जीवनशैली

खान छोड्दैमा भुँडी घट्छ कि घट्दैन पढ्नुहोस।

काठमाडौ — आफ्नो पित्तले भुँडीबाट हैरान भएका व्यक्तिहरू त्यो सुहाउँदिला आकारमा आओस् भनेर अनेक उपाय अपनाउने गर्छन् । धेरैजसोको एउटै फर्मुला हुन्छ– भात नखाने वा अरू खाना पनि निकै कम खाने ।
नयाँ अनुसन्धानको दाबीअनुसार, स्लिम देखिने चक्करमा खाना छोड्दा उल्टो प्रतिफल आउन सक्छ । भुँडी घट्ने होइन, झन् बढ्न सक्छ । यो अनुसन्धान जर्नल अफ न्युट्रिसन बायोकेमिस्ट्रीको अनलाइन संस्करणमा प्रकाशित छ । एक छाक नखाएर अर्को छाकमा त्यसको भर्पाई गर्न खोज्नुभन्दा दिनभर अलिअलि खाने गर्दा चाहिँ भुँडी घटाउन मदत मिल्छ । 
अध्ययन अनुसार, क्यालोरी घटाउन भोजन छोड्ने कामले शरीरलाई ग्लुकोज र इन्सुलिनको ठूलो उतारचढावका लागि तयार गर्छ र यसले तौल कम हुनुको सट्टा बोसो झन् एकत्रित हुन सक्छ ।
प्रकाशित : असार १२, २०७२ ०९:३७ कान्तिपुर डेली ।

अस्पतालमा बिरामी भेट्न जाँदा ध्यान दिनु पर्ने कुराहरु।

बिरामी भएर अस्पताल भर्ना भएका परिवार, इस्टमित्र वा साथीभाइ भेट्न जाने मन जसलाई पनि हुन्छ।  अस्पतालहरुमा बिरामी भेट्न जानेको भीड नै देखिन्छ। आफ्नो मान्छे बिरामी भएर अस्पताल भर्ना भएका बेला भेट्न जानु स्वभाविक पनि हो।

तर, अस्पतालमा बिरामी भेट्न जानेहरुले कहिल्यै बिर्सन हुने कुरा के हो भने, अस्पताल रोग निवारण गर्ने संस्थाको साथसाथै विभिन्न रोगको संक्रमण हुनसक्ने स्थान पनि हो। त्यसकारण बिरामीलाई स्वास्थ्य लाभको कामना गर्न अस्पताल जाने व्यक्तिहरुले यी १० कुरामा ध्यान दिनु जरुरी छ।

१. रुघा खोकी, इन्फ्लुएन्जा, झाडापखाला, दादुरा जस्ता सरुवा रोग लगेका व्यक्तिहरु बिरामी भेट्न जान हुँदैन।

२. बालबालिकालाई अति जरुरी बाहेक अरु अवस्थामा अस्पतालमा लैजानु हुँदैन। प्रायः अस्पतालले १२ वर्ष मुनिका बालबालिकालाई अस्पताल ल्याउन रोक लगाएका हुन्छन्। किनभने बालबालिकाको रोगसँग लड्नसक्ने शक्ति कम हुन्छ।

३. साबुन–पानीले राम्रोसँग हात धोएर वा ह्यान्डस्यानिटाइजरले हात सफा गरेर मात्र बिरामी भेट्न जानुपर्छ। बिरामीलाई छोइसकेपछि र बिरामी भेटेर फर्किंदा पनि हात पुन राम्रोसँग सफा गर्नुपर्छ। अन्यथा बिरामी भेट्न जाने व्यक्तिका हातका किटाणुहरु बिरामीलाई पनि सर्नसक्छ र बिरामीको रोग आफन्तलाई सर्नसक्छ। 

४. बिरामी भेट्न जाने बिरामीका आफन्तहरु शय्यामा बस्नु हुँदैन। सरुवा रोगका लक्षणहरु नभए पनि किटाणुहरु हाम्रो शरीरमा हुनसक्छन र ती बिरामीलाई सर्न सक्छन्। साथै बिरामीको शय्यामा पनि धेरै किटाणु हुन सक्छन् र हामीलाई सर्नसक्छ।

५. अस्पतालमा धेरैथरी रोगको उपचारका लागि मानिसहरु आउने हुँदा धेरै रोगको संक्रमण हुनसक्छ। त्यसैले बिरामी भेट्न आउँदा सकेसम्म छोटो भेटघाट गर्नुपर्छ।

६. हरेक अस्पतालको आफ्नै फोहोरमैला व्यवस्थापान गर्ने प्रणाली हुन्छ। प्रायः अस्पतालमा कुहिने फोहोर र नकुहिने फोहोर, संक्रमित फोहोर, सिसा आदि फाल्ने रंगीचंगी छुट्टाछुट्टै डस्टबिनको व्यवस्था गरिएको हुन्छ। अस्पतालको नियम अनुसार फोहोरमैला फाल्नु जिम्मेवार नागरिकको कर्तव्य हो। कुन फोहोर, कुन डस्टबिनमा फाल्ने थाहा नभएका बिरामीका आफन्तले ड्युटीमा रहेका परिचारिका (नर्स) लाई सोध्नुपर्छ।

७. हरेक अस्पातालले बिरामी भेट्ने निश्चित समय तोकेको हुन्छ। बिरामी भेट्न आउनुअघि सोको जानकारी लिनुपर्छ। कहिलेकाहीं बिरामीलाई सरुवा रोग जस्तैः टिबी, इन्फ्लुएन्जा, धेरै एन्टिबायोटिक औषधिहरुले मार्न नसक्ने किटाणुको संक्रमण भएको अवस्थामा बिरामीलाई छुट्टै कोठामा (आइसोलेसन रूम) मा पनि राखिएको हुनसक्छ। त्यस अवस्थामा बिरामी भेट्न नाआउँदा राम्रो हुन्छ। बिरामी पूर्ण रुपले सन्चो भएपछि मात्र भेट्न जँदा उचित हुन्छ।

८. बिरामीको कोठा अगाडि कुनै सूचना अथवा कुनै चिह्न राखिएको छ भने ड्युटीमा रहेकी परिचारिकासँग बुझेर मात्र बिरामी भेट्न जानुपर्छ। सूचनामा उल्लेख गरेअनुसार पालना गर्नुपर्छ। प्रायः अस्पातालमा आइसियु, ओटी, आइसोलेसन रूममा जाँदा मास्क, गाउन लगाउनुपर्ने ,जुत्ता फुकाल्नुपर्ने नियम हुन्छ।

९. बिरामीलाई फूलको गुच्छा भन्दा अरु नै उपहार जस्तःै पुस्तक, पत्रिका आदि लगिदिँदा राम्रो हुन्छ। किनभने फूलमा किटाणुहरु रहनसक्ने हुँदा सक्रमण फैलन सक्छ।

१०. यदि तपाईं क्यान्सर बिरामी जसको रोगसँग लड्नसक्ने शक्ति कम छ, त्यस्ता बिरामीलाई भेट्न जाँदै हुनुहुन्छ भने फलफूल र नपकाएको खानेकुरा लैजानुु हुँदैन। खानेकुरा घरैमा तयार गरेर लाग्दै हुन्नुहुन्छ भने बिरामीले खान हुने र नहुने कुराको जानकारी लिएर मात्र लग्नु होला। उचित पौष्टिक आहारयुक्त खानाले पनि बिरामीको रोग निको पार्न ठूलो भूमिका खेल्छ।

स्रोत:स्वास्थ्यखबर पत्रीका

(गुरुङ इन्फेक्सन कन्ट्रोल नर्स हुन्)

एजेन्सी:कति बेला उत्तम हुन्छ सेक्स गर्न जानी राखौं।

एजेन्सी: तपाईं हप्तामा अथवा महिनामा कतिपटक यौन सम्पर्क राख्नुहुन्छ रु के यौनको फ्रिक्वेन्सी अर्थात् संख्या अनि यौनप्रतिको तपाईंको अभिरुचिमा कमी त आएको छैन ।यदि तपाईं यो कुरालाई लिएर चिन्तित हुनुहुन्छ भने तपाईंको यौन सम्पर्क राख्ने तरिका नभई समय गलत हुन सक्छ । एकपटक आफ्नो सेक्स सेड्युललाई ध्यान दिनुहोस् । तपाईंले जुन समयलाई यौन सम्पर्कको लागि उत्तम मान्नुहुन्छ, त्यो सही समय नहुन पनि सक्छ । फ्रन्टियर्स इन साइकोलोजीद्वारा गरिएको एक अध्ययनअनुसार महिला र पुरुष दुवैमा लिबिडो अर्थात् कामेच्छाको धेरै अन्तर हुन्छ । दुवै एकै समयमा यौन सम्पर्कको लागि तयार नहुन सक्छन् । महिलाहरुले साँझपख यौन सक्रियताको बढी महसूस गर्छन् भने पुरुषले बिहान । शोधमा संकलन गरिएको तथ्यांकले यस्तै देखाउँछ ।अधिकांश मानिस राति ९ बजेभन्दा पछि सुत्नुभन्दा अघि यौन सम्पर्क राख्छन् । यद्यपि, विशेषज्ञहरुका अनुसार सुत्नुभन्दा अघि यौन सम्पर्क राख्नु त्यति राम्रो होइन । दिनको समाप्तिपछि सुत्नुभन्दा अगाडि यौन सम्पर्क राख्नु सुविधाजनक हुन सक्छ । तर, डा. माइकल ब्रुअसको मतमा यो ठीक होइन । डा. माइकलका अनुसार अधिकांशले राति यौन सम्पर्क राखे पनि त्यसको सही अनुभव उनीहरुले लिन पाउँदैनन् । किनकि त्यस समय शरीर र मस्तिष्क दुवै थाकेको हुन्छ । त्यसैले यौन सम्पर्कको भरपूर आनन्द त्यस बेला लिन सकिँदैन ।डा. माइकलका अनुसार विशेष यौन अनुभूतिका लागि मर्निङ सेक्स सबैभन्दा राम्रो हुन्छ । बिहान उठेपछि महिला र पुरुष दुवैले आफूलाई ताजा महसूस गरिरहेका हुन्छन् । त्यस समय हार्मोनको सक्रियता पनि उच्च हुन्छ । बिहान यौन सम्पर्क राखेमा दिनभर ताजा अनुभूति हुने उनको भनाइ छ । दिनभर व्यस्त रहने मानिसहरुको शरीर त रातिसम्म थाकिसकेको हुन्छ नै, उनीहरुको मस्तिष्क पनि सुस्त हुन्छ । त्यसैले व्यस्त मानिसहरुको यौनप्रतिको अभिरुचि घट्दै गएको देखिन्छ । यसले यौन र दाम्पत्य जीवन नै संकटमा पर्न सक्छ । त्यसैले यो समस्याको समाधानका लागि मर्निङ सेक्स उपयुक्त हुन सक्छ ।मर्निङ सेक्स सबैको लागि सम्भव नहुन सक्छ । तथापि, आफ्नो अभिरुचिमा कुनै कमी नआओस्, र यौनको भरपूर आनन्द लिन सकियोस् भन्ने इच्छा राख्ने हो भने यो एक उपयुक्त माध्यम हुन सक्छ

बालबालिकालाई उमेर समूह अनुसार थप खाना कसरी खुवाउने हरेक आमाबुवाहरूले जान्नै पर्ने तरिका।

बालबालिकालाई उमेर समूह अनुसार पुरक वा थप खाना खुवाउने तरिका

६देखि९ महिना सम्मको बालबालिकालाई आमाको दुधको साथै दिनमा ३ पटक पुरक खाना खुवाउनु पर्छ । खाना सुरु गर्दा २देखि ३ चम्चाबाट शुरु गर्नुपर्छ बिस्तारै एक पटकमा १ चिया गिलास बराबर सम्मको खाना खुवाउनु पर्छ ।

९ देखि १२ महिनाको बालबालिकालाई आमाको दुधको साथै दिनमा ३ पटक पुरक खाना र एकपटक खाजा खुवाउनु पर्छ। हरेक पटकमा १ चिया गिलास (१२५ मि.लि)बराबर सम्मको खाना खुवाउनु पर्छ ।

१२ देखि २४ महिनाको बालबालिकालाई आमाको दुधको साथ साथै दिनमा ३ पटक पुरक खाना र २ पटक खाजा खुवाउनु पर्छ। हरेक पटकमा २ चिया गिलास (२५० मि.लि)बराबर सम्मको खाना खुवाउनु पर्छ ।

@ बालबालिकालाई खुवाउने खाना बाक्लो र राम्ररी मिचेर नरम बनाएको हुनुपर्छ ।

@बालबालिकालाई खाना खुवाउन सुरु गर्दा सजिलैसँग खान नमान्ने हुन सक्छन तेसैले उनिहरुको तोकिएको मात्रा पूरा खुवाउनको लागि परिवरको सम्पुर्ण सदस्यहरुको सहयोगमा बालबालिकालाई खेलाएर डुलाएर घुमाएर फकाएर धैर्यतापुर्वक खाना खुवाउनु पर्दछ ।

चुरोट तथा सुर्तीजन्य पदार्थले कसरी फोक्सोमा असर गर्छ? यसले कसरी लिन्छ मान्छेको ज्यान?

आज विश्व धूमपान रहित दिवस। हरेक वर्ष विश्वर ३१ मे का दिन विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ यो दिवस मनाइन्छ। यो वर्ष दिवसका लागि ‘सुर्ती र फोक्सो स्वास्थ्य’ भन्ने नारा रहेको छ। यो नाराले सुर्तीजन्य पदार्थले कसरी फोक्सोमा हानि गर्छ र यसले अरु विभिन्न केके रोगहरु निमत्याउँछ भन्ने कुरामा केन्द्रित रहेको छ।

नेपालमा बढी मात्रामा सुर्तीजन्य पदार्थ जस्तै चुरोट, पान, गुट्खा, पराग, बिँडी, हुक्का आदिहरु सेवन गरिन्छ। त्यसको सेवनले फोक्सोमा धेरै समस्या पार्छ। यसले  क्रोनिक अब्सट्रक्टिभ पल्मनरी डिजिज(सिओपिडी), आज्मा, क्षयरोग आदिको पनि जोखिम गराउँछ। 

धूमपानले शरीरको सबै अंगतिर असर गर्छ तर मुख्यतः असर गर्ने भनेको फोक्सोतिर हो। यसले स्नायुप्रणालीमा असर गर्छ। हृदयघात निम्त्याउन सक्छ। रगतमा ल्युकेमियाको समस्या, हड्डीको विकासमा पनि असर पर्छ। मांसपेशी सुक्दै जाने, थकान महसुस हुने, कमजोरी हुने आदि असर पार्छ। यसले मुख स्वास्थ्यमा पनि असर पार्न सक्छ। दाँत कमजोर हुनुका साथै गिजामा पनि समस्या ल्याउन सक्छ। धूमपानले हृदयघात, स्ट्रोक र मुटुको रोग २ देखि ४ गुणासम्म बढाउँछ। त्यसैगरी उच्च रक्तचाप र मधुमेह पनि बढाउँछ। त्यसैगरी बाथ र मोतियाविन्दुको समस्या पनि ल्याउन सक्छ। 

धूमपानले क्षयरोग गराउँछ। क्षयरोगले फोक्सोको कोष, तन्तुहरुमा असर गर्छ। त्यसका साथै फोक्सोको क्षमतामा असर गर्दिन्छ। क्षयरोग भएका बिरामीहरुले धूमपान गरिराखेमा फोक्सोको क्षमतामा ह्रास आउनुका साथै दोब्बर गतिमा जोखिम बढ्ने सम्भावना हुन्छ।

धूमपानले क्षयरोगको बिरामीलाई श्वासप्रश्वास बन्द गराइदिन्छ। त्यसले गर्दा फोक्सोको क्षमतामा ह्रास आउने, फोक्सोमा रहेको विभिन्न जीवाणुलाई आक्रमण गर्ने, निमोनिया हुने हुन्छ। यदि धूमपान नछोडे मृत्यु हुन सक्छ। संसारको एक चौथाइ भागमा सुषुप्त अवस्थामा रहेको क्षयरोग धूमपान गरिरहेका व्यक्तिलाई सक्रिय क्षयरोग देखिन सक्छ। 

बच्चाहरुमा पनि धूमपानको असर उत्तिकै पर्ने हुन्छ। 

धूमपान गरिरहेका व्यक्तिको नजिक बसेमा पनि धुवाँ धेरै लिइरहेको हुन्छ मान्छे। परिवारमा ठूलाबडाले धूमपान गर्दा बालबालिकाहरुलाई धुवाँले असर गरिरहेको हुन्छ नै बच्चाहरुले खान सिक्ने पनि हुन्छन्। सानैदेखि त्यसको प्रत्यक्ष सम्पर्क रहिरने बच्चामा शारीरिक विकासमा समस्या हुने, श्वासपश्वासको संक्रमण हुने, निमोनिया, ब्रोन्किाइटिस, आज्मा लगायतका समस्या देखिन्छन्। बाल्यवस्थामा धूमपानसँग प्रत्यक्ष सम्पर्कमा रहने बच्चालाई ४५ उमेरदेखि सिओपिडी देखिन सक्छ। 

त्यसैगरी धूमपान गर्ने गर्भवती महिला तथा धूमपान गर्ने व्यक्तिको नजिक रहँदा पनि उनीहरुलाई असर पर्दछ। गर्भमा विकास भइरहेको भ्रुणमा फोक्सोको विकासमा अवरोध पुग्न सक्छ। साथै मिस्क्यारिज हुने सम्भावना बढाउने र महिना नपुग्दै जन्मिने पनि हुन सक्छ। जन्मिने त्यस्ता बच्चामा निमोनिया, आज्मा, देखिन्छ नै तिनीहरुमा ठूलो भएपछि सिओपिडी जस्ता दीर्घखालका दम खोकीहरु लाग्न सक्छ। 

धूमपानमा ७ सय प्रकारको हानिकारिक रसायन हुन्छन् जसमा ६९ प्रकारका क्यान्सर जन्य रसायन नै छन्। धूमपानको धुवाँले वायु प्रदूषणलाई बढावा दिन्छ। त्यसैगरी धूमपानको धुँवा जब हावामा जान्छ त्यो ५ घन्टा सम्म रहिरहन्छ, उडिरहेको हुन्छ। मान्छेले सास लिरहँदा मानिसको फोक्सोमा सिधै जान्छ। यसले गर्दा पनि क्यान्सर अनि अन्य श्वासप्रश्वासको रोग बढाइरहेको छ। जुन नसर्ने रोगका प्रमुख कारणहरु बनिरहेका छन्। 

विश्व स्वास्थ्य संगठनको पछिल्लो अध्ययनका अनुसार सूर्तीजन्य पदार्थ तथा धूमपानले ४ सेकेन्डमा एक जनाको मृत्यु गराउँछ। धूमपानका कारण विश्वभर वार्षिक ८० लाख मानिसको मृत्यु हुने गरेको तथ्यांकले देखाएको छ। सेकेन्ड ह्यान्ड स्मोकबाट १० लाख मानिसको हरेक वर्ष मृत्यु हुने गरेको छ। त्यसैगरी धूमपान नगर्ने भन्दा धूमपान गर्ने व्यक्तिलमा फोक्सोको क्यान्सर २२ गुणाले बढी रहेको छ। 

नेपालमा यकिन तथ्यांक नभए पनि विभिन्न अध्ययनका अनुसार २५ देखि ३० हजार व्यक्ति विभिन्न सुर्तीजन्य पदार्थबाट बर्सेनि मृत्युको सिकार भइरहेका छन्। नेपालमा क्यान्सरले मृत्यु हुनेमा फोक्सोको क्यान्सर पहिलो नम्बरमा आउँछ। 

खोकी लाग्ने, साँस फेर्न गाह्रो हुने, अत्यधिक छाती दुख्ने, रगत खोक्ने आदि भयो भने फोक्सोमा समस्या आएको मान्नुपर्छ। त्रिवि शिक्षण अस्तपालमा आउने दीर्घ खालका दम, खोकी, आज्मा, निमोनिया, साधारण रुघाखोकी बढी आउँछन्। 

मंगलबार र बिहीबार ओपिडी छ। सम्बन्धित दिन २ सयको हाराहारीमा बिरामीहरु आउँछन्। जसमध्ये २ सय धूमपानकै समस्याबाट पीडित भएर आएका हुन्छन्। इमरजेन्सीबाट भर्ना हुनेमा धेरै जसो सिओपिडीकै छन्। भर्ना हुनेमा ८० देखि ९० प्रतिशत धूमपानकै बिरामी छन्। 

अहिले नेपालमा १२–१३ वर्ष उमेरबाट स्कुल देखि कलेजका विद्यार्थीहरुमा ‘स्मोकिङ ह्याबिट’ बढेको छ। उनीहरुलाई धूमपान गरेको १० देखि २५ वर्षपछि असर गर्छ। 

कसैले धूमपान छोड्न चाहिरहेको छ भने आजै छोड्नुस्। बिस्तारै छोड्छु भन्यो भने त्यो सकिँदैन। कसैकसैमा मैले चुरोट एकैचोटि छोड्यो भने मृत्यु हुने भन्ने गलत धारणा बोकेको भेटाएको छु तर त्यो होइन चुरोट छोडेपछि केही दिन गाह्रो हुन्छ तर त्यो गाह्रोपन दुई हप्तामा हराएर जान्छ। निद्रा नलागेर धूमपान गरेको, साथीहरुको लहैलहैमा, देखासिकी गरेर खाएको भन्छन्। धूमपान छोड्ने इच्छा छ भने पहिला सुरुमा छोड्ने दृढ इच्छाशक्ति हुनुपर्‍यो। चपाउने बानी छ भने ल्वांग, सकुमेल चपाउन सकिन्छ।  

