Hamrohealth

पत्रीकामा डाक्टरको समाचार कति वास्तबिक,कति सतही?

डा सन्देश दाहाल

काठमाडौँमा बज्ने सबै एफ एम र प्रमुख टिभीमा बज्ने एक बिज्ञापन बजिरहन्छ, सायद सबैले सुनेको हुनुपर्ने हो/ पाइल्स, फिस्टुला, जन्डिसको ग्यारेन्टीका साथ उपचार गरिन्छ, फलानो क्लिनिक, फलानो डाक्टर/ यी प्रचार सुन्दा मलाई सधैं नै आश्चर्य लाग्थ्यो, लाग्छ/ पित्तनलीमा क्यान्सर भएको दुइ महिला यस्तै विज्ञापनको भर परेर अकालमा ज्यान गुमाउन बाध्य भए एक हप्तामा मैले नै हेरेको वार्डमा/ यस बिषयमा मैले एउटा आर्टिकल पनि लेखेको छु/ मलाई यकिन नै छ, यस्ता विज्ञापनको भ्रममा परेर अकालमा स्वास्थ्य, पैसा र ज्यानसम्म गुमाउने असंख्य नै छन्/ बैकल्पिक उपचार गर्छु भन्न पाइन्छ/ डाक्टरको आचारसंहिताले उसलाई सहि उपचार गरेपनि बिज्ञापन गर्न रोकेको छ/ यस्ता विज्ञापनमा डाक्टर भनिएका ठगहरुको त आचारसंहिता छैन, त्यसमा कुनै दुइमत छैन/ मिडिया हाउस वा पत्रकार जगत त राज्यको चौथो अंग भन्छन/ बिज्ञापनको पैसा पाए, त्यसको लागि जे पनि बजाउन, प्रचार गर्न मिल्ने हो र? काठमाडौँमा यसरि प्रचार गरेका धेरै अबैध संस्था गैरकानुनी प्रमाणित भएका छन्/ विज्ञापन गर्ने संस्थाको बैधता नै पुस्टि नभई यसरी बिज्ञापन हुँदा जनतामा के असर परिरहेको होला? मलाई थाहा छैन, सायद कानुनी हिसाबमा पैसा लिएर बिज्ञापन गर्न पाइन्छ होला, तर चौथो अंग दाबी गरेपछि समाजप्रति उत्तरदायी हुनुपर्ने होला कि/ यस्तो विज्ञापनको झन् बिकराल रुप मैले झापा आएपछि देखें/ यहाँको रेडियो र पत्रिकामा बिज्ञापन बज्छ, “भारतको पानीटंकीमा पाइल्स, फिस्टुला, फिसरको बिना अपरेसन उपचार गरिन्छ/ माता पाथिभरा क्लिनिक/ सम्पर्क फलानो घिमिरे, शान्तिनगर झापा/” माता पाथिभरा नाममा खोलिएको अबैध धन्दाले मृत्युको मुखमा पुर्याएको करिब २२ जनालाई आइसीयुमा राखेर मेरै टिमले उपचार गरेको छ/ बिज्ञापन कति प्रभावकारी हुन्छ भने नेपालीले नेपालीलाई उपचार गर्न नेपालको सट्टा भारतमा क्लिनिक खोल्नु ठगीधन्दा हो भन्ने घाम जत्तिकै छर्लंग भए पनि विज्ञापनको भर परेर मान्छे ठगिन जान्छन दिनदिनै/ यसमा कसको गल्ति होला त?

मलाई यो बिषयमा केहि लेख्न पहिले नै मन थियो/ आज झन् अचम्मको समाचार आयो, त्यो पनि देशको एक नम्बर दावी गरेको रास्ट्रिय दैनिक कान्तिपुरमा/ समाचारको शिर्षक छ, “मृत घोसणा गरिएका बालक जीवित भेटिएपछी अस्पताल तनाबग्रस्त/” (२०७५/०६/०६ कान्तिपुर अनलाइन) / घटना के हो त भन्ने कौतुहल भयो/ यो सगरमाथा अंचल अस्पतालको घटना रहेछ/ उक्त बालकलाई हेर्ने डाक्टरको फेसबुकमा स्टाटस आयो,”यो बच्चा सुरुमा मैले हेरेको हो, ल्याउँदा मृत नै थियो, र परिवारले खाटबाट लडेको भनेको थियो/ समाचारमा सर्पले टोकेको र पुन जीवित भएको भनेको के कसरी हो थाहा भएन/” अनि केहि घण्टामा कान्तिपुरमा समाचार सच्याइएको छ, र भनिएको छ,’अगाडिको समाचार बच्चाको आफन्तको भनाइमा आधारित भएकोले सच्याइएको छ/’ अहिलेको समाचार छ, “सर्पदंशले बालक मृत्यु भएपछी अस्पतालमा तनाव/” र यसमा लेखिएको छ, बालक मृत नै छ, तर जिउँदो भएको दाबी गर्दै आफन्तले शब् गृह तोडफोड गरेर हेर्दा पनि बालक मृत नै भेटिएको छ/” यो घटना वस्ताबिकतामा सर्पले टोकेर मृत भएको बालकको मृत्यु स्वीकार गर्न नसकेको परिवारजस्तो देखिन्छ, वा सर्पले टोकेको मान्छे “मरेजस्तो देखिए पनि जिवितै हुन्छ” भन्ने अन्धबिस्वासबाट प्रेरित देखिन्छ/ तर कान्तिपुरको पहिलो समाचार वा त्यसको शिर्षक जसले पढे, उनीहरुको नजरमा समाचारको अर्थ “डाक्टरले मृत र जीवितबिचमा फरक छुट्याउन सकेनन” भन्ने हो/ यो समाचारमा सूचना वा जिम्मेवारी कहाँ छ? यसमा समाचार सूचना दिने सम्बाददाता देखि यसलाई सम्प्रेसन गर्ने बिभिन्न तहमा समाचारको वास्तविकता बुझ्ने मनस्थिति कसैको देखिंदैन/ आबेश, आक्रोश, दोषारोपण मात्र छ समाचारमा/ यसले सूचना दिएको छैन, यसले अविस्वासलाई प्रोत्साहन गरेको छ/ यसलाई पत्रकारिता भन्न मिल्दैन/ यो लापरबाही हो, जसले डाक्टर, अस्पतालको बिश्वास घटाएको मात्र छैन, यसले सामाजिक सन्तुलनमा नै घातक प्रहार गरेको छ/  

रबि लामिछाने पछिल्लो समयमा निकै चर्चामा छन्, उनको टेलिभिजन कार्यक्रमको लागि/ उनको मिडिया स्टन्ट हेर्न लायकको हुन्छ, हाउभाउ, एक्सप्रेसन, बिषय सबैमा बेजोड प्रस्तुति/ उनको कार्यक्रम हेर्दा लाग्छ, गणतान्त्रिक नेपालको मुक्तिदाता उनै हुन्/ देशको जनताको लागि पहल कदमी गर्नु एकदम सकारात्मक कुरो हो, उहाँको कामको प्रसंसा गर्नै पर्छ/ केहि समय अगाडी भाद्र पहिलो हप्तातिर एउटा सनसनीखेज समाचार आयो, पर्बतको जिल्ला अस्पतालमा नभाँचिएको हातमा प्लास्टर गरेर डाक्टरले चरम लापरबाही गरे भनेर/ हज्जारौं नेपाली जनताले डाक्टरलाई गाली गरे, गालीको स्वरले फेसबुक रंगयाए/ फेवासिटी अस्पतालमा भोलिपल्ट एक्स रे मा हड्डीमा चोट नभएपछि प्लास्टर निकालियो भनियो/ कुरा बुझ्दै जाँदा, हात सुनिएको भएर स्ल्याब राखेको रहेछ, एक हप्तामा सुनिएको कम भएपछी प्लास्टर निकालिएको रहेछ/ रबि जि लाइ कार्यक्रम बनाउन यति हतारो रहेछ कि, हाडजोर्नीको पुर्जा राख्नुपर्ने ठाउँमा नाक काँ घाँटीको परेछ/ एकहप्तामा निकालेको प्लास्टरलाइ एकदिन भन्दिनुभएछ/  उक्त बिरामी हेर्ने दुवै डाक्टरको प्रस्टीकरण, र सम्पर्क नम्बर लेखकसंग सुरक्षित छ/ सनसनी पनि भयो, खरो समाचार पनि, दबंग रबिजीको टिआरपी पनि बढ्यो होला/ डाक्टरलाई गाली गर्न पनि पाए मान्छेले, अविस्वास पनि भयो/ भएन के भन्दा जिम्मेवारीयुक्त सहि सूचना, जुन पत्रकारितामा आम मानिसले आश गर्ने हो/ रबिजीलाइ म्यासेज गर्न खोंजे, फेसबुकमा वहांको सयौं आइडी छ, कुन सहि ठम्याउन सकिएन/ वहांको सहकर्मी रिया भण्डारीलाई सुझाब दिएँ, वास्तविक पत्रकारिता गरेको हो भने फेरी सबै डाक्टर संग फोन बार्ता गरेर अर्को कार्यक्रम बनाउनु भनेर/ मलाई थाहा नै थियो, आफ्नु कट्टु खुस्केको कसैले लोकलाई देखाउन खोज्दैन/ रबिजीको अर्को कार्यक्रम आएको छैन आजसम्म सो बिषयमा/

