प्रविधि

स्वास्थ्य सेवामा नयाँ चमत्कार प्युठानमा एसीयामै पहिलो ड्रोट्स परियोजना सूरु हुदै ।

प्यूठान । प्यूठानको दुई वटा नगरपालिकामा एसीयामै पहिलो पटक ड्रोट्स नेपाल परियोजना सञ्चालनहुने भएको छ ।
प्यूठान नगरपालिका र स्वर्गद्धारी नगरपालिकामा ड्रोट्स नेपाल परियोजना सञ्चालन हुने भएको हो ।

स्वास्थ्यकर्मीहरुलाई नयाँ प्रविधिबाट क्षयरोगकाविरामीहरु पत्तालगाउन र बिरामीहरुलाई उचितउपचारमा ल्याई क्षयरोग न्यूनिकरणमा सहयोग पुग्ने उदेश्यले एसीयामै पहिलो पटक प्यूठानबाट उक्त परियोजना सुरु भएको जिल्ला जनस्वास्थ्य प्रमुख विशाल सुवेदीले जानकारी दिए ।

‘यो एक प्रायोगिक पाईलट कार्यक्रम हो ।’ सुवेदीले भने–‘यो मेसिनले दुर्गम बस्तीका स्वास्थ्य चौकीमापुगेर जम्मा भएका खकारहरु ल्याएर आउने गर्छ ।’स्वयम सेवीकाहरुले गाउँ बस्तीमा पुगेर विरामी संकलन गर्ने र ड्रोट्सले ढुवानी मात्र गर्ने बताउदै अन्य भ्रममान पर्न आग्रह समेत गरेका छन् ।

महिला पुरुष बालबालिका लगायत जुनसुकै उमेर समुहका व्यक्तिहरुलाई पनि क्षयरोग हुने भएको यसरोगको चेकजाँच देखि औषधीउपचार र पोषण भत्ता समेत नेपाल सरकारले निशुल्क सेवाप्रदान गरेका हुंदा सबैजनाले आफ्नो स्वास्थ्य परिक्षण गर्न सुझावदिएका छन् ।

सन् २०५० सम्म नेपालकाट क्षयरोग अन्त्य गर्ने उदेश्य अनुरुप नेपाल सरकारले कार्य अगाडी बढाएको सुवेदीले बताए । नेपालको सिंगो जनसख्यामध्ये आधा मानिस थोरै धेरै क्षयरोग (टिभी) को संक्रक्रमणमा परेको हुन सक्ने अनुमान गरिएको उनले बताए ।

गत आ.व.मा प्यूठान जिल्लामा ३ सय ८९ जना क्षयरोगका विरामी भेटिएको सुवादीले जनाकारी दिए । यसमध्ये प्यूठान नगरपालिकामा ८१ जना र स्वर्गद्धारी नगरपालिकामा ६१ जनाक्षयरोगकाविरामी छन् । क्षयरोग सरुवा रोग भएकोले एक जनाव्यक्तिले १० जना सम्मलाई सहज सार्ने सक्ने हुदाँ एक पटक सबैले स्वास्थ्य परिक्षण गरी औषधी सेवन गर्नु पर्ने उनलको भनाइ छ ।

प्यूठान जिल्लामा यस कार्यक्रममार्फत आधुनिक प्रविधिहरुको प्रयोग गरी क्षयरोगलाई निर्मुलीकरण गर्ने श्रदा आचार्यले बताए । क्षयरोगका विरामीहरु लगायत सबै समुदायमा क्षयरोग बारे शिक्षाप्रदान गर्ने र धेरै भन्दा धेरै विरामी पत्ता लगाइ उपचारका माध्यमबाट क्षयरोग निदान गर्न यस परियोजनाले सहयोग गर्ने उनले बताइन ।

ड्रोट्सबाट क्षयरोगलाई निदानपार्ने अपेक्षा
ड्रोट्स नेपाल परियोजना सञ्चालनले क्षयरोग नियन्त्रणका चुनौतीहरुलाई समाधान गर्ने अपेक्षा गरिएको छ । भौगलिक विकटताका कारण दुर्गम वस्तीका क्षयरोग विरामीहरु स्वास्थ्य सस्ंथानआउने, समय खर्चिलो हुने, बृद्धवृद्धाहरु हिड्न नसक्ने जस्ता समस्याभएकोले उपचारमा कठिनाइ देखिएको छ ।