नेपालमा पहिले निकोटिन रिप्लेसमेन्ट थेरापी थियो तर सायद अहिले छैन। धूमपान छोड्नको लागि चुइगम, स्प्रे, ट्याबलेट आदि आउँथ्यो। 

धूमपानले सबैभन्दा भयानक रुप लिने भने फोक्सोको क्यान्सर नै हो। क्यान्सरको लक्षण लिएर आउने धेरै जसो अन्तिम स्टेजका मात्र छन्। एक या दुई स्टेजमा आए अपरशेन गरेर निको बनाउन सकिन्छ। धूमपान गरिरहेका व्यक्तिले धूमपान छोडेमा उसको आयु १० वर्ष बाँच्न सक्छ।  

सरकारले सुर्तीजन्य पदार्थमा करहरु बढाउने, सार्वजनिक स्थलमा धूमपान गर्न नपाउने, मानिसहरुमा जनचेतना बढाउने, मासमिडियाबाट जनचेतना फैलाउने, स्वास्थ्य शिक्षा दिने, धूमपान विक्रि,वितरण र किनबेचमा कडाइ गर्ने आदि कुरामा ध्यान दिइयो भने धेरै मानिसहरुको मृत्युको मुखबाट बच्न सक्छन्। 

प्रमुख रुपमा त सुर्तीजन्य पदार्थहरु लिँदै नलिने। त्यसैगरी आफ्नो साथीभाइ, परिवारले खान्छन् भने खान नदिने वा नजिक नबस्ने गर्नुपर्छ। श्वासप्रश्वासमा ध्यान दिन स्वच्छ वातावरण रोज्ने, उच्च प्रोटिन डाइटहरु खाने, पोषणयुक्त खाना खानुपर्दछ। धूमपान छोडेमा फोक्सोको क्यान्सरबाट धेरै हदसम्म बच्न सकिन्छ। 

– पल्मोनरी एवं क्रिटिकल केयरका विशेषज्ञ डा बम त्रिवि शिक्षण अस्पतालका उपप्राध्यापक हुन्

(बुनु थारुसँगको कुराकानीमा आधारित)

Source:swsthyakhabar.com

रामेछाप नगरपालिकाको निशुल्क घुम्ति स्वास्थ्य शिविर ओख्रेनीमा सम्पन्न ।

रामेछाप जिल्लामै पहिलो पटक रामेछाप नगरपालिकाले सुरु गरेको नियमित निशुल्क घुम्ति स्वास्थ्य शिविर आज रामेछाप नगरपालिका वडा नम्बर ६ ओख्रेनीमा सम्पन्न भएको छ । रामेछाप नगरपालिकाको आयोजनामा सन्चालन भइरहेको  घुम्ति शिविरको आज तेस्रो दिन वडा नम्बर ६ ओख्रेनीका २३५  जनाले सेवा लिएका छन । जसमा १५ जनाले भिडियो एक्सरे र ४०  जनाले ल्याव सेवा लिएका छन । शिविरमा भिडियो एक्सरे,ल्याव,जनरल उपचार सेवा ,  सुरक्षित मातृत्व सेवा लगायत विभिन्न सेवाहरु प्रदान गरिएको ओख्रेनी स्वास्थ्य चौकीका प्रमुख प्रकाश घिमिरेले जानकारी दिनुभएको छ । 

मेची-महाकाली साइकल यात्रा-२ : यो जवानी फेरि कहाँ…

चौंथो दिन सप्तरीको बिसनपुरबाट हिँडेका हामीलाई जसरी पनि जनकपुर पुग्नु थियो। तर खोइ के भयो जति नै जोड गरे पनि साइकल चलिरहेकै थिएन। तीन पटकसम्म रोकेर साइकलको कन्डिसन चेक गरेँ। अघिल्लो दिन ब्रेक प्याडले टायर छोएर साइकल डेग चलेको थिएन। फेरि त्यही समस्या दोहोरिएछ भन्ठानेर झर्दै मिलाउँदै हिँडिरहेको थिएँ। अलि अघि पुग्छु त सागर साइकल दौडिएन भनेर धमाधम टायरमा हावा भर्दै रहेछ।

‘केटा हो मेरो पछाडिको चक्का हेरिदेओ त , फेरि पन्चर भएछ कि क्या हो?’ उता पचास हजारको साइकल पनि चल्न गाह्रो मानिरहेको रहेछ। त्यसपछि त कारण पत्ता लागिहाल्यो, हावा।

पश्चिमी वायुका प्रभावले मेघ गर्जनसहित वर्षा मात्र होइन, पूर्वबाट पश्चिम यात्रा गर्ने साइकल यात्रीलाई पनि प्रभावित बनाउँदो रहेछ! बेगले चलेको हावाले साइकलको गति निकै नै सुस्त भएको थियो। यस्तो थाहा पाएको भए महाकालीबाट मेची यात्रा गर्न हुन्थ्यो।

थाकेर हैरान भएका थियौं। सागरले घरमा फोन घुमायो, ‘गुरु, हावाले डेग चल्न सकिएन, लहान नै कटेको छैन कसरी जनकपुर पुगिन्छ?’ जवाफमा गुरु (सागरका बुवा) ले गजबको शेर सुनाउनुभयो-

सैर कर दुनिया की ग़ाफ़िल ज़िंदगानी फिर कहाँ 
ज़िंदगी गर कुछ रही तो ये जवानी फिर कहाँ