करिब भाद्र पहिलो हप्तामा नयाँ पत्रिकामा एउटा स्वास्थ्य सम्बन्धि लेख आयो, अनुहारमा हुने चाया मेलास्मा (melasma) को बारेमा/ उक्त लेखको टाइटल छ, “कुरूप बनाउने मालेस्मा”/ यो समान्य प्राबिधिक त्रुटी हो, तर यसले जनाउँछ, स्वास्थ्यको समाचार वा सम्प्रेषणमा नेपाली मिडिया कतिको सचेत हुने चेस्टा गर्छ/ अझ रमाइलो प्रसंग छ, मनमोहन अस्पतालको/ एकजना बिरामीको मृगौलाको पत्थरीको अपरेसनको क्रममा रक्तश्राब ज्यादा भएर ज्यान बचाउनको निम्ति मृगौला नै निकाल्नुपर्ने स्थिति आयो/ परिवारको सहमतिमा मन्जुरिनामा लिएर मृगौला निकालियो/ बिरामी निको भयो, घर गयो/ पछी के भयो कुन्नि, फेरी बिरामीको त्यो समुह मनमोहन अस्पताल आन्दोलन गर्न आइपुग्यो/ त्यस बखतका सबै पत्रिकामा समाचार आए, “मनमोहन अस्पतालले मृगौलाको चोरी तस्करी गर्यो/” केहि समाचारपत्रको समाचार साभार गर्दा, ई-रातो खबर- “मिर्गौला तस्करी गर्दै मनमोहन अस्पताल/” एभरेस्ट दैनिक,”मृगौला चोरी प्रकरणले संसदमा ठाउँ पायो, छानबिन समिति गठनको माग/” सेतोपाटीलाइ अनलाइन पत्रिकाहरु मध्येको सबैभन्दा बिस्वाशनीय मानिन्छ/ मनमोहन प्रकरणमा सेतोपाटीको समाचार,”मनमोहन अस्पातालमा पत्थरीको अपरेसन गर्दा मृगौला निकालियो, बिरामीको जीवनमाथि मनमोहन अस्पतालको खेलबाड/” यहि यस्तै समाचारमा सत्यता देखेर एकजना माननीयले सांसदमै प्वाक्क बोल्दिहाले, “मनमोहन अस्पतालले मानव अंग तस्करी गर्यो/” पछी छानबिन समिति बन्यो, सबै कुराको खोजबिन भयो/ झिकेको मृगौला फर्मालिनको बट्टामा अस्पतालमा नै थियो, ज्यान बचाउन मृगौला निकाल्नुपरेको हो भन्ने प्रमाणित भयो/ छानबिन समितिको निष्कर्ष समाचार बनाउने आँट न त पत्रिकाले गरे, न त यसको निष्कर्षको बारेमा समाचार पढेका सांसद र जनताले नै जान्न खोजे/ त्यहि समयको भ्रामक समाचार पढेर आज पनि धेरै नेपाली नेपालमा मृगौला तस्करी हुन्छ भनेर बिश्वास गर्छन/ यसमा पत्रकारिताले सहि धर्म निभाएको होला त?

अस्पतालमा भएको जुनसुकै मृत्युलाइ डाक्टरको लापरबाही भनेर समाचार लेख्नु अहिलेको पत्रकारले नैसर्गिक अधिकार नै ठान्छ/ समाचारमा किटानी नै गरिएको हुन्छ कि डाक्टरले लापरबाही गरेको हो/ पढ्दा वा सुन्दा यस्तो लाग्छ कि पत्रिकाको समाचार हैन, अदालतको न्यायाधिसले लेखेको फैसलाको पूर्णपाठ हो/ यस्ता पत्रिकाले किटानी गरेका लापरबाहीका ०.१ % पनि प्रमाणित भएका छैनन्/ उदाहरण दिन चाहन्छु, hamroeconomy.com १९ श्रावण २०७४, ओम अस्पतालको सन्दर्भमा, “ज्यानमारा अस्पतालले अस्पतालले लियो अर्की महिलाको ज्यान, स्वास्थ्यमन्त्रीको किन पुगेन ध्यान?” यसमा लापरबाही किटान मात्र गरिएको छैन, अस्पताललाई ज्यानमारा नै भनिएको छ/ सौर्य दैनिक २०६९/०६/०७ रौतहटको एक अस्पतालको डाक्टरको नाम सहित, “डाक्टरको लापरबाहीले बिरामीको मृत्यु/” कान्तिपुरमा बिभिन्न समयमा प्रकासित समाचारहरु, धुलिखेल अस्पताल, किस्ट अस्पतालको सम्बन्धमा/ अस्पताल र डाक्टरको सम्बन्धमा गलत समाचार सम्प्रेषण हुनु पर्याप्त सावधनी नहुनु र बिषयगत ज्ञान नहुने पत्रकार हुनु, र मिडिया हाउसमा स्वास्थ्य बिशेषज्ञ सल्लाहकार नहुनु प्रमुख कारण हुन्/ तर यति मात्र कारण भने अवस्य हैन, पत्रकार वा सम्पादकको डाक्टरलाई हेर्ने नजर होलसेलमा पुर्बग्रही हुनु पनि हो/ बीर अस्पतालको एक चर्चित डाक्टरको फेसबुक पेजको एउटा स्वास्थ्य बहसमा प्रतिक प्रधानले भन्नुभएको छ, “एक दुइ डाक्टर ठिक छन् तर अधिकांस छैनन् डा. साप/ सबैको ठेक्का सहि डाक्टरले यसरि लिनथाले त बदमास डाक्टरलाई त्यसै उन्मुक्ति मिल्ने भयो/” वहाँ जत्तिको उचाइको मान्छेको कत्रो आग्रह छ भने नेपालको ९८% डाक्टर बदमास छन्/ अब यस्तो पूर्वाग्रह राखेर बसेको मान्छेले मिडिया हाउस कमाण्ड गर्दा अस्पतालको बारेमा आएको समाचारमाथि सत्यता विश्लेषण गर्नेभन्दा पनि डाक्टरलाई अपराधी करार गर्ने सम्भावना ज्यादा हुन्छ/ कुन अनुसन्धानको आधारमा ९८% डाक्टरलाई बेठिक भनियो त्यो मैले आजसम्म बुझेको छैन, र बुझेर काम पनि छैन किनभने त्यो मनगढ़ंते आग्रह हो, सत्य हैन र हुनै सक्दैन/

एकजना स्तम्भकार हुनुहुन्छ खगेन्द्र संग्रौला/ वहांको ट्वीटरमा लेखिएको स्टाटसमा भनिएको छ,”यमराज र डाक्टरमा के फरक हो भने, यमराजले प्राण हरण गर्छ, तर डाक्टरले पैसा, र त्यसपछि प्राण/” संयोग नै हो, यो स्टाटस लेखेको एक महिनामा वहांको प्रोस्टेटको सफल शल्यक्रिया भयो/ वहांको के हरण गरियो त्यो वहाँलाई थाहा होला, तर डाक्टर भएको नाताले एउटा कुरा त छाती ठोकेर नै भन्छु, आफ्नु ज्यान मर्ने प्रयास गरेको दुश्मन नै किन नहोस, उसको उपचार आफ्नै परिवारको जत्तिकै ध्यान पुर्बक गर्ने पेसा मेरो मात्र हो, अरु कसैको छैन/ संग्रौलाजीले बुझ्नु नबुझ्नुले यसमा खासै अर्थ राख्दैन, यो मेरो पेसाको पवित्रता हो/

अर्को समाचार छ, नागरिक दैनिकको २०७५/०२/२२ मा आएको/ समाचारको शिर्षक छ, “बलात्कारी जोगाउन नक्कली रिपोर्ट बनाउने बीर अस्पतालको दुइ डाक्टर फन्दामा/” यसै समाचारमा आएका आरोपिका दुइ नामहरु डाक्टर हैनन्, इमर्जेन्सीमा काम गर्ने सहयोगी हुन्, यसमा डाक्टर सामेल छैनन्/ ‘नागरिक’ देशको धेरै उच्च कोटिमा गनिने पत्रिका हो/ अर्को समाचार छ अन्नपुर्ण पोस्टको, २०७५/०३/३० गतेको, “चिकित्सकको गम्भीर लापरबाही: स्वास्थ्य चौकीको शौचालयमा जन्मियो शिशु/”  यो समाचार यति आबेगमा लेखिएको छ कि लेख्ने पत्रकारलाई स्वास्थ्य चौकीमा डाक्टरको दरबन्दी नै हुँदैन/ अब दरबन्दी नै नभएका डाक्टरको गम्भीर लापरबाही कसरी देखे पत्रकार महोदयले? अन्नपूर्ण पोस्ट पनि नेपालका धेरै मान्छेले पढ्ने पत्रिका हो/ यस्तो समाचार कि त एकदमै ज्ञान नभएको मान्छेले लेखेको हो, वा जानाजान डाक्टर पेसालाई बदनाम गर्ने मनशाय हो/

यस्ता धेरै फेहरिस्त छ, सबै लेख्यो भने एउटा महाकाव्य नै बन्नसक्छ/ यी केहि प्रतिनिधि घटना मात्र हुन्/ छापामा वा मिडियामा आएका जति डाक्टर वा अस्पतालसँग सम्बन्धित समाचार वा प्रचारहरु छन्, अधिकांस झुठा, अप्रमाणित, हचुवा प्रकृतिका छन्/ यसले मिडिया हाउसमा स्वास्थ्यसंग सम्बन्धित समाचारलाई कति हल्का र पूर्वाग्रहयुक्त वा दुवै मिसिएको बदनियतपूर्ण हिसाबमा लिन्छन भन्ने प्रस्ट देखिन्छ/ पत्रिकाले आम मानिसलाई सूचना प्रबाह गर्छ/ तर स्वास्थ्य सूचना दिनमा देशका सबै मिडिया हाउसले गरेको यो हदको लापरबाही पश्चात जनताले सहि सूचना पाउने उपाय के हुनसक्छ त? जनताले आफै समाचारको विश्वसनीयता जाँच्न सक्दैन र त्यसलाई हुबहु ग्रहण गर्छ/ समाचार ग्रहण हुनु मिडियाको शक्ति हो, तर जिम्मेवारीको पाटो कतही पुरा गरिएको त के समाचारको सत्यता जान्न प्रयास समेत गरिएको छैन/ यसले डाक्टर र बिरामीको दुरी बढेको छ, यत्रो फड्को मारेको स्वदेसी चिकित्सालाई जबर्जस्ति कलंकित गराएको त छदैछ, देशमा हुने सर्बशुलभ गुणस्तरीय स्वास्थ्य सेवाबाट सयौं नेपालीलाई बिमुख गराएको समेत छ/ पैसा नभएका जनता पानीटंकी, मध्यम बर्ग मेदांत र धनि बर्ग सिंगापुर अमेरिका पलायन गराएर देशको धनराशी समेत पलायन गरेको छ/ पेसाकर्मीको नजरबाट एक समाचार टिआरपी होला, करियर होला, एकदिनको पेज भर्ने मसला होला, तर आम मानिसमा यसले छोड्ने प्रभाव दिर्घकालिन हुन्छ/ तेसैले आम सरोकार राख्ने बिषय जस्तै उपचार, सामाजिक सद्भाव आदिजस्ता गम्भीर कुरामा समाचारको लागि समाचार नलेखौं, तथ्य मात्र लेखौं बरु दुइ दिन ढिला लेखौं/ सबै बस्ने घर जले डाक्टरको मात्र हानी हुँदैन, सबैको बराबर हुन्छ/ अन्तमा चर्चित एक भनाइ राख्न चाहन्छु, “with great power comes great responsibility.”

(यस आर्टिकलमा उल्लेख गरिएका सबै प्रसंग वास्तविक हुन् जसको प्रमाण यो लेखक संग सुरक्षित छ, समाचारको स्क्रिनसट भएको मितिमा समाचार लेखेकोले समाचार प्रकाशित भएको एक दुइ दिनको मिति अगिपछी हुनसक्छ)

धन्यबाद

समाचारको स्रोत Hamrodoctor.com

अब सवारी चालकहरुलाइ मापसे जस्तै लापसे सेवन पनि चेकजाँच हुने।

३१ वैशाख, जनकपुरधाम । मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउनेहरुलाई कारबाही गर्न थालिएको अभियान ‘हिट’ भयो । प्रहरीले पनि सयौंलाई कारबाही गर्‍यो, मापसे गरेर सवारी चलाउने पनि सचेत भए ।

अब प्रहरीले मापसे जस्तै अर्को अभियान सुरु गरेको छ, लापसे । अर्थात् लागुपदार्थ सेवन जाँच ।

प्रदेश २ प्रहरीले मादक पदार्थ सेवन (मापसे) का साथै लागुपदार्थ सेवन गरेर सवारी चलाए नचलाएको जाँच गर्न थालेको हो ।

मादक पदार्थसँगै लागुऔषध प्रयोग गरेर पनि सवारी चलाउने क्रम बढेपछि यो अभियान सुरु गरिएको बताउँछन् प्रदेश २ का ट्राफिक प्रहरी प्रमुख एसपी योगबहादुर पाल ।

पालका अनुसार बारा र सप्तरीका केही सवारी चालकमा लागुपदार्थ प्रयोग गरे-नगरेको जाँच गरिएको छ ।
बारामा ५३ जना र सप्तरीमा १० जना सवारी चालकको पिसाब परीक्षण गरिएको छ । यस क्रममा दुई जनाले लागुऔषध गाँजा प्रयोग गरेको फेला परेको उपरीक्षक पालले बताए ।

उनीहरुलाई दिनभर नियन्त्रणमा लिई जरिवाना तिराएर आगामी दिनमा यस्तो नगर्न सचेत गराएर छाडिएको छ । उनका अनुसार लापसे जाँच अभियान केही दिनभित्रै प्रदेशका आठ वटै जिल्लामा विस्तार गरिनेछ ।

यसरी गरिन्छ पिसाबको जाँच

नार्काेनन नामक संस्थाले ड्रग यूरिन टेस्ट किट प्रदेश २ प्रहरी कार्यालय बारा पथलैयालाई उपलब्ध गराएको थियो । यो किटको प्रयोग गरी लागुऔषध प्रयोग गरे-नगरेकोबारे जाँच गरिएको छ । जाँचका क्रममा सवारी चालकहरुलाई एउटा सानो डिब्बा दिँदै त्यसमा पिसाब भरेर ल्याउन भनिन्छ ।

ल्याइएको पिसाब किटमा राखेपछि लागुऔषध प्रयोग गरे-नगरेको थाहा हुन्छ । ‘यदि कसैले लागुऔषध प्रयोग गरेको छ भने तत्कालै त्यसले देखाउँछ,’ पालले भने, ‘कुन लागुऔषधको प्रयोग गरेको हो त्यो पनि देखाउँछ किटले ।’

दुर्घटनालाई न्यूनीकरण गर्नका लागि यो अभियानको प्रारम्भ गरिएको पालले बताए । उनकाअनुसार लापसे जाँच गर्ने किट उपलब्ध गराउन माथिल्लो निकायमा आग्रह गरिएको छ र आउनासाथ आठ वटै जिल्लामा जाँच सुरु हुनेछ ।

उनका अनुसार नार्काेननले सय वटा मात्रै किट उपलब्ध गराएको छ ।यो खबर आजको अनलाइन खबर पत्रीकामा छापिएको छ।

भर्खरै जन्मेका बच्चाका आँखामा क्यान्सर।

काठमाडौं : अस्पतालमा छोरी जन्मँदा रविन श्रेष्ठ रमाए। अँध्यारोमा उनले मोबाइलबाटै छोरीको तस्बिर खिचे। छोरीलाई घरमा लगेपछि उनले भिडियो पनि बनाए। छोरी दश दिनकी हुँदा उनको आँखामा सेतो ज्योति देखियो। उनी झस्किए। यसबारे जानकारी लिन गुगल सर्च गरे। उनी तिलगंगा आँखा अस्पताल पुगे। अस्पतालका कन्सल्टेण्ट अकुलोप्लाष्टिक सर्जन डा.बेन लिम्बु समक्ष पुगे। ‘आँखाको अल्ट्रासाउण्ड र सिटीस्क्यान गरेपछि बल्ल रोग पत्ता लाग्यो’, श्रेष्ठले भने।

दुवै आँखामा क्यान्सर (रेटिनोब्लास्टोमा) भएको पुष्टिपछि छोरीको उपचारका लागि भारत गए। नसाबाट औषधि (किमोथेरापी) दिइयो। ‘उपचारपछि अहिले छोरी स्वस्थ्य छिन्। एक कक्षामा पढ्दै छिन्’, श्रेष्ठले खुसी साटे।

आशिश जोशीकी छोरी पनि आँखाको क्यान्सरविरुद्ध जुध्दैछिन्। तीन महिना हुँदा आँखा रातो भयो। पानी आइरह्यो। उनी पनि तिलगंगा आँखा अस्पताल पुगे। अकुलर अंकोलोजिस्ट एवं अकुलोप्लाष्टिक सर्जन डा. पूर्णिमा राजकर्णीकार स्थापितले रेटिनोब्लास्टोमा भएको बताइन्।

दुई वर्षकी छोरीको उपचार गराइरहेका जोशीले भने, ‘छोरीको दृष्टि क्षमता फर्कने सक्ने चिकित्सकले बताएका छन्।’

विगतमा आँखा फालेर भए पनि जीवन बचाउनुलाई ठूलो मानिन्थ्यो। अहिले आँखा बचाउन सकिने मात्र होइन दृष्टि बचाउन सकिनेसम्मको अवस्था आइसकेको चिकित्सक बताउँछन्।

बालबालिकामा हुने आँखाको क्यान्सर नै रेटिनोब्लास्टोमा भएको चिकित्सकको भनाइ छ। अकुलोप्लाष्टिक सर्जन डा.स्थापितका अनुसार, करिब १५ हजार नवजात शिशुमध्ये एक जनामा यो रोग देखा पर्न सक्छ। नेपालमा कति बालबालिका रेटिनोब्लास्टोमाबाट पीडित छन् भन्ने बारे यकिन तथ्यांक छैन। पाँच वर्ष मुनिका बालबालिकालाई यो क्यान्सरले सताएको छ। तीमध्ये ९० प्रतिशत तीन वर्ष उमेर नपुग्दै देखा पर्छ। ‘उपचार नगर्दा ९९ प्रतिशतको मृत्यु हुन्छ’, डा.स्थापितले भनिन्।

आँखा रोग विशेषज्ञका अनुसार यो रोग वंशाणुगत पनि हुन सक्छ। यो क्यान्सर आँखाको भित्री भाग (रेटिना)बाट पलाउने र अन्ततः आँखाको पूर्ण भागमा फैलिएर अन्धोपन निम्त्याउन सक्छ।

कन्सल्टेन्ट अकुलोप्लाष्टिक सर्जन डा.वेन लिम्बुका अनुसार, उपचारमा सजगता नदेखाएको अवस्थामा शरीरको अन्य भागमा समेत फैलिएर ज्यान समेत जान सक्छ।

आँखाको नानीको कालो भागमा एक किसिमको अनौठो सेता ज्योति (सेतो टीका) देखिने, असामान्यरूपमा आँखा रातो हुने, आँखाको आकार ठूलो हुने, आँखाको डेढोपनाका रूपमा यो रोग देखा पर्दछ। रेटिनोब्लास्टोमा रोगबाट प्रभावित भएका बाबुआमाका सन्तानलाई रोग लाग्ने सम्भावना बढी हुन्छ। पाँच वर्ष मुनिका कुनै पनि बालबालिकामा यो रोग देखा पर्न सक्ने डा. लिम्बु बताउँछन्। यो रोगले बच्चाको एक वा दुवै आँखा प्रभावित पार्न सक्छ। तर धेरैजसो बालबालिकामा एउटा मात्र आँखामा असर गरेको पाइएको छ।

आँखा रोग विशेषज्ञद्वारा आँखामा पर्दाको जाँच गरी यो रोग पत्ता लगाउन सकिन्छ। रेटिनोब्लास्टोमा भए अब उपचारका लागि विदेसिनु पर्दैन। दुई वर्षदेखि तिलगंगा आँखा अस्पतालमा रेटिनोब्लास्टोमाको उपचार सेवा सुरु गरिएको छ। लेजर, क्रायोथेरापी, केमोथेरापी तथा रेडियोथेरापी विधिद्वारा यसको उपचार गरिन्छ। जटिल अवस्थमा पुगेका बिरामी निको पार्न कठिन हुन्छ। यस्ता बिरामीलाई शल्यक्रियाद्वारा आँखाको डल्लो नै निकाल्नु पर्ने डा.लिम्बुको भनाइ छ।

आँखाको डल्लो निकालेपछि प्लाष्टिकको कृत्रिम आँखा राखेर आँखाको सौन्दर्य कायम गर्न सकिन्छ।

अस्पतालकी अकुलोप्लाष्टिक सर्जन डा.स्थापितका अनुसार, गत वर्ष रेटिनोब्लास्टोमा भएका ४५ जना बालबालिका उपचारका लागि आएका थिए। तीमध्ये १० जना बालबालिकाको दुवै आँखामा रेटिनोब्लास्टोमा देखिएको थियो। ‘अट्ठाइस महिनाको बच्चा लिएर रेटिनोब्लास्टोमाको उपचारको लागि आउनु भएको छ’, डा. स्थापितले भनिन्।

उपचार गराएकामध्ये अधिकांश पाँचवर्ष मुनिका छन्। सिरहा, सर्लाही, बाँके, कैलाली, सुनसरी भोजपुर, गोरखा, जनकपुर, ताप्लेजुङलगायतका जिल्लामा जन्मेका बालबालिकामा रेटिनोब्लास्टोमा देखिएको थियो।

रेटिनोब्लास्टोमा बारे धेरैलाई जानकारी नै छैन। ‘अन्धविश्वास र पैसाको जोहो गर्न नसक्दा पनि पीडितको उपचारमा पहुँच पुग्न सकेको छैन’, उनले भने।

नेपाल अकुलोप्लाष्टिक सर्जन समाजका अध्यक्ष डा.वसन्तराज शर्मा आफ्नो स्वास्थ्य बारे बालबालिकालाई केही थाहा नहुने भएकोले अभिभावकनै सचेत हुनुपर्ने बताउँछन्। यो खबर आजको अन्नपूर्ण पोस्टमा लेखिएको छ।

टिनोब्लास्टोमा वंशाणुगत रोग

– १५ हजार नवजात शिशुमध्ये १ जनामा देखिने

– पाँच वर्ष मुनिका बालबालिकालाई सताउने

– उपचार नगर्दा ९९ प्रतिशत मृत्युको खतरा

– आँखाको नानीको कालो भागमा सेतो टीका देखिने

– यो रोगले दुवै आँखा प्रभावित पार्न सक्ने

– आँखाको पर्दा जाँच गरी रोग पत्ता लगाउन सकिने

के हो घातक रोग स्क्र्ब टाइफस अनि कसरी वच्न सकिन्छ त डाक्टर राजन लुइँटेलको बिचार।

स्क्रब टाइफस एउटा घातक सरुवा रोग हो । यो रोग रिकेटसिया सुसुगामुसी नामको किटाणुका कारण हुनेगर्छ । यो रोगको सुरुवात जापानबाट भएको थियो । सन् १९३० मा जापानमा मियाजिमा मिकिनोसुकेले पत्ता लगाएको यो रोकको सङ्क्रमण पछिल्लो समय नेपालमा पनि फैलँदै गएको छ । २०७२ सालको भूकम्पपछि यो रोगको सङ्क्रमण बढिरहेको छ ।

सुसुगामी नामको किटाणुका कारण सर्ने यो रोगका किटाणु चिगरमाइड्स भन्ने उपियाँ उडुस जस्ता साना किराले बोक्ने गर्छ । सो किराले टोकेपछि हाम्रो शरीरमा सार्ने गर्छ । खासगरी सुसुगामी किटाणु मुसामा हुने गर्छ ।

भूकम्पका कारण घरहरु भत्किँदा मुसाहरु यत्रतत्र छरिए । भूकम्पपछि नेपालमा यो रोगको प्रकोप बढ्नुको कारण मुसाहरु छरिनु पनि हो । मुसामा भएको त्यो किटाणुले मुसालाई असर गर्दैन तर चिगरमाइड्स भन्ने किराले मुसालाई टोकेको छ र त्यसले फेरि मान्छेको कुनै अङ्गमा टोक्यो भने त्यहाँ सानो खाल्डोजस्तो बन्छ । रोग सर्यो भने सुरुमा टाउको दुख्ने, घाँटी दुख्ने, आँखा दुख्ने  समस्या देखापर्छ । केही समयपछि धेरै ज्वरो आएर मानिसको शरीर र दिमाग लगायतका ठाउँमा असर गर्छ अनि मान्छेको मृत्यु हुन्छ ।

यसले मानिसको शरीरको कुनै अङ्गमा टोकेर बिमिरा आउँदैमा त्यसलाई स्क्रब भन्न सकिँदैन । कहिलेकाहीँ के हुन्छ भने पैतालमा टोक्यो भने त्यहाँ प्वाल देखिँदैन । त्यो कारणले चिकित्सकले स्क्रब हो कि भनेर उसको शरीर हेरेर थाहा नहुने तर जाँच गर्दा स्क्रब देखिने हुन्छ । पैतालामा टोक्यो भने बिमिरा, खटिरा पनि नदेखिन सक्छ ।

यो रोग सर्नुको मुख्य कारण किटाणु सङ्क्रमित मुसा र छुचुन्द्रा, सानो भुसुनाले टोक्नु हो । वर्षायाममा जङ्गल तथा जङ्गल फँडानी भएको ठाउँ, घासपात र झारपात भएको ठाउँ तथा नदी किनारामा यस्ता खालका भुसुना बढी पाइन्छन् । तिनले टोकेको ठाउँमा सानो घाउ आउने, घाँटी र गर्दनका भागमा ससाना बिमिरा आउने, बाथ सुनिने र धेरै ज्वोरो आउने लक्षण देखापर्छन् । मुसा वा भुसुनाले टोकेको दस बाह्र दिनपछि यो रोगको लक्षण देखापर्न थाल्छ ।

यस्ता हुन्छन् लक्षणहरु :

स्क्रब टाइफसको लक्षण टाइफाइडसँग मिल्दोजुल्दो नै हुन्छ । धेरै टाउको दुख्नु, एक्कासि ज्वरो आउनु, हल्का खोकी र आँखा रातो भई चिप्रा आउने, बाथ जिउ सुनिने, ढाड र कम्मर धेरै दुख्ने, टोकेको ठाउँमा सानो घाउ देखिने, केही समयपछि छाती तथा ढाडमा साना राता राता बिमिरा देखिने, डाक्टरले जाँचेर हेर्दा फियो, कलेजो सुनिएको पाइने, मुटुको माङ्सपेसी सुनिने, ब्लड प्रेसर घटेर जाने र अचेत हुने, नाडीको धड्कन बढ्ने र विषाक्त देखिएर अन्त्यमा मृत्युसम्म हुने यो रोगका लक्षण हुन् ।

यो रोग लाग्ने बित्तिकै घाउ बिमिरा नदेखिन पनि सक्छ । एक दुई हप्तापछि मात्र देखिन सक्छ या नदेखिन पनि सक्छ । यसैगरी कुनै भित्री भागमा घाउ हुन सक्छ । जुन घाउ नदुख्ने नपोल्ने पिप नआउने हुन्छ र पछि आफै खाटा बनी निको हुन्छ । कहिलेकाहीँ सुरुमै उपचार गरियो भने पनि देखिँदैन ।

यो रोगका कारण अन्य शारीरिक खतरा पनि हुन सक्छ । जस्तै मिर्गौला फेल हुने, मुटु फेल हुने, कडा निमोनिया हुने, मस्तिष्क ज्वोरो आउने, रगत जम्ने जस्ता समस्या देखिन सक्छ । रगत जाँचबाट यो रोग हो कि हैन भनेर थाहा पाउन सकिन्छ । सुरुमा डब्ल्यूबीसी घट्ने र केही समयपछि बढ्ने हुन सक्छ ।

उपचार कसरी गर्ने

सामान्य घरमा पानीपट्टी लगाउने, प्रशस्त झोलिलो गेडागुडी माछा मासु, चिल्लो कम राखेर फलफूल दिने, घरमा सिटामोल भए सिटामोल दिने ।

यदि बिरामीमा खतराको लक्षण देखिएको र साह्रै सिकिस्त देखिएमा आईसीयूममा राखेर कस्तो गम्भीर समस्या देखिएको छ, सोहीअनुसार उपचार गर्नुपर्छ ।

यो रोग पत्ता नलाग्दा बिरामीले मेरो लाखौँ खर्च भयो, आईसीयूमा राख्नुपर्यो भनेको सुनिन्छ । तर पहिलो अवस्थामै कुनै अस्पतालमा आएर स्क्रब टाइफस हो भन्ने निश्चित भयो भने २ सय रुपैयाँको औषधिले बिरामी निको बनाउन सकिन्छ ।

यो रोग बल्झियो भने मिर्गौला फेल हुने डर हुन्छ ।  पैसा धेरै खर्च हुनुका साथै बिरामीको ज्यानसम्म जाने हुन्छ । सही रोग पत्ता लागे दुई तीन सयको औषधिले निको हुन्छ । हाल यो स्क्रब टाइफसको जाँच अलि महँगो भएकाले अलि गाह्रो पनि छ ।

उपियाँ, उडुस जस्ता ससाना किराको प्रकोप गर्मी समयमा धेरै हुन्छ । वैशाख जेठदेखि असोजसम्म यस्ता किरा बढी सक्रिय हुन्छन् र यो समयमा स्क्रब टाइफस सर्ने जोखिम धेरै हुन्छ ।

यो रोगको उपचार पद्धति यही नै हो भनेर निश्चित छैन । अरू देशमा पनि उपचार विधि पत्ता नलागेर धेरै बिरामीको मृत्यु हुने गरेको छ । यसको लक्षण र टाइफाइडको धेरै लक्षणसँग मिल्न आउँछ । त्यसकारण धेरैजसो डाक्टरसावहरुले यो टाइफाइड हो कि भनेर टाइफाइडको औषधि दिएका हुन्छन् तर बिरामीलाई स्क्रब भएको हुन्छ । अचानक ज्वरो आएको छ र बिरामीको शरीरको अङ्गमा किराले टोकेर सानो बिमिराजस्तो खाल्टोजस्तो भएको छ भने यो रोगको आशङ्का गर्न सकिन्छ ।

पहिले स्क्रबको एन्टिबडीको जाँच नेपालमा खासै थिएन । अहिले भर्खर यसको टेस्ट सुरु भएको छ ।

सुरुमै यो रोग पत्ता लाग्यो भने अरू रोगको जस्तो दसौँ हजार रुपैयाँ खर्च गर्नुपर्दैन २ सय रुपैयाँ हाराहारीमै उपचार सम्भव छ । समयमै रोग पत्ता लाग्यो भने बिरामीलाई बचाउन सकिन्छ ।

यसरी गर्न सकिन्छ रोकथाम

स्क्रब टाइफस भएको क्षेत्रमा जाँदा सुरक्षित लुगा लगाउने र अग्रिम नै डोक्सिाइक्लाइन औषधि खाएर जानुपर्छ । यो रोगका कारण र लक्षणबारे जनचेतना फैलाउने, भुसुना नियन्त्रणका लागि आवश्यक विधि अपनाउने ।  यो रोग अन्य रोगहरु इन्डेमिक टाइफस, टाइफाइट फिभर, लेप्टोस्पाइरोसिस, डेङ्गु फिभर, भाइरल इन्फ्लुएन्जा जस्तै देखिने हुँदा बिरामी भएको ठाउँमा स्क्रब साइफस हुन सक्ने सम्भावनालाई पनि ध्यान दिएर जाँच गर्नुपर्ने हुन्छ ।

सानो सुलसुले जस्तो किरा जुन आँखाले देखिँदैन । खुट्टाबाट छिरेर शरीरको जुनसुकै भागमा पनि टोकिदिन सक्छ । एउटै राम्रो उपाय भनेको जुत्ता र चप्पल अनिर्वाय लगाउनुपर्छ ।  मुसा धेरै भएको ठाउँमा मुसाले नटोके पनि मुसामा भएको किटाणु भुइँमा झर्ने भएकाले खुट्टाबाट माथि शरीरमा जान नपाओस् भनेर चप्पल वा जुत्ता अनिवार्य लगाउनुपर्छ ।

पहिले कुनै कुनै देशमा मुसा मार्ने कि भन्ने कुरा पनि आएको थियो । तर अहिले मुसा नमार्न भनिएको छ । मुसा मा¥यो भने भुइँमा झन् धेरै किटाणु छरिन सक्छ । बरु मुसामै किटाणु घुमिरह्यो भने भुइँमा धेरै नछरिन सक्छ । कि त मुसा बढ्न नै दिनु भएन, निर्मूल नै पार्ने विधि अपनाउनुपर्यो ।

अहिले नेपालमा यसको लगभग महामारी जस्तै देखिन्छ । हामीले धेरै ठाउँका बिरामीको अनुभव सुन्दाखेरी विराटनगर, मोरङमा पनि लामो समयसम्म ज्वरो आएपछि टाइफाइड भनेर उपचार गरेको तर पछि स्क्रब भन्ने थाहा लागेको भन्ने कुरा आएको थियो । अन्य ठाउँबाट पनि यस्तो अनुभव आएको छ ।

सहरमा बस्नेहरुले जुत्ता लगाएका हुन्छन्, मुसा कम हुन्छ । त्यस्तो ठाउँमा कम हुन्छ भने गाउँघरमा खालीखुट्टा घाँस सेउला गर्ने चलन हुन्छ, त्यस्ता ठाउँमा बढी प्रकोप हुन्छ । ज्वरो आएपछि बिरामी कुन कस्तो ठाउँबाट आएको हो चिकित्सकले पनि र बिरामीले पनि बुझ्नुपर्ने हुन्छ ।

स्क्रब भएपछि ज्वरो यसरी आउँन थाल्छ कि त्यो थामेर थामी नसक्नु हुन्छ । कम्तीमा पनि एक सय पाँचदेखि एक सय सातसम्म ज्वरो आउँछ । ज्वरो घटाउने औषधि खुवाउँदा पनि एक छिन घटेको जस्तो हुन्छ र फेरि त्योभन्दा बढी ज्वरो बढेर जान्छ ।

टाइफाइडको सही औषधि नपर्दा पनि ज्वरोको औषधिले सात आठ घण्टा काम दिन्छ । तर बिरामीले कसरी बुझ्नुपर्छ भन्दा ज्वरोको औषधि खाँदा पनि ज्वरो घटेन भने स्क्रब टाइफसको शङ्का गर्नुपर्ने हुन्छ । यसको परीक्षण टेकु अस्पतालमा हुने गरेको छ भने कुनै कुनै निजी अस्पतालले पनि परीक्षण सुरु गरेका छन् । 

#जनचेतनाको लागि रातोपाटीबाट साभार।

: १० फाल्गुन २०७५, शुक्रबार ०७:१९ कुनै पनि अंगमा क्यान्सर हुन सक्छ


डा. सुदीप श्रेष्ठ, क्यान्सर विशेषज्ञ, नेपाल क्यान्सर अस्पताल, हरिसिद्धि ललितपुर

नेपाली समाजमा क्यान्सर भन्नेबित्तिकै डराउने मनोविज्ञान छ । क्यान्सर सम्बन्धी सामाजिक भ्रमले आम मानिसबीच यो प्राणघातक रोगको रूपमा परिचित छ । तर लामो समयदेखि क्यान्सर रोगको उपचार र अध्ययनमा संंलग्न डा. सुदीप श्रेष्ठ क्यान्सरलाई पनि अन्य दीर्घ रोगजस्तै लिनुपर्ने बताउँछन् । ललितपुर हरिसिद्धिमा रहेको नेपाल क्यान्सर अस्पतालका संस्थापक कार्यकारी अध्यक्ष समेत रहेका क्यान्सर रोग विशेषज्ञ एवं मेडिकल अन्कोलोजिस्ट डा. श्रेष्ठले नेपाल र भारतको विश्वविद्यालयमा उच्च शिक्षा अध्ययन गरेका छन् । प्रस्तुत छ– क्यान्सर रोग, यसका कारण, लक्षण, उपचार र समसामयिक प्ररिप्रेक्ष्यबारे उनीसँग गरेको कुराकानिको सार :

आम मानिसले बुझ्ने क्यान्सर र वास्तविक क्यान्सरमा के फरक छ ? 
जनमानसमा क्यान्सर सम्बन्धी ठूलो भ्रम छ । क्यान्सरलाई उनीहरू मृत्युको अर्को नामको रूपमा लिन्छन् । तर वास्तविकता यस्तो होइन । यो पनि अन्य दीर्घ रोगजस्तै हो । समयमै औषधि उपचार गर्नेे हो भने क्यान्सर निको हुने सम्भावना ५० प्रतिशतभन्दा बढी हुन्छ । कसैको अन्तिम चरणमा क्यान्सर रहेको पत्ता लाग्यो भने पनि उसलाई उपचारबाट लामो समयसम्म सजिलो गराएर राख्न सकिन्छ ।

वैज्ञानिक रूपमा भन्नुपर्दा हाम्रो शरीर करोडौं सूक्ष्म कोषले बनेको हुन्छ । जब तीमध्ये केही कोष बिग्रिन्छन्, तिनले आफ्नो काम गर्न छाड्छन् र अप्राकृतिक तरीकाले बढ्न थाल्छन् । त्यसरी बढ्दै गएपछि सम्बन्धित अंगमा घाउ बन्छ, जसको उपचार गरिएन भने त्यसले राम्ररी काम गर्न सक्दैन र क्यान्सरका लक्षण देखिन थाल्छन् ।

नेपालमा बढी देखिएका क्यान्सर के के हुन् ?
नेपालमा क्यान्सर फोक्सोको क्यान्सर बढी मात्रामा हुने गरेको छ । यो संसारभर सबैभन्दा धेरै देखिने क्यान्सरमा पनि पर्छ । यसपछि महिलामा हुने पाठेघरको मुखको क्यान्सर पनि नेपालमा धेरै छ । यससँगै स्तन क्यान्सर पनि महिलामा बढी देखिएको पाइन्छ । नाक, कान, घाँटी र ठूलो आन्द्राको क्यान्सर समेत दक्षिण एशियामा बढी नै देखिएको छ । यसबाहेक शरीरको कुनै पनि अंगमा क्यान्सर हुने सम्भावना उत्तिकै रहन्छ ।

