शैक्षिक योग्यताका आधारमा स्वास्थ्यको समायोजन गर्न सामान्य प्रशासनको परिपत्र।

Sharing is caring!

काठमाडौं- कर्मचारी समायोजनको काम अगाडि बढाइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सामान्य प्रशासन मन्त्रालयको पत्रले फेरि समस्यामा ल्याएको छ। समायोजनका क्रममा देखिएका समस्या समाधान गर्न स्वास्थ्यले ९ बुँदे विवरण सामान्यमा पठाएको थियो।

सामान्यले स्वास्थ्यको ९ बुँदे विषयको समाधानसहितको पत्र पठाइसकेको छ। तर, उक्त पत्रपछि स्वास्थ्यमा फेरि समायोजनको समस्या बल्झिने खतरा देखिएको स्वास्थ्यका कर्मचारी बताउँछन्।

सामान्यले पठाएको ९ बुँदे समाधानको उपायमा शैक्षिक योग्यताका आधारमा मात्र कर्मचारीको पदनाम गर्नुपर्ने उल्लेख छ। सामान्यले यही आधारमा स्वास्थ्यका कर्मचारीको समायोजन गर्न निर्देशन समेत दिएको छ।

यो निर्देशनपछि स्वास्थ्यमा हेल्थ असिस्टेन्ट र सिअहेवसहित अनमीको समस्या फेरि बल्झिने भएको छ। स्वास्थ्यमा ४,५ र ६ तथा ५, ६ र ७ औं तहका कर्मचारीमा शैक्षिक योग्यता र ‘लोकतान्त्रिक’ बढुवाको विवाद छ।

सामान्यले अदालतबाट आदेश लिएका कर्मचारीको हकमा भने अदालतको आदेश अनुसारकै पदनाम कायम गर्न भनेको छ।

सामान्यको नयाँ निर्देशनमा समायोजनका क्रममा पदनाम दिँदा आधार पदका आधारमा शैक्षिक योग्यताका आधारमा गर्नुपर्ने उल्लेख छ। 

सरकारले अहेबलाई स्तरबृद्धि गर्दै छैठौँ तहमा लगेपछि एचए र सिअहेबबीचको विवाद चर्किएको हो। एचएको आधार पद पाँचौ तहका हुन्छन्। तर शैक्षिक योग्यताका आधारमा सिअहेबभन्दा एचए माथिल्लो तहका हुन्।

स्वास्थ्य सेवामा शैक्षिक योग्यता नपुगे पनि स्वतः बढुवा पाएका स्वास्थ्यकर्मीको संख्या झन्डै ४ हजार छ। निजामती सेवामा भएको लोकतान्त्रिक बढुवा (२४ घ) को सिको गर्दै स्वास्थ्य सेवा ऐनमा राखिएको निश्चित मापदण्ड पुगेपछि स्वतः बढुवा हुने प्रावधानले स्वास्थ्य सेवामा समस्या ल्याएको हो। तत्कालीन स्वास्थ्यमन्त्री अमिक शेरचनको पालामा सुरु भएको यो व्यवस्थाले स्वास्थ्यकर्मीहरुमा फाटो ल्याउने काम गरेको छ।

यो व्यवस्थापछि स्वास्थ्य सेवामा शैक्षिक योग्यता बढी भएका एचएच भन्दा १८ मिहने तालिम लिएका अहेब माथिल्लो तहमा, तीन वर्षे कोर्स पढेका स्टाफ नर्सभन्दा १५ महिने अनमी र ल्याब टेक्निसियन भन्दा असिस्टेन्ट माथि गएका थुप्रै कर्मचारी छन्।

स्रोत:स्वास्थ्य खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *