औषधि प्रयोग नगरी डिप्रेसनको उपचार कसरी गर्ने?

Sharing is caring!

मनोरोग के हो पहिले यसको बारे कुरा गरै, कहिलेकाहीँ वा एक–दुई दिन मुड बिग्रने वा दिक्क लाग्ने जसलाई पनि हुन सक्छ। यस्तो अवस्था डिप्रेसन भने होइन। दुई हप्ता वा दुई हप्ताभन्दा बढी समयसम्म मन निराश हुने, दिक्क लाग्ने, शरीर गल्ने आदि भइराख्यो भने डिप्रेसन भएको हुन सक्छ।
डिप्रेसन मनको रोग हो। डिप्रेसनमा मन ज्यादै दुःखी हुन्छ, कुनै कुरामा पनि चाख लाग्दैन र जीउ गल्ने वा थकाइ लाग्ने हुन्छ। यी लक्षणहरुका साथै भोक र निद्रा नलाग्ने, रिस उठ्ने, रुन आउने र छटपटी हुने हुन्छ।
डिप्रेसन मनको रोग भएकाले मनोचिकित्सक, मनोपरामर्शविद (Counselor) कहाँजानु पर्ने हुन्छ र धेरै बिरामीहरु Psychological Counselor र Psychiatrist कहाँ जँचाउन जाने भनेपछि अप्ठेरो मान्नु हुने रहेछ। डिप्रेसनको उपचार गर्ने क्रममा जीवनशैलीमा परिवर्तन गर्नु आवश्यक हुन्छ। के कस्तो जीवनशैली अपनाउँदा डिप्रेसन ठीक हुन्छ वा डिप्रेसन रोग लाग्न दिँदैन भन्नेबारे यहाँ चर्चा गरिएको छ।

डिप्रेसन किन हुन्छ? (Causal Factors)
किन बढ्दै छ डिप्रेसन?
यसबारे पश्चिमी देशहरुमा धेरै अनुसन्धान भइरहेका छन्। हालै प्राध्यापक एडवार्ड वुलमोर जो मानसिक रोग विशेषज्ञ हुन्, उनले आफ्नो पुस्तक ‘द इन्फ्लेम्ड माइन्ड’मा लेखेका छन्, ‘दीर्घ रोगहरु जस्तै बाथ, सोरायसिस, पेट र आन्द्राका रोगहरु मा डिप्रेसन बढी देखिन्छ। त्यस्तै धेरै मोटोपना, महिलाहरुमा महिनाबारी सुकेपछि, परिवारजनको मृत्यु, बाल्यवस्थामा भोगेका दुःखदायी अप्रिय घटना, शारीरिक चोटपटकहरु र जाडोयाममा सूर्यको प्रकाश र तापको कमीले डिप्रेसन निम्त्याउँछन्। लगातारको तनाव जुन अहिलेको जीवनशैलीले समाजमा बढ्दै छ, त्यसले डिप्रेसन बढाउँदैछ।

डिप्रेसनको उपचार गर्न बजारमा उपलब्ध औषधीहरु त धेरै छन् तर ती औषधी सेवन गर्दा फाइदा हुनुको सट्टा झन् असजिलो भयो भने औषधीले, शायद फाइदा गर्दैन भन्ने अनुमान लगाउन सकिन्छ। त्यस्तो अवस्थामा यहाँ दिइएका तरिकाहरु अपनाउन र अभ्यास गर्न सक्नु हुन्छ।
डिप्रेसन हुदा देखिने प्रमुख लक्षण हरू (Major Symptoms of Depression)
*बेचैनि
*नैरास्यता
*चिडचिडापन
*अतालि रहने
*एक्लै बस्न रूचाउने
*अनावस्यक रिस उठनु
*आत्म विस्वास घटदै जानु
*ध्यान केन्द्रित गर्न कठिनाइ