क्यान्सरको उपचारमा प्रयोग गरिने प्रविधि के कस्तो छ ?
पछिल्लो दशकमा यसको उपचारमा धेरै प्रविधि भित्रिसकेका छन् । क्यान्सरको उपचार एउटा डाक्टर वा विशेषज्ञले मात्र गर्ने होइन । यसको उपचारमा उनीहरूको एउटा टिम नै लाग्नुपर्ने हुन्छ । अहिले हामीले सबै क्यान्सरको उपचार एउटै छानामुनि बनाउने प्रयास गरेका छौं । थेरापीका लागि पनि नयाँ नयाँ प्रवधि छन् । क्यान्सरको उपचार विधिमा शल्यक्रिया, रेडियो थेरापी, केमोथेरापी, इम्युनोथेरापी, फिजियोथेरापी आदि प्रमुख विधि हुन् । वैज्ञानिक आविष्कारको तीव्रताले भोलिका दिनमा अझ प्रभावकारी प्रविधि आउने निश्चित छ ।

प्रदूषणले पनि क्यान्सर गराउँछ ?
आजभोलि क्यान्सर बढ्नुमा वातावरण प्रदूषण पनि प्रमुख कारक तत्त्व बनेको छ । इँटा–टायल कारखानाबाट निस्कने धूलो र गाडीको धूँवाले पनि स्वास्थ्यमा नराम्रो असर गर्छ, जसले क्यान्सर गराउन सक्छ । सरकारले प्रदूषण घटाउने नियम त ल्याएको छ, तर यसलाई कडाइ नगरिएकाले प्रदूषण भयावह बनेको छ । यसको प्रत्यक्ष मारमा मोटरसाइकल तथा साइकल चालक र पैदल यात्रु परेका छन् । त्यसैले प्रदूषणबाट फोक्सोको क्यान्सर हुन्छ । छालाको क्यान्सर विषादीयुक्त रसायनको कारण हुन्छ । यसको नियन्त्रणका लागि हामीले समुदाय स्तरमा जनचेतना जगाउने काम गर्दै आएका छौं । प्रदूषण कम गर्न सबै जिम्मेवार हुनुपर्छ ।

क्यान्सर लाग्ने प्रमुख कारण के के हुन् ?
सामान्य अवस्थामा काम गरिरहेका कोषमा केही परिवर्तन आउँछ र ती बढ्न थाल्छन् । अनि क्यान्सर हुन्छ । ती कोषमा आउने त्यो डरलाग्दो परिवर्तनका कारण विभिन्न छन् । हामीलाई थाहा भएका कारणमध्ये मुख्य कारण चुरोट, खैनीजस्ता सूर्तीजन्य पदार्थ पनि हो । क्यान्सरका अन्य कारणमा जंकफुड, विषाक्त खानेकुरा, कीटनाशक छरेर उत्पादित तरकारी तथा फलफूलको सेवन, वंशाणुगत कारण र प्रदूषण हुन् । केही क्यान्सरको वास्तविक कारण अहिलेसम्म पत्ता लागेको छैन ।

क्यान्सरका लक्षण के के हुन् ?
क्यान्सरका लक्षण कुन अंगको क्यान्सर हो, त्यसै अनुसार फरक हुन्छन् । यस्ता खालका लक्षण १ महीनाभन्दा लामो समयसम्म भए डाक्टरलाई देखाउनुपर्छ । मुख्यमुख्य लक्षणमा शरीर कमजोर हुने, तौल घट्ने, कुनै पनि अंगमा गिर्खा गाँठा आउने, छालामा नयाँ कोठी पलाउने वा भएका कोठी ठूलो हुँदै जाने हो । यसबाहेक मुखमा र जिब्रोमा लामो समयदेखि घाउ हुनु, खाना निल्दा दुख्नु तथा स्वर फेरिनु, श्वास फेर्न गाह्रो हुनु, खोकी लाग्नु वा खकारमा रगत देखा पर्नु, लामो समयदेखि ग्यास्टिक, पेट पोल्नु वा उल्टी हुनु, कारण पत्ता नलागेको ज्वरो आइरहनु र दिसामा रगत देखिनु पनि क्यान्सरकै लक्षण हुन् ।

तर यसको पूर्ण परीक्षण नगरी यही नै क्यान्सर हो भन्न सकिन्न ।

क्यान्सर लाग्नै नदिन के गर्ने त ?
मुख्य कुरा त आफ्नो आहार विहारमा ध्यान पुर्‍याउनु नै हो । यस्तै सुर्तीजन्य पदार्थ, जाँडरक्सी, पान, गुट्खा र सुपारी धेरै खाने गर्नु हुँदैन । खानपिन र बानी व्यवहारमा सुधार गर्ने तथा अविवाहित महिलाले ह्युमन प्यापिलोमा भाइरसको भ्याक्सिन लगाउने गर्नुपर्छ । स्वास्थ्यमा सामान्य समस्या भए पनि लामो समयसम्म रहिरहे डाक्टरसँग तुरुन्त जाँच गराउनुपर्छ । यस्तो बानीले क्यान्सरबाट धेरै हदसम्म बच्न सकिन्छ ।

कतिपय नेपाली क्यान्सरको उपचारका लागि विदेश जाने गर्छन् । यहा“को उपचार स्तरीय नभएर हो वा किन ? 
क्यान्सरको स्तरीय उपचार नेपालमै सम्भव छ । क्यान्सरको उपचारका नाममा ठूलो रकम विदेश गइरहेको छ, जब कि नेपालमै क्यान्सरको विशेषज्ञ उपचार सेवा उपलब्ध छ । नेपालमै उपचार गराएर निको भएका जति पनि जानुहुन्छ, उहाँहरू ‘मैले नेपालमै उपचार गरेर निको भएँ’ भन्नुहुन्न । त्यस कारण पनि क्यान्सरको स्तरीय उपचार यहीँ सम्भव छ भनेर धेरैले विश्वास नै गर्दैनन् । हाम्रो सामाजिक मनोविज्ञान नै कमजोर भएकाले यसो भएको हो । विदेशमा मात्र राम्रो उपचार सुविधा हुन्छ भन्ने भ्रम पालेर हुँदैन । मनोबल उच्च पारेर उपचार गराउन आए स्वदेशमा सस्तोमै उपचार हुन्छ । यसबाट आफू र परिवारलाई सहज पनि हुन्छ ।

#जानकारीको_लागी ।

डेड महिना भित्रमा नर्सहरुको न्यूनतम पारिश्रमिक प्रत्याभूत गर्ने मन्त्री विष्टको प्रतिबद्धता श्रम अडिट कार्यान्वयनमा ल्याइने

काठमाडौं– स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा कार्यरत नर्सहरुको न्यूनतम पारिश्रमिक प्रत्याभूत गर्ने गरी डेड महिना भित्रमा श्रम अडिट कार्यान्वयनमा ल्याइने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले प्रतिवद्धता जनाएका छन्।

अन्तराष्ट्रिय नर्सिङ दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री विष्टले सो प्रतिवद्धता व्यक्त गरेका हुन्।

कानुनमा व्यबस्था  भए मुताविक सम्पूर्ण अस्पताल वा क्लिकमा कार्यरत नर्सहरुले न्यूनतम पारिश्रमिक पाएको वा नपाएको निरीक्षण गरी न्यूनतम पारिश्रमिक र सेवा सुविधा उपलब्ध गराउन आनाकानी गर्ने स्वास्थ्य संस्थाहरुलाई कारबाहीको दायरामा ल्याउने बताए।

उनले भने, ‘श्रमिकहरुलाई कम पारिश्रमिक र सेवा सुविधा उपलब्ध गराउने तर बढी पारिश्रमिक लिएको कागजातमा हस्ताक्षर गर्न लगाएर देखाउने क्रम बढ्दै गइरहेको छ । यस्तो समस्या हुन नदिन रोजगार दाताहरुले सम्पूर्ण श्रमिकहरुको पारिश्रमिक बैंक खातामार्फत भुक्तानी गर्नुपर्ने व्यबस्था अनिवार्य गर्नेछौँ।’