यो उमेर, यो समय फेरि फर्किएर आउनेवाला थिएन। त्यसमाथि हामी त यात्री यस्तै घामपानी, हावाहुरी अनुभव गर्न हिँडेका। यात्राबाट नै जीवन बुझ्न हिँडेका। यात्रामा केही अलमल हुनु सामान्य हो। तर असफल भइएला कहिल्यै सोचिएन। 

त्यस दिन हावाहुरीकै बीच मिर्चैयासम्म पुगियो।

बालापनको नोस्टाल्जिया
–’बाइबाई साइकलवाला अंकल।’
–’साइकल रेस हो अंकल? हामी पनि आउने नि!’
–’उ: खैरे-खैरे-खैरे, मोनी-मोनी-मोनी।’
–’आइजो केटा हो, गियरवाला साइकल।’ 

हाम्रो यात्राको एक भरपर्दो सहयात्री बाटा–बाटामा भेटिने केटाकेटी थिए। घरको आँगन, स्कुलको मैदान, खेतका आली जतासुकैबाट केटाकेटीले हात हल्लाइरहेका हुन्थे, ‘अंकल बाऽऽऽई’। 

बुटवलबाट यात्रामा जोडिएको प्रकाशले त यसरी बाटोमा भेटिएका केटाकेटीलाई दैनिक एक प्याकेटसम्म चकलेट बाँड्थ्यो।

जस्तो हामीलाई देखे, त्यस्तै भनिदिन्थे, ‘ओई खैरे’। 

क्या चञ्चलता थियो। खुरुरुरु आ-आफ्ना आँगनबाट दौडेर हामीलाई छुन आइपुग्थे। कोही हामीसँगै रेस खेल्न आए। कोही फोटो खिचिदिनु भन्दै धुइरिए। कोही चकलेट माग्न आए। कोही डराएर पर भागे त कसैले हामीसँग हात मात्र मिलाउन पाएको खुसी उफ्रिँदै रमाएर व्यक्त गरे।

दिउँसोको प्रचण्ड गर्मी छल्न कर्णालीमा नांगै डाइभ हान्दै गरेका। निजगढमा भैंसीमाथि चढेर सयर गर्दै गरेका। कैलालीमा पछाडीको गोजीमा कापी च्यापेर स्कुलतर्फ दौडँदै गरेका। बाँकेमा हेलो नानी भन्दा लजाएर तर्किएका सबै केटाकेटीले  हामीलाई आफ्ना पुराना दिनहरुको सम्झना दिलाए।  

जे थियो त्यो बितिसक्यो। सम्झनामा ती दिनहरुको एउटा कोलाज मात्र बाँकी थियो। यात्रामा भेटिएका यिनै सहयात्रीहरुले  बालापनको ती यादलाई झन् गाढा बनाए।

सुन्दर जनकपुर सबने माना
पर हमारा प्यारा मिथिला खाना

ढल्केवर जनकपुर निर्माणाधीन धुलाम्मे सडकले मिथिलाञ्चलसम्म पुग्दा हामीलाई साँच्चै खैरे बनायो। पथलैया–वीरगन्ज, भैरहवा–लुम्बिनी, अत्तरिया–धनगढी सबै ठाउँका बाटा एकैपटक भत्काइएका छन्। धुलाम्मे छन्। बाटैका कारण जनजीवन कष्टकर बनेको छ। धन्न बुटवल–भैरहवा, कोहलपुर–नेपालगन्ज सडकखण्डले देश बन्दैछ है भनेर थोरै भए पनि आशा दिलाएका छन्। 

यता जनकपुरको जिरोमाइल पुग्दा हामीलाई स्वागत गर्न होमेन्द्र तम्तयार भएर बसेको थियो। जानकी मन्दिर , विवाह मण्डप , धनुषसागर, गंगासागर, राम मन्दिर हुँदै श्मसान घाटसमेत घुम्दा जीवनको एक चक्र र जनकपुरको एक फन्को लागिसकेको थियो। बजारका घरहरु एकै रङले पोत्ने अनि स्वच्छ मिथिला अभियान पनि थप आकर्षक लाग्यो।

फर्कने बेलामा होमेन्द्रको घरमा गजबको मेजमानी पाइयो। खानामा गनिसाध्ये परिकार थिएनन्। अन्तमा दही तल जान नसकेर घाँटीमै बसेको आफैलाई महसुस भएको थियो।

‘बाबुहरुलाई जनकपुर कस्तो लाग्यो त?’ होमेन्द्रकी आमाले सोध्नुभयो।

थाल र औंला सँगसँगै चाट्दै हामीले भन्यौं, ‘जनकपुर धेरै राम्रो छ अन्टी। झन् मिथिला भोजनको त कुरै नगरौं!’

