विचार/ब्लग

औषधि प्रयोग नगरी डिप्रेसनको उपचार कसरी गर्ने?

मनोरोग के हो पहिले यसको बारे कुरा गरै, कहिलेकाहीँ वा एक–दुई दिन मुड बिग्रने वा दिक्क लाग्ने जसलाई पनि हुन सक्छ। यस्तो अवस्था डिप्रेसन भने होइन। दुई हप्ता वा दुई हप्ताभन्दा बढी समयसम्म मन निराश हुने, दिक्क लाग्ने, शरीर गल्ने आदि भइराख्यो भने डिप्रेसन भएको हुन सक्छ।
डिप्रेसन मनको रोग हो। डिप्रेसनमा मन ज्यादै दुःखी हुन्छ, कुनै कुरामा पनि चाख लाग्दैन र जीउ गल्ने वा थकाइ लाग्ने हुन्छ। यी लक्षणहरुका साथै भोक र निद्रा नलाग्ने, रिस उठ्ने, रुन आउने र छटपटी हुने हुन्छ।
डिप्रेसन मनको रोग भएकाले मनोचिकित्सक, मनोपरामर्शविद (Counselor) कहाँजानु पर्ने हुन्छ र धेरै बिरामीहरु Psychological Counselor र Psychiatrist कहाँ जँचाउन जाने भनेपछि अप्ठेरो मान्नु हुने रहेछ। डिप्रेसनको उपचार गर्ने क्रममा जीवनशैलीमा परिवर्तन गर्नु आवश्यक हुन्छ। के कस्तो जीवनशैली अपनाउँदा डिप्रेसन ठीक हुन्छ वा डिप्रेसन रोग लाग्न दिँदैन भन्नेबारे यहाँ चर्चा गरिएको छ।

डिप्रेसन किन हुन्छ? (Causal Factors)
किन बढ्दै छ डिप्रेसन?
यसबारे पश्चिमी देशहरुमा धेरै अनुसन्धान भइरहेका छन्। हालै प्राध्यापक एडवार्ड वुलमोर जो मानसिक रोग विशेषज्ञ हुन्, उनले आफ्नो पुस्तक ‘द इन्फ्लेम्ड माइन्ड’मा लेखेका छन्, ‘दीर्घ रोगहरु जस्तै बाथ, सोरायसिस, पेट र आन्द्राका रोगहरु मा डिप्रेसन बढी देखिन्छ। त्यस्तै धेरै मोटोपना, महिलाहरुमा महिनाबारी सुकेपछि, परिवारजनको मृत्यु, बाल्यवस्थामा भोगेका दुःखदायी अप्रिय घटना, शारीरिक चोटपटकहरु र जाडोयाममा सूर्यको प्रकाश र तापको कमीले डिप्रेसन निम्त्याउँछन्। लगातारको तनाव जुन अहिलेको जीवनशैलीले समाजमा बढ्दै छ, त्यसले डिप्रेसन बढाउँदैछ।

डिप्रेसनको उपचार गर्न बजारमा उपलब्ध औषधीहरु त धेरै छन् तर ती औषधी सेवन गर्दा फाइदा हुनुको सट्टा झन् असजिलो भयो भने औषधीले, शायद फाइदा गर्दैन भन्ने अनुमान लगाउन सकिन्छ। त्यस्तो अवस्थामा यहाँ दिइएका तरिकाहरु अपनाउन र अभ्यास गर्न सक्नु हुन्छ।
डिप्रेसन हुदा देखिने प्रमुख लक्षण हरू (Major Symptoms of Depression)
*बेचैनि
*नैरास्यता
*चिडचिडापन
*अतालि रहने
*एक्लै बस्न रूचाउने
*अनावस्यक रिस उठनु
*आत्म विस्वास घटदै जानु
*ध्यान केन्द्रित गर्न कठिनाइ

  • काममा जोस जागर घटदैजाने
    *अनिन्द्रा अथवा धेरै निन्द्रा लाग्नु
  • अनावस्यक थकान, डर र चिन्ता
    *एक्कासि तैल बढनु वा घटदै जानु
    *सामाजिक कार्यमा अथवा समुहमा बस्न रूचि घटनु
    *जिवन प्रति बोझ महसुस हुनु र
    *मर्न मन लाग्नु
    प्राकृतिक तरिकाहरुः
    (१) शारीरिक व्यायामः शारीरिक व्यायाम ज्यादै राम्रो प्राकृतिक औषधी हो र रोगहरुबाट बच्ने उपाय पनि हो। व्यायाम गर्दा मुटु बलियो हुन्छ र मुटु बलियो हुँदा शरीरका सबै अङ्गमा रगतको प्रवाह राम्रो हुन्छ। अक्सिजन र खानेकुराबाट प्राप्त पोषण तत्वहरु मस्तिष्कलगायत सारा शरीरमा राम्रोसँग पुग्छ। मस्तिष्कका कोषहरुले राम्रोसँग काम गर्छन्। सम्झना शक्ति पनि राम्रो हुन्छ। मानसिक तनाव छ भने घट्छ। व्यायाम गरेपछि शरीरमा स्फूर्ति बढ्छ र मनमा आनन्द आउँछ। शारीरिक व्यायाम नियमित गर्दा डिप्रेसनमा दिइने औषधीले जस्तै काम गर्छन् भन्ने केही अध्ययनहरुले देखाएका छन्।