यसकालागि स्वयमसेवीहरुलाई गाउँगाउँ पठाइ खकारको नमुनाजम्मा गर्ने र ड्रोट्सबाट औषधीखकार ढुवानी गरी समयमै रोग पत्ता लगाउन सकिने उपेक्षा गरिएको छ ।

ड्रोट्स कार्यक्रमले क्षयरोग, यसको रोगथाम र नियन्त्रण सम्बन्धि समुदायको जागरुपतामा बृद्धि गराउने, क्षयरोग पत्तालाग्ने दरमा बृद्धि, क्षयरोगको उपचार सफलता दरमा बृद्धि, क्षयरोग नियन्त्रण र व्यवस्थापनकालागि सम्बन्धित सरोकार वालाहरुको संलग्नतामा बृद्धि गरी क्षयरोग अन्त्य गर्ने उपेक्षा राखेको जिल्लाजनस्वास्थ्यकार्यलयले जनाएको छ ।

प्यूठान नगरपालिकाका नगरप्रमुख अर्जुन कुमार कक्षपतिको अध्यक्षतामा भएको ड्रोट्स नेपाल परियोजना अभिमुखकरणमा १० वटै वडाका वडा अध्यक्ष, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतको उपस्थिित रहेको थियो ।आकासमा उडेर मेसिनभएकोले सुरक्षामाअलिचुनौतीहुने हुदा सम्पूर्ण जिल्लावासीलाई यसबारे तुरुन्तै जनाकारी गराउनु पर्ने सहभागीहरुले सुझावदिएका छन् ।
मन्त्रीले ड्रोट्सको उद्घाटन गर्ने
सामाजिकविकास मन्त्री सुर्दशन बरालले आइतबार अर्थात यही १९ गते प्यूठानबाटै ड्रोटस परियोजनको उद्घान गर्ने कार्यक्रम रहेको जिल्लाजनस्वास्थ्यअधिकृत विशाल सुवेदीले जानकारी दिए ।

नेपालमै पहिलो पटक भित्रिएको आधुनिकप्रविधिले भएको यसको बारे सवैजना नौलो नै भएकाले नगरवासी र जिल्लावासी सवैलाई जानकारी गराउनु पर्ने उनले बताए ।

स्रोत: अखबार खबर

ठूलो आन्द्रा र मलासय क्यान्सर : जोखिम कसरी घटाउने? उपचार के?

अंग्रेजी क्यालेन्डरअनुसार मार्चलाई कोलोरेक्टल अर्थात् ठूलो आन्द्रा र मलासय क्यान्सरबारे जनचेतना अभिवृद्धि गर्ने महिनाका रुपमा लिइन्छ। नेपालमा पनि यो महिनामा विभिन्न कार्यक्रम गरेर रोगको रोकथाम, उपचार लगायतका विषयमा चेतना फैलाउने काम भएको छ। 

ठूलो आन्द्रा (कोलन) र मलासय (रेक्टम) मा हुने क्यान्सर मानिसलाई हुने क्यान्सरमध्ये तेस्रो ठूलो रोगमा पर्छ। नेपालमा यो रोगका कति बिरामी छन् भन्ने आधिकारिक तथ्यांक छैन। तर, अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या बढेको हेर्दा बिरामीको संख्या निकै धेरै रहेको अनुमान लगाउन सकिन्छ।

विश्वको तथ्यांकलाई हेर्ने हो भने हरेक वर्ष यो रोगका १८ लाख नयाँ बिरामी देखापर्ने गर्छन्। तीमध्ये झन्डै ५० प्रतिशत अर्थात् ९ लाखले यो रोगका कारण ज्यान गुमाउने गरेका छन्। समयमा नै रोगको पहिचान हुने हो भने अकालमा हुने यो मृत्युलाई धेरै कम गर्न सकिन्छ।