आधा फर्सी सेफ्टीको लागि, के हो?
हाइवेमा हरेक ३०-४० किलोमिटर अन्तरालमा गाडीको ठक्करले मरेका कुकुर, गाई–गोरु जस्ता जनावर भेटिन्थे। अझ दुर्घटनामा परी अवशेष मात्र बाँकी भएका मोटरसाइकल, कारहरु देख्दा त पानी छर्केर बोलाउन पर्ने गरी सातो हराउँथ्यो। अमलेखगन्ज र दाउन्नेका उकालामा ठसठस गर्दै उक्लिरहेका तेलका ट्यांकरहरु, चितवन–बुटवल हुइँकने टिपर, कोसीमा भेटिने मकालु यातायात अनि कर्णालीमा देखिने खप्तड डिलक्स सबैले यात्राका दौरान हामीलाई तर्साइरहे। लेन पनि नभएको अति व्यस्त राजमार्गमा साइकल चलाउनु साँच्चै जोखिमपूर्ण थियो।

१३ किलोमिटर लामो घना जंगल छिचोलेपछि बल्ल बाग्मतीबाट चन्द्रपुर पुगिन्छ। हामी जंगलको बीचैबीच चराचुरुंगीको चिरबिरसँगै रमाउँदै साइकलमा दौडिरहेका थियौं। बेलाबखत छेउछेउमा बाँदरहरु देखा पर्थे। भोकाएका आँखाले आफ्नै पुर्खाले आफैंतिर हेर्दा बिछट्टै माया लाग्दो रहेछ। झिकेर केही दिन सक्ने सामर्थ्य थिएन। एकैछिन त आफैसँग रिस उठ्यो।

सायद हामीभन्दा अगाडिको बसमा यात्रा गर्ने सज्जनलाई पनि सडकछेउ निस्केका आफ्ना पितापुर्खालाइ देखेर त्यस्तै भएको हुनपर्छ। धमाधम उनले झ्यालबाट सुन्तलाका बोक्रा फाल्न थाले। खानेकुराको लोभमा बाँदरहरु सडक छेउबाट सडक माझमा आइपुगे। पछाडिबाट हुँइकदै आएको बाइकले बाँदरहरुको झुण्डदेखि कस्सेर ब्रेक लगाए। स्पिडमा रहेको बाइक सडकमा चिप्लियो, बाइकवाला घिस्रिएर पर पुगे।

यो सब हाम्रै आँखाअघि घटेको थियो। त्यसरी लडेका बाइकवाला जीवित होलान् भनेर हामीले आस गरेका थिएनौं। तर उनी जुरुक्कै उठे। नजिक गएर हेर्दा कुइना र घुँडामा सामान्य चोट देखियो। कतै फ्र्याक्चर छ कि भनेर हेरियो। भाग्यवश थिएन। त्यसरी लड्दा पनि टाउकोमा कतै केही चोट थिएन। 

बच्चा बेलामा कसैले सोधेको गाउँखाने कथा याद आयो। आधा फर्सी सेफ्टीको लागि के हो?

उत्तर : हेल्मेट।

कहिले हस्तिनापुरको राज त कहिले चपरीमुनिको बास
लालबन्दी र अत्तरियाको बसाइ यात्राभरिकै सबैभन्दा कष्टकर रह्यो। डस्नामा उडुस, माथिबाट मच्छड, राम्रोसँग हावा पनि नपस्ने गुम्सिएको कोठामा चार जना। त्यसमाथि दुई भाइ भुइँमा। पेट पोल्ने पिरो तरकारी। त्यसैदिन थाहा भयो, भोजनभन्दा भोक मिठो अनि ओछ्यानभन्दा निद्रा प्यारो। गलेर लखतरान भएको शरीर आखिर जसरी पनि सुस्ताउँदो रहेछ। जस्तै कष्ट खेपे पनि अनिँदो बसिएन।

यात्रामा सधैं कष्ट मात्र कहाँ हुन्छ र। जसरी कालो बादलले शीतल बर्सात लिएर आउँछ। सेताम्मे हिउँले माटोमा उर्वरता लिएर आउँछ। त्यस्तै साइकलले उधुम दु:खपछिको सुखको मिठास बुझाउँछ। दुम्किबासदेखि दाउन्नेसम्मको उकालो ठसठस गरेर उकाल्नेले मात्र महसुस गर्न सक्छ। दाउन्नेदेखि बर्दघाटसम्म ओरालो झर्दा कुन लेभलको स्वर्गीय आनन्द  हुन्छ भन्ने कुरा। 

पथलैयादेखि चुरियामाइसम्म उक्लँदा जति कष्ट हुन्छ, त्योभन्दा हजार गुणा बढी आनन्द चुरियामाइदेखि हेटौंडा बजारसम्म ओर्लदा पाइन्छ। भालुवाङसम्म ओरालो झर्दा कति मजा आउँछ, त्यो उक्लनेलाई मात्र थाहा हुन्छ।

दाउन्ने उक्लँदै गर्दा गुरुङ होटलकी बूढी आमैले भन्नुभएको थियो, ‘दाउन्ने आयो, बाबुहरुका दु:ख पनि सकिए। अब त फिलिली न्युटलमा बुटवल।’ 

सायद जीवन पनि त्यस्तै होला। दु:ख गर्दैगर्दै दाउन्ने चढ्ने अनि केही क्षण भए पनि सुख सयलमा सयर गर्ने। 

आखिर त्यस्तै पनि भयो। अघिल्लो रात कष्टपूर्वक लालबन्दीमा काटिसकेपछि हामी हेटौंडा पुग्यौं। त्यहाँ हाम्रो भव्य स्वागत गर्न डा प्रवीण चौधरी अनि हेटौंडा राइडर्सका साथीहरु हुनुहुन्थ्यो। हाम्रै अग्रज डा प्रवीणको आतिथ्य यति गजबको थियो कि त्यस रात हामीले हेटौंडाकै सबैभन्दा भव्य रिजोर्टमा बितायौं।

यो पनि : मेची-महाकाली साइकल यात्रा-१ : इसिजीका बांगाटिंगा धर्साभन्दा अलिपर…

ठूलो आन्द्रा र मलासय क्यान्सर : जोखिम कसरी घटाउने? उपचार के?