(२) ध्यानः हिजोआज ध्यानबारे निकै चर्चा चल्ने गरेको छ। धेरैलाई यसबारे केही न केही थाहा पनि छ। नियमित ध्यान गर्नाले मानसिक तनाव घटाउँछ र धेरै रोगहरुबाट बच्न सहयोग गर्छ भन्ने निश्चित प्रायः छ। मानसिक तनाव नै धेरै रोगको जड हो र तनावको उचित व्यवस्थापन गर्नु भनेकै रोगहरुबाट बच्नु हो भने ‘ध्यान’ मानसिक तनावको व्यवस्थापन गर्ने धेरै राम्रो तरिका हो।सकभर ध्यान गर्ने तरिका राम्रो गरी सिकेर गर्नु उत्तम हुन्छ। त्यसरी सिक्ने अवसर नपाउँदासम्म ढाड सिधा गरेर भुइँमा बस्ने, आँखा चिम्म गर्ने र १५/२० मिनेट जति बिस्तारै लामो श्वास लिने र छोड्नेमा आफ्नो मनलाई लगाउनुहोस्। दैनिक यति मात्र गर्नु भयो भने पनि तपाईंलाई धेरै फाइदा हुनेछ।

(३) आफ्नो मनमा आएका कुराहरु आफ्नो नजिकका, विश्वासिला व्यक्तिसँग सुनाउने गर्नुस्। यसो गर्दा मन हलुको हुनेछ। त्यो सम्भव छैन भने आफ्ना भावनाहरु एउटा डायरीमा लेख्ने गर्नुस्। प्रत्येक दिन २० मिनट यसको लागि समय दिनुस्।
(४) रक्सी पिएर मन शान्त पार्ने प्रयास नगर्नुस्। रक्सीजन्य पदार्थले डिप्रेसनलाई झन् बढाउँछ।

(५) घरभित्र एक्लै टोलाएर, रोएर, कुरा खेलाएर बस्ने नगर्नुस। घरबाट बाहिर निस्कनुस्। साथीभाइलाई भेट्नुस्, वा फोन गरेर भए पनि कुरा गर्नुस्। घरमा तरकारीबारी, फूलहरु फुलाउनुस् वा तिनलाई स्याहार गर्नुस्।

यो उपायहरू आफुले प्रयोग गर्न नसकेमा, मनोपरामर्स (Counseling) र मनोचिकित्सा (Psychotherapy) को सहायताले नकारात्मक सोचाइहरु बदलेर सकारात्मक बनाउन सकीन्छ। नेपालमा अहिले धेरै संघसथा हरूले मनेपरामर्स को सेवा दिइरहनु भएको छ। आफ्नो पाएक पर्ने ठाउँ मा गएर तपार्इहरूले आफुलार्इ मनोसामाजिक अथवा मानसिक समस्या परेको बेला सहयोग लिन सक्नु हुन्छ। PICS NEPAL एक मनोसमाजिक र मानसिक समस्याहरूलार्इ न्युन र यसको समाधानको लागी निरन्तर सेवा दिदै आएको संस्था हो। मनोसमाजिक र मानसिक समस्या हरू पर्दा हामिलाइ सम्झनु होला। सम्पर्क : 015199735, 9851225495 & 9861442108

के हो घातक रोग स्क्र्ब टाइफस अनि कसरी वच्न सकिन्छ त डाक्टर राजन लुइँटेलको बिचार।

स्क्रब टाइफस एउटा घातक सरुवा रोग हो । यो रोग रिकेटसिया सुसुगामुसी नामको किटाणुका कारण हुनेगर्छ । यो रोगको सुरुवात जापानबाट भएको थियो । सन् १९३० मा जापानमा मियाजिमा मिकिनोसुकेले पत्ता लगाएको यो रोकको सङ्क्रमण पछिल्लो समय नेपालमा पनि फैलँदै गएको छ । २०७२ सालको भूकम्पपछि यो रोगको सङ्क्रमण बढिरहेको छ ।

सुसुगामी नामको किटाणुका कारण सर्ने यो रोगका किटाणु चिगरमाइड्स भन्ने उपियाँ उडुस जस्ता साना किराले बोक्ने गर्छ । सो किराले टोकेपछि हाम्रो शरीरमा सार्ने गर्छ । खासगरी सुसुगामी किटाणु मुसामा हुने गर्छ ।

भूकम्पका कारण घरहरु भत्किँदा मुसाहरु यत्रतत्र छरिए । भूकम्पपछि नेपालमा यो रोगको प्रकोप बढ्नुको कारण मुसाहरु छरिनु पनि हो । मुसामा भएको त्यो किटाणुले मुसालाई असर गर्दैन तर चिगरमाइड्स भन्ने किराले मुसालाई टोकेको छ र त्यसले फेरि मान्छेको कुनै अङ्गमा टोक्यो भने त्यहाँ सानो खाल्डोजस्तो बन्छ । रोग सर्यो भने सुरुमा टाउको दुख्ने, घाँटी दुख्ने, आँखा दुख्ने  समस्या देखापर्छ । केही समयपछि धेरै ज्वरो आएर मानिसको शरीर र दिमाग लगायतका ठाउँमा असर गर्छ अनि मान्छेको मृत्यु हुन्छ ।

