स्वास्थ्य अभियान

प्याड उत्पादन गरी छात्राहरुलाई वितरण गर्दै रामेछाप नगरपालिका

रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले नगरपालिकामै घरेलु स्यानीटरी प्याड  उत्पादन  गरी नगर  भित्रका माध्यमिक विद्यालयमा पुगेर छात्राहरुलाई प्याड वितरण सुरु गरेको छ ।

ग्रामिण विजनेश प्रमोशन प्रालि  रामेछापको सहजीकरणमा रामेछाप नगरपालिकाले नगरपालिका भित्रका ९ वटै वडाका महिलाहरुलाई घरेलु स्यानीटरी प्याड  बनाउने तालिम दिएको थियो ।

तालिममा सहभागी महिलाहरुले बनाएको स्यानीटरी प्याड  नगरभित्रका १३ वटा माध्यमिक विद्यालयमा अध्यनरत छात्राहरुलाई वितरण गरिने ग्रामिण विजनेश प्रमोशन प्रालि  रामेछापका अध्यक्ष गुन्ज बहादुर कार्कीले जानकारी दिनुभयो ।

घरेलु रुपमै उत्पादन भएको स्यानीटरी प्याड एकपटक प्रयोग गरिसकेपछि पुन सफा गरेर धेरै पटक प्रयोग गर्न सकिने खालको रहेको  रामेछाप नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामशरण पौडेलले जानकारी बताउनुभयो ।

महिनावारी भएको समयमा विद्यालयमा हुने छात्राहरुको अनुपस्थितिलाई घटाउन यो कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने रामेछाप नगरपालिकाकी उपप्रमुख सृजना खड्काले बताउनुभयो ।

पैसाको अभावमा स्यानीटरी प्याड प्रयोग गर्न बाट नगरका कोहि पनि महिलाहरु बन्चित नहोउन भन्ने उद्धेश्यका साथ नगरले घरेलु स्यानीटरी प्याड  उत्पादन र वितरणलाई जोड दिएको उहाँले बताउनुभयो ।

स्यानीटरी प्याड  रामेछाप नगरपालिका वडा नम्बर १ गोठगाउँको चण्डेश्वरी मावि र वडा नम्बर ३ साँघुटारको हिमगंगा उमाविका छात्राहरुलाई वितरण गरिसकिएको छ ।

अब बाँकि वडाहरुको मावि विद्यालयमा क्रमश वितरण गर्देै जाने  उपप्रमुख खड्काले बताउनुभयो । 

स्रोत:हजुरको रेडियो।

पुरानो पोस्ट