  • काममा जोस जागर घटदैजाने
    *अनिन्द्रा अथवा धेरै निन्द्रा लाग्नु
  • अनावस्यक थकान, डर र चिन्ता
    *एक्कासि तैल बढनु वा घटदै जानु
    *सामाजिक कार्यमा अथवा समुहमा बस्न रूचि घटनु
    *जिवन प्रति बोझ महसुस हुनु र
    *मर्न मन लाग्नु
    प्राकृतिक तरिकाहरुः
    (१) शारीरिक व्यायामः शारीरिक व्यायाम ज्यादै राम्रो प्राकृतिक औषधी हो र रोगहरुबाट बच्ने उपाय पनि हो। व्यायाम गर्दा मुटु बलियो हुन्छ र मुटु बलियो हुँदा शरीरका सबै अङ्गमा रगतको प्रवाह राम्रो हुन्छ। अक्सिजन र खानेकुराबाट प्राप्त पोषण तत्वहरु मस्तिष्कलगायत सारा शरीरमा राम्रोसँग पुग्छ। मस्तिष्कका कोषहरुले राम्रोसँग काम गर्छन्। सम्झना शक्ति पनि राम्रो हुन्छ। मानसिक तनाव छ भने घट्छ। व्यायाम गरेपछि शरीरमा स्फूर्ति बढ्छ र मनमा आनन्द आउँछ। शारीरिक व्यायाम नियमित गर्दा डिप्रेसनमा दिइने औषधीले जस्तै काम गर्छन् भन्ने केही अध्ययनहरुले देखाएका छन्।

(२) ध्यानः हिजोआज ध्यानबारे निकै चर्चा चल्ने गरेको छ। धेरैलाई यसबारे केही न केही थाहा पनि छ। नियमित ध्यान गर्नाले मानसिक तनाव घटाउँछ र धेरै रोगहरुबाट बच्न सहयोग गर्छ भन्ने निश्चित प्रायः छ। मानसिक तनाव नै धेरै रोगको जड हो र तनावको उचित व्यवस्थापन गर्नु भनेकै रोगहरुबाट बच्नु हो भने ‘ध्यान’ मानसिक तनावको व्यवस्थापन गर्ने धेरै राम्रो तरिका हो।सकभर ध्यान गर्ने तरिका राम्रो गरी सिकेर गर्नु उत्तम हुन्छ। त्यसरी सिक्ने अवसर नपाउँदासम्म ढाड सिधा गरेर भुइँमा बस्ने, आँखा चिम्म गर्ने र १५/२० मिनेट जति बिस्तारै लामो श्वास लिने र छोड्नेमा आफ्नो मनलाई लगाउनुहोस्। दैनिक यति मात्र गर्नु भयो भने पनि तपाईंलाई धेरै फाइदा हुनेछ।

(३) आफ्नो मनमा आएका कुराहरु आफ्नो नजिकका, विश्वासिला व्यक्तिसँग सुनाउने गर्नुस्। यसो गर्दा मन हलुको हुनेछ। त्यो सम्भव छैन भने आफ्ना भावनाहरु एउटा डायरीमा लेख्ने गर्नुस्। प्रत्येक दिन २० मिनट यसको लागि समय दिनुस्।
(४) रक्सी पिएर मन शान्त पार्ने प्रयास नगर्नुस्। रक्सीजन्य पदार्थले डिप्रेसनलाई झन् बढाउँछ।

(५) घरभित्र एक्लै टोलाएर, रोएर, कुरा खेलाएर बस्ने नगर्नुस। घरबाट बाहिर निस्कनुस्। साथीभाइलाई भेट्नुस्, वा फोन गरेर भए पनि कुरा गर्नुस्। घरमा तरकारीबारी, फूलहरु फुलाउनुस् वा तिनलाई स्याहार गर्नुस्।

यो उपायहरू आफुले प्रयोग गर्न नसकेमा, मनोपरामर्स (Counseling) र मनोचिकित्सा (Psychotherapy) को सहायताले नकारात्मक सोचाइहरु बदलेर सकारात्मक बनाउन सकीन्छ। नेपालमा अहिले धेरै संघसथा हरूले मनेपरामर्स को सेवा दिइरहनु भएको छ। आफ्नो पाएक पर्ने ठाउँ मा गएर तपार्इहरूले आफुलार्इ मनोसामाजिक अथवा मानसिक समस्या परेको बेला सहयोग लिन सक्नु हुन्छ। PICS NEPAL एक मनोसमाजिक र मानसिक समस्याहरूलार्इ न्युन र यसको समाधानको लागी निरन्तर सेवा दिदै आएको संस्था हो। मनोसमाजिक र मानसिक समस्या हरू पर्दा हामिलाइ सम्झनु होला। सम्पर्क : 015199735, 9851225495 & 9861442108

Leave a Reply

Your email address will not be published. Required fields are marked *