यसले मानिसको शरीरको कुनै अङ्गमा टोकेर बिमिरा आउँदैमा त्यसलाई स्क्रब भन्न सकिँदैन । कहिलेकाहीँ के हुन्छ भने पैतालमा टोक्यो भने त्यहाँ प्वाल देखिँदैन । त्यो कारणले चिकित्सकले स्क्रब हो कि भनेर उसको शरीर हेरेर थाहा नहुने तर जाँच गर्दा स्क्रब देखिने हुन्छ । पैतालामा टोक्यो भने बिमिरा, खटिरा पनि नदेखिन सक्छ ।

यो रोग सर्नुको मुख्य कारण किटाणु सङ्क्रमित मुसा र छुचुन्द्रा, सानो भुसुनाले टोक्नु हो । वर्षायाममा जङ्गल तथा जङ्गल फँडानी भएको ठाउँ, घासपात र झारपात भएको ठाउँ तथा नदी किनारामा यस्ता खालका भुसुना बढी पाइन्छन् । तिनले टोकेको ठाउँमा सानो घाउ आउने, घाँटी र गर्दनका भागमा ससाना बिमिरा आउने, बाथ सुनिने र धेरै ज्वोरो आउने लक्षण देखापर्छन् । मुसा वा भुसुनाले टोकेको दस बाह्र दिनपछि यो रोगको लक्षण देखापर्न थाल्छ ।

यस्ता हुन्छन् लक्षणहरु :

स्क्रब टाइफसको लक्षण टाइफाइडसँग मिल्दोजुल्दो नै हुन्छ । धेरै टाउको दुख्नु, एक्कासि ज्वरो आउनु, हल्का खोकी र आँखा रातो भई चिप्रा आउने, बाथ जिउ सुनिने, ढाड र कम्मर धेरै दुख्ने, टोकेको ठाउँमा सानो घाउ देखिने, केही समयपछि छाती तथा ढाडमा साना राता राता बिमिरा देखिने, डाक्टरले जाँचेर हेर्दा फियो, कलेजो सुनिएको पाइने, मुटुको माङ्सपेसी सुनिने, ब्लड प्रेसर घटेर जाने र अचेत हुने, नाडीको धड्कन बढ्ने र विषाक्त देखिएर अन्त्यमा मृत्युसम्म हुने यो रोगका लक्षण हुन् ।

यो रोग लाग्ने बित्तिकै घाउ बिमिरा नदेखिन पनि सक्छ । एक दुई हप्तापछि मात्र देखिन सक्छ या नदेखिन पनि सक्छ । यसैगरी कुनै भित्री भागमा घाउ हुन सक्छ । जुन घाउ नदुख्ने नपोल्ने पिप नआउने हुन्छ र पछि आफै खाटा बनी निको हुन्छ । कहिलेकाहीँ सुरुमै उपचार गरियो भने पनि देखिँदैन ।

यो रोगका कारण अन्य शारीरिक खतरा पनि हुन सक्छ । जस्तै मिर्गौला फेल हुने, मुटु फेल हुने, कडा निमोनिया हुने, मस्तिष्क ज्वोरो आउने, रगत जम्ने जस्ता समस्या देखिन सक्छ । रगत जाँचबाट यो रोग हो कि हैन भनेर थाहा पाउन सकिन्छ । सुरुमा डब्ल्यूबीसी घट्ने र केही समयपछि बढ्ने हुन सक्छ ।

उपचार कसरी गर्ने

सामान्य घरमा पानीपट्टी लगाउने, प्रशस्त झोलिलो गेडागुडी माछा मासु, चिल्लो कम राखेर फलफूल दिने, घरमा सिटामोल भए सिटामोल दिने ।

यदि बिरामीमा खतराको लक्षण देखिएको र साह्रै सिकिस्त देखिएमा आईसीयूममा राखेर कस्तो गम्भीर समस्या देखिएको छ, सोहीअनुसार उपचार गर्नुपर्छ ।

यो रोग पत्ता नलाग्दा बिरामीले मेरो लाखौँ खर्च भयो, आईसीयूमा राख्नुपर्यो भनेको सुनिन्छ । तर पहिलो अवस्थामै कुनै अस्पतालमा आएर स्क्रब टाइफस हो भन्ने निश्चित भयो भने २ सय रुपैयाँको औषधिले बिरामी निको बनाउन सकिन्छ ।

यो रोग बल्झियो भने मिर्गौला फेल हुने डर हुन्छ ।  पैसा धेरै खर्च हुनुका साथै बिरामीको ज्यानसम्म जाने हुन्छ । सही रोग पत्ता लागे दुई तीन सयको औषधिले निको हुन्छ । हाल यो स्क्रब टाइफसको जाँच अलि महँगो भएकाले अलि गाह्रो पनि छ ।

