्याएसम्म जुनसुकै परिस्थितीमा बिरामीको उपचार गर्ने,निको पार्ने र रोकथाम गर्ने Hippocratic Oath लिएका मानिस हरु हौ हामी स्वास्थ्यकर्मी हरु। कर्मचारी समायोजन सकिएको हालको सन्दर्भमा हामिले बनाएको निति ( Organogram) कत्तिको बैज्ञानिक भयो र यसले भविस्यमा कस्तो परिणाम ल्याउछ त्यो समय ले बताउला।

समग्रमा भन्नुपर्दा स्वास्थ्य मन्त्रालय हाम्रो Apex Center हो जसले समग्र देशको स्वास्थ अवस्था कस्तो र कहा पुर्याउने भन्ने मार्गनिर्देश गर्छ र आवस्यक निति बनाउछ। हाम्रो चित दुखाइ कहा हो, भने २०७५/०९/०९ मा एक प्रकार को Organogram ल्याइयो र हामिलाइ समायोजनमा भाग लिन लगाइयो त्यसपछी सिमित स्वार्थको घेरा भित्र रहेर पुन तोड्मोड गरि २०७५/०९/२९ मा अर्को Organogram बनाएर कपट पुर्ण तरिकाले झुक्याइएको छ/ त्यसको क्षतिपुर्ती कहा बाट, कसरी लिने ? म प्रश्न गर्न चाहन्छु। सिमित समूहको स्वार्थ पुरा गर्न ल्याइएको यस्तो सम्रचनाले समग्र स्वास्थ्य अवस्था काहा पुर्याउला सोच्नै पर्ने बिषय बनेको छ।

एकातर्फ पुरानो स्तरवृद्धि लाई बढुवा जस्तो बनाएर बिना योग्यता जिम्मेवारी दिने र अर्को तर्फ स्तरबृद्धी लाई खारेज गर्ने गरि संघीय निजामती ऐन बनाउने कुराले कत्तिको न्याय गर्ला? बुझ्नुपर्ने बिषय बनेको छ। कोहि कर्मचारीलाई आफ्नो जागिर गर्ने अबधीभर अवसर दिइरहने र उपल्लो योग्यता भएको बरिष्ठ कर्मचारीलाई सधै सहायक स्तर मै राखेर कनिष्ठ बनाउने नियोजित खेलको पर्दाफास कहिले हुने ? त्यसको हिसाब किताब कहिले हुन्छ ? म सोध्न चाहन्छु। देश बिकेन्द्रीकरण र संघीयतामा गइसकेपछी केहि नयापन र फरकपन हुनुपर्छ अझ स्वास्थ सेवामा त यो एउटा सुनौलो अवसर नै हो / तथापी पनि यसले सोचेजस्तो र चाहेजस्तो नतिजा दिएजस्तो लाग्दैन। गुणस्तरीय स्वास्थ्य जनशक्तिको आवस्यक ब्यबस्थापनमा अझै पनि हाम्रो मन्त्रालय किन चुकेको हो, उत्तर खोज्ने बेला भएको छ।

प्रत्यक्ष जनसरोकार संग जोडिएको बिषयमा निति बनाउदा कालान्तर सम्मको परिणाम लाइ आन्कलन गर्नुपर्ने हो, यो किन हुन सकेन? के यस्तो सतही निर्णयले भोलीको स्वास्थ्य प्रणालीमा उल्लेख्य सुधार ल्याउन सक्ला? यि र एस्ता थुप्रै प्रश्नहरु तेर्सिसकेका छन।

नसर्ने र दिर्घ रोगको बृद्धी, गुणस्तरिय स्वास्थ्य जनशक्तिको समय सापेक्ष र युग सुहाउदो ब्यबस्थापन, स्वास्थ्य क्षेत्रमा घट्दो बजेट, नया र emerging रोगहरु, प्राकृतिक प्रकोप र महामारि, स्थानिय सरकार र जनप्रतिनिधीको स्वास्थ्यमा कम चासो वा ठुलो ठुलो अस्पताल बनाएर मात्र स्वास्थ्य सेवा दिन सकिन्छ भन्ने भ्रम, स्वास्थ्यमा गरिएको खर्च लगानी हो भनेर बुझ्न नसक्नु, अत्याबश्यकिय र emergency सेवाको बिस्तार र पहुच नहुनु, निति निर्माण र कार्यक्रम Evidence Based बन्न नसक्नु, खोज र अनुसन्धानमा कम प्राथमिकता दिइनु, दिगो बिकास लक्ष्य प्राप्ती लगाएत बिबिध चुनौतीहरु स्वास्थ्य क्षेत्रमा थप भइसकेका छन।