नियमित स्वास्थ्य जाँच/परीक्षण गराउने, स्वस्थकर भोजनका साथ स्वस्थकर आहार–व्यवहार अपनाउँदै नियमित शारीरिक व्यायाम गर्ने हो भने यस रोग लाग्ने सम्भावना कम हुन्छ।
 
रोगको जोखिम कसरी घटाउने?
यस रोगको जोखिमलाई न्यूनीकरण गर्न निम्न उपाय अवलम्बन गर्न सकिन्छः 

–    ४५ वर्ष पुगेका हरेक व्यक्तिले नियमित रुपमा ठूलो आन्द्रा/मलासय क्यान्सरको जाँच/परीक्षण गराउने, किनकि यदि ठूलो आन्द्रा तथा मलासय क्यान्सर रोग सुरुकै अवस्थामा पत्ता लगाई उपयुक्त उपचार गर्ने हो भने रोगीमध्ये ८०–९० प्रतिशतलाई रोगमुक्त वा पहिलेकै अवस्थामा फर्काउन सकिन्छ। 

–    पर्याप्त रेशेदार तथा चिल्लो कम भएको सन्तुलित भोजन गर्ने,

–    यदि मद्यपान गर्ने बानी भए नियन्त्रित रुपमा अर्थात् ठिक्क मात्रै पिउने बानी गर्ने, धूमपानको बानी भए तुरुन्तै त्याग्ने। मद्यपान र धूमपान सँगसँगै गर्दा ठूलो आन्द्रा र मलासयका साथसाथै पेटको अन्य भागको समेत क्यान्सर हुने जोखिम बढ्छ। 

–    साताको ३ देखि ४ पटक कम्तीमा २०–३० मिनेट शारीरिक व्यायाम गर्ने। सामान्य शारीरिक व्यायाममा छिटो छिटो हिँड्डुल गर्ने, करेसाबारी वा बगैंचामा काम गर्ने वा भर्‍याङ्ग उक्लिने जस्ता कार्यहरु गर्न सकिन्छ। 

यो रोगको उपचार हुनसक्छ?
ठूलो आन्द्रा र मलासयका अर्वुदरोगका लक्षणहरु निकै कम मात्रामा मात्रै देखापर्ने हुँदा रोगको नियमित परीक्षण गराउनु अत्यन्तै जरुरी हुन्छ। यस रोगको जाँच/परीक्षण विशेषतः दुई कारणले लाभदायक हुनसक्छ। 

–    यदि ठूलो आन्द्राका फोकाहरु, जसले पछि क्यान्सरको रुप लिन सक्छन्, तिनलाई समयमै पत्ता लगाएर हटाउने।

–    यस रोगको उपचार धेरै सफलतापूर्वक गर्न सकिन्छ, जब यसलाई सुरुकै अवस्थामा पत्ता लगाउन सकिन्छ। 

रोग समयमै पत्ता लागेमा ठूलो आन्द्रा र मलासयका सबै खाले क्यान्सर रोगको शल्यक्रियात्मक उपचार सहज हुनसक्छ। शल्यक्रियाका साथसाथै रेडियसन थेरापी तथा किमोथेरापी पनि चलाउनुपर्ने हुनसक्छ। रोग समयमै पत्ता नलागी ढिलो हुँदा सफल उपचार हुने दर ५० प्रतिशत मात्रै वा सोभन्दा पनि कम हुन्छ। यसले समयमै र नियमित रुपमा गरिने जाँच/परीक्षणको महत्व दर्शाउँछ।

यसका अतिरिक्त चिकित्सा अध्ययनले के देखाएको छ भने, ठूलो आन्द्रा तथा मलासयका विशेषज्ञ शल्यचिकित्सक जो तत्सम्बन्धित रोगहरूको निदानात्मक एवं उपचारात्मक (चिकित्सकीय र शल्यचिकित्सकीय) प्रक्रियामा निपूर्ण हुन्छन्, तिनद्वारा उपचार गराउँदा रोगको व्यवस्थापन सहज रुपमा हुनसक्ने तथा उपचारपश्चात्का जटिलताहरु समेत कम मात्रै देखापर्ने गर्छन्।