उपियाँ, उडुस जस्ता ससाना किराको प्रकोप गर्मी समयमा धेरै हुन्छ । वैशाख जेठदेखि असोजसम्म यस्ता किरा बढी सक्रिय हुन्छन् र यो समयमा स्क्रब टाइफस सर्ने जोखिम धेरै हुन्छ ।

यो रोगको उपचार पद्धति यही नै हो भनेर निश्चित छैन । अरू देशमा पनि उपचार विधि पत्ता नलागेर धेरै बिरामीको मृत्यु हुने गरेको छ । यसको लक्षण र टाइफाइडको धेरै लक्षणसँग मिल्न आउँछ । त्यसकारण धेरैजसो डाक्टरसावहरुले यो टाइफाइड हो कि भनेर टाइफाइडको औषधि दिएका हुन्छन् तर बिरामीलाई स्क्रब भएको हुन्छ । अचानक ज्वरो आएको छ र बिरामीको शरीरको अङ्गमा किराले टोकेर सानो बिमिराजस्तो खाल्टोजस्तो भएको छ भने यो रोगको आशङ्का गर्न सकिन्छ ।

पहिले स्क्रबको एन्टिबडीको जाँच नेपालमा खासै थिएन । अहिले भर्खर यसको टेस्ट सुरु भएको छ ।

सुरुमै यो रोग पत्ता लाग्यो भने अरू रोगको जस्तो दसौँ हजार रुपैयाँ खर्च गर्नुपर्दैन २ सय रुपैयाँ हाराहारीमै उपचार सम्भव छ । समयमै रोग पत्ता लाग्यो भने बिरामीलाई बचाउन सकिन्छ ।

यसरी गर्न सकिन्छ रोकथाम

स्क्रब टाइफस भएको क्षेत्रमा जाँदा सुरक्षित लुगा लगाउने र अग्रिम नै डोक्सिाइक्लाइन औषधि खाएर जानुपर्छ । यो रोगका कारण र लक्षणबारे जनचेतना फैलाउने, भुसुना नियन्त्रणका लागि आवश्यक विधि अपनाउने ।  यो रोग अन्य रोगहरु इन्डेमिक टाइफस, टाइफाइट फिभर, लेप्टोस्पाइरोसिस, डेङ्गु फिभर, भाइरल इन्फ्लुएन्जा जस्तै देखिने हुँदा बिरामी भएको ठाउँमा स्क्रब साइफस हुन सक्ने सम्भावनालाई पनि ध्यान दिएर जाँच गर्नुपर्ने हुन्छ ।

सानो सुलसुले जस्तो किरा जुन आँखाले देखिँदैन । खुट्टाबाट छिरेर शरीरको जुनसुकै भागमा पनि टोकिदिन सक्छ । एउटै राम्रो उपाय भनेको जुत्ता र चप्पल अनिर्वाय लगाउनुपर्छ ।  मुसा धेरै भएको ठाउँमा मुसाले नटोके पनि मुसामा भएको किटाणु भुइँमा झर्ने भएकाले खुट्टाबाट माथि शरीरमा जान नपाओस् भनेर चप्पल वा जुत्ता अनिवार्य लगाउनुपर्छ ।

पहिले कुनै कुनै देशमा मुसा मार्ने कि भन्ने कुरा पनि आएको थियो । तर अहिले मुसा नमार्न भनिएको छ । मुसा मा¥यो भने भुइँमा झन् धेरै किटाणु छरिन सक्छ । बरु मुसामै किटाणु घुमिरह्यो भने भुइँमा धेरै नछरिन सक्छ । कि त मुसा बढ्न नै दिनु भएन, निर्मूल नै पार्ने विधि अपनाउनुपर्यो ।

अहिले नेपालमा यसको लगभग महामारी जस्तै देखिन्छ । हामीले धेरै ठाउँका बिरामीको अनुभव सुन्दाखेरी विराटनगर, मोरङमा पनि लामो समयसम्म ज्वरो आएपछि टाइफाइड भनेर उपचार गरेको तर पछि स्क्रब भन्ने थाहा लागेको भन्ने कुरा आएको थियो । अन्य ठाउँबाट पनि यस्तो अनुभव आएको छ ।

सहरमा बस्नेहरुले जुत्ता लगाएका हुन्छन्, मुसा कम हुन्छ । त्यस्तो ठाउँमा कम हुन्छ भने गाउँघरमा खालीखुट्टा घाँस सेउला गर्ने चलन हुन्छ, त्यस्ता ठाउँमा बढी प्रकोप हुन्छ । ज्वरो आएपछि बिरामी कुन कस्तो ठाउँबाट आएको हो चिकित्सकले पनि र बिरामीले पनि बुझ्नुपर्ने हुन्छ ।

स्क्रब भएपछि ज्वरो यसरी आउँन थाल्छ कि त्यो थामेर थामी नसक्नु हुन्छ । कम्तीमा पनि एक सय पाँचदेखि एक सय सातसम्म ज्वरो आउँछ । ज्वरो घटाउने औषधि खुवाउँदा पनि एक छिन घटेको जस्तो हुन्छ र फेरि त्योभन्दा बढी ज्वरो बढेर जान्छ ।