यि जटिल चुनौतीहरु बिच बाट अबको स्वास्थ्य क्षेत्रको बाटो तय हुनुपर्छ त्यसका लागी पनि Quality Health Manpower कै जरुरी हुन्छ। आशा गरौ अमुक मान्छेको फाइदाका लागी मात्र निति बन्ने छैन, एति सम्बेदन्शिल क्षेत्रमा राजनिती हुने छैन र चाडै बुद्धी फिर्ने छ…..!

लेखक : झम प्रसाद आचार्य, नमो बुद्द नगरपालिका, काभ्रेमा हे.अ पदमा कार्यरत हुनुहुन्छ

जनकपुर स्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालको बिजोग

धनुषा — जनकपुरस्थित जानकी मेडिकल कलेजको शिक्षण अस्पतालको सर्जिकल वार्डमा धनुषा एकराहीका गुडुकुमार मण्डल उपचारका लागि भर्ना भएको चार दिन भयो । पिपलको बोटबाट लड्दा उनको ढाड सर्केको छ । 

वार्डमा भर्ना एक्लो बिरामी मण्डलसँग कुरुवा आमा राती सुनसान अस्पतालमा डराउँछिन् । जानकी मेडिकल शिक्षण अस्पतालको सर्जिकल वार्डजस्तै अन्य वार्डमा समेत बिरामी नहुँदा सुनसान छ । उपचारका लागि बिरामी नआउँदा अस्पतालको श्य्या धुलाम्मे छ ।

शुक्रबार दिउसो अस्पतालको आकस्मिक कक्षमा १ र आईसीयुमा १ जना मात्रै विरामी थिए । तर, अस्पताल प्रशासक जयाउल हकले अस्पतालमा १८ जना विरामी भर्ना रहेको दावी गरे । उपचारका लागि विरामी नहुँदा अस्पतालमा इर्न्टनसिपका लागि आएका सिकारु चिकित्सकहरू ओपीडीमै समय बिताएर फर्किन्छ । अस्पतालको वार्डमा विरामी भर्ना नहुँदा अभ्यासका लागि आएका स्टाफ नर्सहरू गफ गरी समय बिताउँछन् ।

जनकपुरमा ३ सय ६८ बेडको अनुमति रहेको जानकी मेडिकल शिक्षण अस्पतालमा पार्ट टाइम डाक्टर मात्र राखेपछि ओपीडी जेनतेन चलेको छ । अस्पतालमा भर्ना गर्नुपर्ने बिरामीलाई बाहिरै पठाउने गरेको छ । सुनसान अस्पताल देखेर पनि विरामी भर्ना हुन नमानेको कर्मचारी बताउँछन् । अस्पतालमा विशेषज्ञ डाक्टरको नाम राखिएपनि नियमित बस्ने चिकित्स नहुँदा अस्पताल धरासायी बनेको छ ।

शिक्षण अस्पतालमा १० बेडको आइसियु, १० बेडको सिसियु, १० बेडको एनआइसियु सुविधा भएपनि अस्पतालमा विरामी नआउँदा सुनसान बनेको हो । नेपाल सरकारको आमा सुरक्षा कार्यक्रमअर्न्तगत शिक्षण अस्पतालले सञ्चालन गर्ने निःशुल्क प्रसूति सेवा पनि ठप्प छ । अनुदान बापतको २८ लाख रुपैयाँ भुक्तानी नपाएपछि आमा सुरक्षा कार्यक्रम रोक्दा अस्पतालमा प्रसुती सेवा समेत ठप्प भएको अस्पताल प्रशासक हकले बताए ।