अंग्रेजी क्यालेन्डरअनुसार मार्चलाई कोलोरेक्टल अर्थात् ठूलो आन्द्रा र मलासय क्यान्सरबारे जनचेतना अभिवृद्धि गर्ने महिनाका रुपमा लिइन्छ। नेपालमा पनि यो महिनामा विभिन्न कार्यक्रम गरेर रोगको रोकथाम, उपचार लगायतका विषयमा चेतना फैलाउने काम भएको छ। 

ठूलो आन्द्रा (कोलन) र मलासय (रेक्टम) मा हुने क्यान्सर मानिसलाई हुने क्यान्सरमध्ये तेस्रो ठूलो रोगमा पर्छ। नेपालमा यो रोगका कति बिरामी छन् भन्ने आधिकारिक तथ्यांक छैन। तर, अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या बढेको हेर्दा बिरामीको संख्या निकै धेरै रहेको अनुमान लगाउन सकिन्छ।

विश्वको तथ्यांकलाई हेर्ने हो भने हरेक वर्ष यो रोगका १८ लाख नयाँ बिरामी देखापर्ने गर्छन्। तीमध्ये झन्डै ५० प्रतिशत अर्थात् ९ लाखले यो रोगका कारण ज्यान गुमाउने गरेका छन्। समयमा नै रोगको पहिचान हुने हो भने अकालमा हुने यो मृत्युलाई धेरै कम गर्न सकिन्छ।

नियमित स्वास्थ्य जाँच/परीक्षण गराउने, स्वस्थकर भोजनका साथ स्वस्थकर आहार–व्यवहार अपनाउँदै नियमित शारीरिक व्यायाम गर्ने हो भने यस रोग लाग्ने सम्भावना कम हुन्छ।
 
रोगको जोखिम कसरी घटाउने?
यस रोगको जोखिमलाई न्यूनीकरण गर्न निम्न उपाय अवलम्बन गर्न सकिन्छः 

–    ४५ वर्ष पुगेका हरेक व्यक्तिले नियमित रुपमा ठूलो आन्द्रा/मलासय क्यान्सरको जाँच/परीक्षण गराउने, किनकि यदि ठूलो आन्द्रा तथा मलासय क्यान्सर रोग सुरुकै अवस्थामा पत्ता लगाई उपयुक्त उपचार गर्ने हो भने रोगीमध्ये ८०–९० प्रतिशतलाई रोगमुक्त वा पहिलेकै अवस्थामा फर्काउन सकिन्छ। 

–    पर्याप्त रेशेदार तथा चिल्लो कम भएको सन्तुलित भोजन गर्ने,

–    यदि मद्यपान गर्ने बानी भए नियन्त्रित रुपमा अर्थात् ठिक्क मात्रै पिउने बानी गर्ने, धूमपानको बानी भए तुरुन्तै त्याग्ने। मद्यपान र धूमपान सँगसँगै गर्दा ठूलो आन्द्रा र मलासयका साथसाथै पेटको अन्य भागको समेत क्यान्सर हुने जोखिम बढ्छ। 

–    साताको ३ देखि ४ पटक कम्तीमा २०–३० मिनेट शारीरिक व्यायाम गर्ने। सामान्य शारीरिक व्यायाममा छिटो छिटो हिँड्डुल गर्ने, करेसाबारी वा बगैंचामा काम गर्ने वा भर्‍याङ्ग उक्लिने जस्ता कार्यहरु गर्न सकिन्छ। 

यो रोगको उपचार हुनसक्छ?
ठूलो आन्द्रा र मलासयका अर्वुदरोगका लक्षणहरु निकै कम मात्रामा मात्रै देखापर्ने हुँदा रोगको नियमित परीक्षण गराउनु अत्यन्तै जरुरी हुन्छ। यस रोगको जाँच/परीक्षण विशेषतः दुई कारणले लाभदायक हुनसक्छ। 

–    यदि ठूलो आन्द्राका फोकाहरु, जसले पछि क्यान्सरको रुप लिन सक्छन्, तिनलाई समयमै पत्ता लगाएर हटाउने।

–    यस रोगको उपचार धेरै सफलतापूर्वक गर्न सकिन्छ, जब यसलाई सुरुकै अवस्थामा पत्ता लगाउन सकिन्छ। 

रोग समयमै पत्ता लागेमा ठूलो आन्द्रा र मलासयका सबै खाले क्यान्सर रोगको शल्यक्रियात्मक उपचार सहज हुनसक्छ। शल्यक्रियाका साथसाथै रेडियसन थेरापी तथा किमोथेरापी पनि चलाउनुपर्ने हुनसक्छ। रोग समयमै पत्ता नलागी ढिलो हुँदा सफल उपचार हुने दर ५० प्रतिशत मात्रै वा सोभन्दा पनि कम हुन्छ। यसले समयमै र नियमित रुपमा गरिने जाँच/परीक्षणको महत्व दर्शाउँछ।

यसका अतिरिक्त चिकित्सा अध्ययनले के देखाएको छ भने, ठूलो आन्द्रा तथा मलासयका विशेषज्ञ शल्यचिकित्सक जो तत्सम्बन्धित रोगहरूको निदानात्मक एवं उपचारात्मक (चिकित्सकीय र शल्यचिकित्सकीय) प्रक्रियामा निपूर्ण हुन्छन्, तिनद्वारा उपचार गराउँदा रोगको व्यवस्थापन सहज रुपमा हुनसक्ने तथा उपचारपश्चात्का जटिलताहरु समेत कम मात्रै देखापर्ने गर्छन्।

पुरानो पोस्ट