टाइफाइडको सही औषधि नपर्दा पनि ज्वरोको औषधिले सात आठ घण्टा काम दिन्छ । तर बिरामीले कसरी बुझ्नुपर्छ भन्दा ज्वरोको औषधि खाँदा पनि ज्वरो घटेन भने स्क्रब टाइफसको शङ्का गर्नुपर्ने हुन्छ । यसको परीक्षण टेकु अस्पतालमा हुने गरेको छ भने कुनै कुनै निजी अस्पतालले पनि परीक्षण सुरु गरेका छन् । 

#जनचेतनाको लागि रातोपाटीबाट साभार।

सिमित समूहको स्वार्थ पुरा गर्न ल्याइएको यस्तो सम्रचनाले समग्र स्वास्थ्य अवस्था काहा पुर्याउला सोच्नै पर्ने बिषय बनेको छ।

निति बनाउने र ऐन नियम बनाउनेहरुले स्वास्थ्यको संबेदनसिलता बुझ्नु जरुरी छ। कसैलाइ हानी नपुर्याउने अझ आफ्नो क्षमता ले भ्याएसम्म जुनसुकै परिस्थितीमा बिरामीको उपचार गर्ने,निको पार्ने र रोकथाम गर्ने Hippocratic Oath लिएका मानिस हरु हौ हामी स्वास्थ्यकर्मी हरु। कर्मचारी समायोजन सकिएको हालको सन्दर्भमा हामिले बनाएको निति ( Organogram) कत्तिको बैज्ञानिक भयो र यसले भविस्यमा कस्तो परिणाम ल्याउछ त्यो समय ले बताउला।

समग्रमा भन्नुपर्दा स्वास्थ्य मन्त्रालय हाम्रो Apex Center हो जसले समग्र देशको स्वास्थ अवस्था कस्तो र कहा पुर्याउने भन्ने मार्गनिर्देश गर्छ र आवस्यक निति बनाउछ। हाम्रो चित दुखाइ कहा हो, भने २०७५/०९/०९ मा एक प्रकार को Organogram ल्याइयो र हामिलाइ समायोजनमा भाग लिन लगाइयो त्यसपछी सिमित स्वार्थको घेरा भित्र रहेर पुन तोड्मोड गरि २०७५/०९/२९ मा अर्को Organogram बनाएर कपट पुर्ण तरिकाले झुक्याइएको छ/ त्यसको क्षतिपुर्ती कहा बाट, कसरी लिने ? म प्रश्न गर्न चाहन्छु। सिमित समूहको स्वार्थ पुरा गर्न ल्याइएको यस्तो सम्रचनाले समग्र स्वास्थ्य अवस्था काहा पुर्याउला सोच्नै पर्ने बिषय बनेको छ।

एकातर्फ पुरानो स्तरवृद्धि लाई बढुवा जस्तो बनाएर बिना योग्यता जिम्मेवारी दिने र अर्को तर्फ स्तरबृद्धी लाई खारेज गर्ने गरि संघीय निजामती ऐन बनाउने कुराले कत्तिको न्याय गर्ला? बुझ्नुपर्ने बिषय बनेको छ। कोहि कर्मचारीलाई आफ्नो जागिर गर्ने अबधीभर अवसर दिइरहने र उपल्लो योग्यता भएको बरिष्ठ कर्मचारीलाई सधै सहायक स्तर मै राखेर कनिष्ठ बनाउने नियोजित खेलको पर्दाफास कहिले हुने ? त्यसको हिसाब किताब कहिले हुन्छ ? म सोध्न चाहन्छु। देश बिकेन्द्रीकरण र संघीयतामा गइसकेपछी केहि नयापन र फरकपन हुनुपर्छ अझ स्वास्थ सेवामा त यो एउटा सुनौलो अवसर नै हो / तथापी पनि यसले सोचेजस्तो र चाहेजस्तो नतिजा दिएजस्तो लाग्दैन। गुणस्तरीय स्वास्थ्य जनशक्तिको आवस्यक ब्यबस्थापनमा अझै पनि हाम्रो मन्त्रालय किन चुकेको हो, उत्तर खोज्ने बेला भएको छ।

प्रत्यक्ष जनसरोकार संग जोडिएको बिषयमा निति बनाउदा कालान्तर सम्मको परिणाम लाइ आन्कलन गर्नुपर्ने हो, यो किन हुन सकेन? के यस्तो सतही निर्णयले भोलीको स्वास्थ्य प्रणालीमा उल्लेख्य सुधार ल्याउन सक्ला? यि र एस्ता थुप्रै प्रश्नहरु तेर्सिसकेका छन।

नसर्ने र दिर्घ रोगको बृद्धी, गुणस्तरिय स्वास्थ्य जनशक्तिको समय सापेक्ष र युग सुहाउदो ब्यबस्थापन, स्वास्थ्य क्षेत्रमा घट्दो बजेट, नया र emerging रोगहरु, प्राकृतिक प्रकोप र महामारि, स्थानिय सरकार र जनप्रतिनिधीको स्वास्थ्यमा कम चासो वा ठुलो ठुलो अस्पताल बनाएर मात्र स्वास्थ्य सेवा दिन सकिन्छ भन्ने भ्रम, स्वास्थ्यमा गरिएको खर्च लगानी हो भनेर बुझ्न नसक्नु, अत्याबश्यकिय र emergency सेवाको बिस्तार र पहुच नहुनु, निति निर्माण र कार्यक्रम Evidence Based बन्न नसक्नु, खोज र अनुसन्धानमा कम प्राथमिकता दिइनु, दिगो बिकास लक्ष्य प्राप्ती लगाएत बिबिध चुनौतीहरु स्वास्थ्य क्षेत्रमा थप भइसकेका छन।