जनकपुरको एक मात्र सरकारी जनकपुर अञ्चल अस्पताल र निजी क्लिनिकमा बिरामीको चाप बढे पनि डाक्टर अभावमा शिक्षण अस्पतालमा विरामी उपचार गराउन मान्दैनन् । शिक्षण अस्पतालमा विद्यार्थी भर्ना गर्ने बेला र अनुगमनको समयमा शिविर सञ्चालन गरी बिचौलियाहरू प्रयोग गरी विरामी थुपार्ने गरेको त्यहाँ कार्यरत एक कर्मचारीले बताए ।

कर्मचारी आन्दोलितकर्मचारीको तलब समयमा नदिएर पटकपटक आन्दोलनले थला परेको जानकी मेडिकल कलेजका कर्मचारी फेरि आन्दोलित भएका छन् । कलेज व्यवस्थापन पक्षले विगतमा गरेको सहमति कार्यान्वयन नगरेको विरोधमा कर्मचारीहरू बिहीबारबाट आन्दोलन थालेका हुन् ।

बिहीबार अस्पतालको ओपीडी सेवा एक घण्टा ठप्प गरेका कर्मचारी शुक्रबार बिहान १० बजेदेखि १२ बजेसम्म दुई घण्टा ओपीडी ठप्प पारे । समयमा तलबभत्ता नदिँदा १० महिना अघि कर्मचारकिो आन्दोलनले धारासायी भएको मेडिकल कलेजको व्यवस्थापन पक्षले तत्काल तलब उपलब्ध गराउने सहमति गरेको थियो । तर विगतमा कलेज संचालक पक्षका ओमप्रकाश पाण्डेले गरेको सहमति सम्झौता कार्यान्वयन नगरेको कर्मचारीहरूको आरोप छ ।

कर्मचारीलाई बिना कुनै कसुर, पूर्वसूचना र स्पष्टीकरण समेत नलिई हाजिरी हटाउने जस्ता अन्यायपूर्ण कदमले कर्मचारी अन्यौलमा परेको कर्मचारी संघर्ष समितिका संयोजक उमेश यादवले बताए । अस्पताल प्रशासनले ४ महिनाअघि शिक्षण अस्पतालका १ सय २८ कर्मचारीलाई हटाएका थिए ।

साभार:कान्तिपुर दैनिक।

यी अस्पताल परिसरमा अब देखि सुर्ती चुरोट निषेध।

प्रहरीले बैसाख २९ गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न १० सरकारी अस्पताल वरपर सूर्ती, चुरोट र खुट्खालगायत सूर्तीजन्य वस्तु खान निषेध लगाउने भएको छ। 

महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष पहलमा वीर अस्पताल, कान्ति बाल अस्पताल, टिचिङ अस्पताल, र्कीतिपुर अस्पताल, सिभिल अस्पताल, थापाथली प्रसूति गृह, आर्मी अस्पताल, प्रहरी अस्पताल, नरदेवी आयुर्वेद, गंगालाल र शुक्रराज शास्त्री अस्पताल वरपर सूर्तीजन्य पदार्थको बेचबिखन र सेवन निषेध गरिएको हो।

अस्पतालको एक सय मिटर वरपर बेचबिखन गर्नसमेत रोक लगाइने काठमाडौं परिसरका डिएसपी होबिन्द्र बोगटीले बताए।

यदी कसैले सेवन तथा बेचबिखन गरे पहलिो पटक सम्झाइ बुझाइ गर्ने र दोहोर्‍याएर गरे एक सय रुपैयाँ जरिवाना तिराइने प्रहरीले जनाएको छ।

यसरी उठाइको जरिवान राजश्व स्वरुप नेपाल सरकारको राजश्वमा जम्मा हुनेछ।

पहिलो चरणमा सरकारी अस्पतालमा यो नियम लागू गरिएको प्रहरीले जनाएको छ। अर्को चरणमा निजी अस्पतालमा समेत यो नियम लागू गरिने प्रहरीको योजना छ।

स्रोत:स्वास्थ्य खबर पत्रीका

पुरानो पोस्ट