यि जटिल चुनौतीहरु बिच बाट अबको स्वास्थ्य क्षेत्रको बाटो तय हुनुपर्छ त्यसका लागी पनि Quality Health Manpower कै जरुरी हुन्छ। आशा गरौ अमुक मान्छेको फाइदाका लागी मात्र निति बन्ने छैन, एति सम्बेदन्शिल क्षेत्रमा राजनिती हुने छैन र चाडै बुद्धी फिर्ने छ…..!

लेखक : झम प्रसाद आचार्य, नमो बुद्द नगरपालिका, काभ्रेमा हे.अ पदमा कार्यरत हुनुहुन्छ

ठूलो आन्द्रा र मलासय क्यान्सर : जोखिम कसरी घटाउने? उपचार के?

अंग्रेजी क्यालेन्डरअनुसार मार्चलाई कोलोरेक्टल अर्थात् ठूलो आन्द्रा र मलासय क्यान्सरबारे जनचेतना अभिवृद्धि गर्ने महिनाका रुपमा लिइन्छ। नेपालमा पनि यो महिनामा विभिन्न कार्यक्रम गरेर रोगको रोकथाम, उपचार लगायतका विषयमा चेतना फैलाउने काम भएको छ। 

ठूलो आन्द्रा (कोलन) र मलासय (रेक्टम) मा हुने क्यान्सर मानिसलाई हुने क्यान्सरमध्ये तेस्रो ठूलो रोगमा पर्छ। नेपालमा यो रोगका कति बिरामी छन् भन्ने आधिकारिक तथ्यांक छैन। तर, अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या बढेको हेर्दा बिरामीको संख्या निकै धेरै रहेको अनुमान लगाउन सकिन्छ।

विश्वको तथ्यांकलाई हेर्ने हो भने हरेक वर्ष यो रोगका १८ लाख नयाँ बिरामी देखापर्ने गर्छन्। तीमध्ये झन्डै ५० प्रतिशत अर्थात् ९ लाखले यो रोगका कारण ज्यान गुमाउने गरेका छन्। समयमा नै रोगको पहिचान हुने हो भने अकालमा हुने यो मृत्युलाई धेरै कम गर्न सकिन्छ।

नियमित स्वास्थ्य जाँच/परीक्षण गराउने, स्वस्थकर भोजनका साथ स्वस्थकर आहार–व्यवहार अपनाउँदै नियमित शारीरिक व्यायाम गर्ने हो भने यस रोग लाग्ने सम्भावना कम हुन्छ।
 
रोगको जोखिम कसरी घटाउने?
यस रोगको जोखिमलाई न्यूनीकरण गर्न निम्न उपाय अवलम्बन गर्न सकिन्छः 

–    ४५ वर्ष पुगेका हरेक व्यक्तिले नियमित रुपमा ठूलो आन्द्रा/मलासय क्यान्सरको जाँच/परीक्षण गराउने, किनकि यदि ठूलो आन्द्रा तथा मलासय क्यान्सर रोग सुरुकै अवस्थामा पत्ता लगाई उपयुक्त उपचार गर्ने हो भने रोगीमध्ये ८०–९० प्रतिशतलाई रोगमुक्त वा पहिलेकै अवस्थामा फर्काउन सकिन्छ। 

–    पर्याप्त रेशेदार तथा चिल्लो कम भएको सन्तुलित भोजन गर्ने,

–    यदि मद्यपान गर्ने बानी भए नियन्त्रित रुपमा अर्थात् ठिक्क मात्रै पिउने बानी गर्ने, धूमपानको बानी भए तुरुन्तै त्याग्ने। मद्यपान र धूमपान सँगसँगै गर्दा ठूलो आन्द्रा र मलासयका साथसाथै पेटको अन्य भागको समेत क्यान्सर हुने जोखिम बढ्छ। 

–    साताको ३ देखि ४ पटक कम्तीमा २०–३० मिनेट शारीरिक व्यायाम गर्ने। सामान्य शारीरिक व्यायाममा छिटो छिटो हिँड्डुल गर्ने, करेसाबारी वा बगैंचामा काम गर्ने वा भर्‍याङ्ग उक्लिने जस्ता कार्यहरु गर्न सकिन्छ। 

यो रोगको उपचार हुनसक्छ?
ठूलो आन्द्रा र मलासयका अर्वुदरोगका लक्षणहरु निकै कम मात्रामा मात्रै देखापर्ने हुँदा रोगको नियमित परीक्षण गराउनु अत्यन्तै जरुरी हुन्छ। यस रोगको जाँच/परीक्षण विशेषतः दुई कारणले लाभदायक हुनसक्छ। 

–    यदि ठूलो आन्द्राका फोकाहरु, जसले पछि क्यान्सरको रुप लिन सक्छन्, तिनलाई समयमै पत्ता लगाएर हटाउने।

–    यस रोगको उपचार धेरै सफलतापूर्वक गर्न सकिन्छ, जब यसलाई सुरुकै अवस्थामा पत्ता लगाउन सकिन्छ। 

रोग समयमै पत्ता लागेमा ठूलो आन्द्रा र मलासयका सबै खाले क्यान्सर रोगको शल्यक्रियात्मक उपचार सहज हुनसक्छ। शल्यक्रियाका साथसाथै रेडियसन थेरापी तथा किमोथेरापी पनि चलाउनुपर्ने हुनसक्छ। रोग समयमै पत्ता नलागी ढिलो हुँदा सफल उपचार हुने दर ५० प्रतिशत मात्रै वा सोभन्दा पनि कम हुन्छ। यसले समयमै र नियमित रुपमा गरिने जाँच/परीक्षणको महत्व दर्शाउँछ।

यसका अतिरिक्त चिकित्सा अध्ययनले के देखाएको छ भने, ठूलो आन्द्रा तथा मलासयका विशेषज्ञ शल्यचिकित्सक जो तत्सम्बन्धित रोगहरूको निदानात्मक एवं उपचारात्मक (चिकित्सकीय र शल्यचिकित्सकीय) प्रक्रियामा निपूर्ण हुन्छन्, तिनद्वारा उपचार गराउँदा रोगको व्यवस्थापन सहज रुपमा हुनसक्ने तथा उपचारपश्चात्का जटिलताहरु समेत कम मात्रै देखापर्ने गर्छन्।

के हो युनिभर्सल हेल्थ कभरेज? नेपालले लक्ष्य पूरा गर्न कस्ता छन् चुनौती?

काठमाडौं— आज विश्व स्वास्थ्य दिवस। विश्व स्वास्थ्य संगठनले यो पटकको नारा ‘युनिभर्सल हेल्थ कभरेज ः सबैजना, सबै ठाउँमा’ तय गरेको छ।

दिगो विकास लक्ष्यमध्येको एउटा प्रमुख लक्ष्य स्वास्थ्यमा पहुँच पनि हो। विश्वभरमा जस्तै नेपालमा पनि यही नाराका साथमा यो दिवस मनाइँदै छ।

धेरै नागरिक स्वास्थ्यको आधारभूत पहँुचभन्दा बाहिर रहेको अवस्था छ। गरिबीका कारण धेरैको पहिलो रोजाई गाँस, बास र लत्ता कपडाको जोहो गर्नु हो। यी कुराहरुको जोहो भएपछि मात्र मानिस स्वास्थ्यका बारेमा सोच्न सक्छन्। 

नेपालको मात्र नभई यो विश्वव्यापी समस्या हो। विश्व स्वास्थ्य संगठनका अनुसार  विश्वका लाखौं मानिसको अझै पनि स्वास्थ्य हेरविचारमा कुनै पहुँच पुग्न सकेको छैन। 

नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफूले निर्माण गर्ने नीति, नियम  र कार्यक्रमहरु पनि दिगो विकास लक्ष्यलाई आधार मानेर निर्माण गर्ने गरेको छ। 

मन्त्रालयले भर्खरै बनाएको स्वास्थ्यको पञ्चवर्षीय योजना पनि दिगो विकास लक्ष्यलाई आधार मानेर तय गरेको छ। 

स्वास्थ्यमा हरेक सुमदायका हरेक नागरिकको सहज पहुँच पुर्‍याउने यो लक्ष्य नेपालले पूरा गर्न सक्ला त?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य समन्वय महाशाखा प्रमुख महेन्द्र श्रेष्ठ भन्छन्ः


सन् १९७७ मा सबै नागरिकले न्यूनतम स्वास्थ्य सेवा पाउनुपर्छ भनेर कन्सेप्ट बनेको थियो।

त्यसको एक वर्षपछि सन् १९७८ मा भएको विश्व सम्मेलनले यो कन्सेप्ट पारित गर्दै कुनै पनि ठाउँको कुनै पनि नागरिक न्यूनतम स्वास्थ्य सेवा पाउनबाट बन्चित हुनुहुँदैन भनेर बोलेको थियो।

नागरिकले औषधि, स्थानीय महामारीको उपचार, स–साना चोटपटकको औषधोपचार, सबै प्रकारका खोप, पोषण, परिवार नियोजन सेवा लगायतका न्यूनतम सेवा पाउनुपर्ने कुरा बोलिएको थियो। 

त्यो समयमा न्यूतनम स्वास्थ्य सेवाबारे बोलियो तर यसको आर्थिक पक्षका बारेमा केही बोलिएन।

आर्थिक रुपमा कमजोर भएकाले सेवा पाउन सक्दैनन् कि भन्ने कुरा पनि उठ्यो। 

त्यसपछि सन् २००० मा भएको अर्को सम्मेलनले आर्थिक अभावका कारणले कोही पनि नागरिक स्वास्थ्य सेवाबाट वन्चित हुनुहँुदैन भन्यो। तर यो सम्मेलनले केके सेवा निःशुल्क हुने भन्नेबारे बोलेको छैन। ती सेवा हरेक राष्ट्रले आफ्नो आवश्यकता अनुसार दिनुपर्छ। 

नेपालले यो लक्ष्य प्राप्तिका लागि आधारभूत स्वास्थ्य सेवा निःशुल्क, स्वास्थ्य बिमा लगायतका कार्यक्रम लागू गरेको छ। आर्थिक अभावको कारण कोही पनि स्वास्थ्य सेवा पाउनबाट बन्चित नहुन् भनेर विपन्न नागरिक उपचार, निःशुल्क औषधि, कडा रोगमा आर्थिक सहयोग पनि गर्ने गरेको छ। 

संयुक्त राष्ट्रसंघको सहश्राब्दी विकास लक्ष्यमा नेपालले पनि लक्ष्य प्राप्तिका लागि थुप्रै काम गरेको छ। यो लक्ष्य हासिल गर्न सफल हुने विश्वास पनि छ। 

हरेक पालिकादेखि वडासम्म स्वास्थ्य सेवा दिन थालिएको छ। सोही अनुसार स्वास्थ्य संस्थाको निर्माण पनि भइरहेका छन्।  

हामीकहाँ यो लक्ष्य प्राप्तिका लागि केही चुनौती पनि छन्। बोलेको जस्तै सजिलै लक्ष्य प्राप्त गर्न गाह्रो छ। 

अझै पनि धेरै स्थानमा आवश्यकता अनुसार स्वास्थ्य संस्था छैनन्। स्वास्थ्य संस्था भएका स्थानमा जनशक्ति छैनन्। स्वास्थ्य संस्था र जनशक्ति पुगेको स्थानमा आवश्यक औषधि उपचारका लागि उपकरणको व्यवस्था हुन सकेको छैन। 

यी यावत् चुनौतीसँगै सबैलाई सहज रुपमा स्वास्थ्य सेवाको पहुँचमा ल्याउन हामी सबैले आआफ्नो ठाउँबाट जिम्मेवारी निर्वाह गर्नुपर्छ।

मन्त्रीज्यू, माफ पाउँ

कर्मचारी समायोजनका विषयमा हामी स्वास्थ्यकर्मीले कहिले समायोजनको सूची आउला भनेर व्यग्र प्रतीक्षा गरिरहेकै अवस्थामा कति पटक तपाईंलाई नराम्रो बचन समेत लगाइयो। बल्ल आज मैले थाहा पाएँ, वास्तवमा कर्मचारी समायोजन सकिएको विषयमा तपाईंले गरेको पत्रकार सम्मेलन सही रहेछl

कर्मचारी भनेको प्रशासन अन्तर्गतका कर्मचारी मात्र हुन्, उनीहरुको संघमा  समायोजन भयो भनी घोषणा गर्नसक्नु अत्यन्त प्रशंसनीय कार्य हो। यस्तो महान कार्य समापन गरेर संसारका देशहरुलाई छक्क पारेको कुरो मैले नबुझेको रहेछुl प्राविधिक कर्मचारीलाई एउटा दरबन्दी देखाई रोज्न लगाएको नाटक गरी पछि उक्त दरबन्दी संसोधन गरिएकोले समायोजन नमिलेको भनी सामान्य नागरिकले प्राप्त गर्नुपर्ने सूचनाको मौलिक हक (नेपालको संविधानको धारा २७) समेतबाट बन्चित गर्दा समेत केही नबोली आफ्नो काममा निरन्तर लागिरहने पनि कर्मचारी हुन सक्छन् र?

हो मन्त्रीज्यू, हजुरले गरेको कर्मचारीको परिभाषा सही रहेछl प्राविधिकहरु पनि कर्मचारी हुन् भन्ने कुरा यसअघि सूची आउट भएका शिक्षाका प्राविधिक कर्मचारी, नवौं, दसौं तहका उपसचिवहरु, संघअन्तर्गत रहेका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत (जो छैटौं, सातौं) तहको मातहतमा स्थानीय तहमा नै समायोजन भएका छन् त्यसबाट थाहा पाउनुपर्थ्यो।

त्यसैगरी समायोजन गरिएका महिला विकासका प्राविधिक कर्मचारी, जसको घरबार नै बिचल्ली हुनेगरी समायोजन ऐनले  परिभाषित गरेको कुनै प्रकारले पनि समायोजन गर्न सकिने भन्ने पुष्टि हुने आधारसँग मेल नखानेगरी स्थानीय तहमा समायोजन भएको छ।

यस्तै कृषि तथा पशु स्वास्थ्यका प्राविधिक कर्मचारी र हालसालै गरिएको आठौं तहका स्वास्थ्यका कर्मचारी (मेडिकल अधिकृत) हरुको समायोजनको नतिजाबाट प्राविधिकहरु पनि कर्मचारी हुन् भन्ने मैले थाहा पाउनु पर्थ्यो। यति सानो विषय पनि जानकारी नराखी र आफूलाई एउटा प्राविधिक हो भन्ने नबुझी तपाईंप्रति गरिएको गालीगलोज सम्बन्धमा माफी चाहन्छुl  

सामाजिक विकास मन्त्रालय, प्रदेश ३ , हेटौंडा

पुरानो पोस्ट