लाखौं रकम खर्च गरेर नर्सिङ्ग पेशामा आबद्ध श्रमिकहरु ५ हजारमा काम गर्न बाध्य रहेको भन्दै नर्सहरुको सम्मान गरी मुस्कान सहितको सेवा सुविधा उपलब्ध गराउन सक्ने उपयुक्त वातावरण तय गरिने जनाए। यो खबर आजको स्वास्थ्य खबर पत्रीकामा छापिएको छ।

अब आउने जेठ दोस्रो साताबाट टिचिङ अस्पतालले कलेजो प्रत्यारोपण सेवा सुरु गर्ने

काडमाडौं ।शिक्षण अस्पताल महाराजगन्जले जेठ दोस्रो साताबाट कलेजो प्रत्यारोपण सुरु गर्ने भएको छ। काठमाडौंनिवासी एक ५० वर्षीय व्यक्तिलाई ३० वर्षीया छोरीले कलेजो दान गर्न लागेकी हुन्।

चिकित्सकको लामो परामर्शपछि बाबुछोरी कलेजो प्रत्यारोपणका लागि तयार भएका हुन् ।

अस्पतालले डा रमेशसिंह भण्डारीको नेतृत्वमा यो सेवा सञ्चालन गर्न लागेको हो । प्रत्यारोपणका लागि भारतको अपोलो अस्पतालको विशेषज्ञ टोली पनि आउनेछ। यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

बढ्ने भयो कर्मचारीको तलब २५% सम्म।

काठमाडौं : आगामी आर्थिक वर्ष २०७६७७ का लागि सार्वजनिक हुने नयाँ बजेटमा कर्मचारीको तलब १५ देखि २५ प्रतिशतसम्म बढ्ने भएको छ।

आगामी आविको बजेटमा निजामती कर्मचारीको मासिक तलब हाल खाइपाइ आएको भन्दा करिब १५ देखि २५ प्रतिशतसम्म बढाइने तयारी थालिएको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको समाचार राजधानी दैनिकमा छ। अर्थ मन्त्रालयका अनुसार आगामी बजेटमा सामाजिक सुरक्षा भत्ता र कर्मचारीको तलब वृद्धि गर्नुपर्ने अत्यधिक दबाब छ।

मुख्य सचिवको संयोजकत्वमा रहने तलब पुनरावलोक समितिले पनि कर्मचारीको तलब वृद्धिको सिफारिस गर्ने भएको छ।

नर्सिङ पेसाको अँध्यारो पाटो

नर्सिङ

आफ्नो बच्चालाई बोतलको दूधका भरमा छोडेर अरुलाई पूर्ण स्तनपान सिकाउनुपर्ने नर्सका बाध्यता

छवि बस्नेत

बहिरबाट सरसरर्ती हेर्दा जतिको सहज देखिन्छ, त्यतिकै जटिल छ नर्सिङ पेसा। 

यस पेसासँग आबद्धहरूले सुरुमा निकै कठोर मिहिनेत र त्याग गरेका हुन्छन्। 

सर्वप्रथम त एउटा सफल नर्स बन्नका लागि धेरै त्याग तथा तपस्या चाहिन्छ भन्ने कुरा बुझ्न जरुरी छ। लाखौँ पैसा खर्च गरी अध्ययन पूरा गरेपछि लाइसेन्स लिनुपर्छ। तर, लाइसेन्स प्राप्त गरेका नर्सहरु बेरोजगारीको समस्याले त्रसित नभएका पनि होइनन्।  

सन् २०१९ सम्मको तथ्यांकलाई हेर्दा ८५ हजार ८ सय ८४ नर्सहरु नेपाल नर्सिङ कउन्सिलमा दर्ता भएका छन्। जसमध्ये ८ सय ४२ जना त विदेशीको संख्या छ।

मान्छे एक, रुप अनेक भनेझैं नर्स कसैकी छोरी, बुहारी, श्रीमती तथा कसैको प्राणप्रिय आमा हुन सक्छे। उनले विभिन्न भूमिकामा  आफूलाई प्रस्तुत गर्नुपर्ने हुन्छ। त्यसमाथि दैनिक ड्युटी त छँदैछ।

एउटी सुत्केरी जब सानो बच्चालाई घरमा बोतलको दूधको भरमा छोडेर जागिरमा हिँड्छिन्। खोइ त्यो बच्चाको लागि पूर्ण स्तनपानको अधिकार? खोइ आमाको न्यानो काख?

नर्सको मुहारमा मात्रै खुसी हैन मनैदेखि खुसीको बीज रोपिनुपर्ने होइन र?

दिनरात भोकतिर्खा, निद्रा, चाडपर्व केही नभनी ड्युटीमा खटिनुको पीडा बेग्लै छ। यसमाथि नियम अनुसार पाउनुपर्ने पारिश्रमिक र आत्मसम्मान समेत नहुँदा कस्तो हुँदो हो, त्यो नर्सलाई मात्र थाहा हुन्छ।  

दिनरात सेवा गरी ‘लेडी विथ द ल्याम्प’को उपाधि पाएकी नर्स कुनै देवीको रुपभन्दा पनि कम छैन। 

नर्सहरुसँग  सम्बन्धित थुप्रै मुद्दा छन्। तिनीहरुलाई समुचित ढंगबाट पार लगाई व्यवहारमा ल्याउनु ठुलो कुरा हो। 

मौखिक रुपमा चर्को भाषण गरी विभिन्न आश्वासन देखाई आँखामा छारो राख्नु भनेको भ्रमको खेती गर्नु सिवाय केही होइन। तसर्थ यो वर्षको नर्सिङ दिवस सँगसगै नर्सिङ मुद्दा, माग तथा विभिन्न समस्याको व्यवस्थापन बुद्धिमत्तापूर्ण तवरले सम्पन्न होस्।  नर्सिङ पेसामाथि भएको राजनीतिक हाबीको अन्त्य हुनुपर्छ। नर्सिङ पेसालाई सम्मान गरी उनीहरुलाई सेवाप्रति आकर्षित गराइराख्नुपर्छ। नर्स अस्पतालको बलियो खम्बा मेरुदण्ड नै हुन्। के नर्स बिनाको अस्पताल कसैले कल्पना गर्न सक्ला?

तसर्थ नर्सिङ पेसामा आलोचना गर्नुअघि समस्याको जड पत्ता लगाउनु  जरुरी छ। नर्सको मुहारमा मात्रै खुसी हैन मनैदेखि खुसीको बीज रोपिनुपर्ने होइन र?

त्यसैले नर्सिङ पेसाका सबै समस्या हल भई उनीहरुबीच एकता आवश्यक छ। 

नर्सहरुलाई साथ दिऔं, सम्मान र प्रोत्साहन दिऔं।

 (स्टाफ नर्स, लमही अस्पताल, दाङ)

सिमित समूहको स्वार्थ पुरा गर्न ल्याइएको यस्तो सम्रचनाले समग्र स्वास्थ्य अवस्था काहा पुर्याउला सोच्नै पर्ने बिषय बनेको छ।

निति बनाउने र ऐन नियम बनाउनेहरुले स्वास्थ्यको संबेदनसिलता बुझ्नु जरुरी छ। कसैलाइ हानी नपुर्याउने अझ आफ्नो क्षमता ले भ्याएसम्म जुनसुकै परिस्थितीमा बिरामीको उपचार गर्ने,निको पार्ने र रोकथाम गर्ने Hippocratic Oath लिएका मानिस हरु हौ हामी स्वास्थ्यकर्मी हरु। कर्मचारी समायोजन सकिएको हालको सन्दर्भमा हामिले बनाएको निति ( Organogram) कत्तिको बैज्ञानिक भयो र यसले भविस्यमा कस्तो परिणाम ल्याउछ त्यो समय ले बताउला।

समग्रमा भन्नुपर्दा स्वास्थ्य मन्त्रालय हाम्रो Apex Center हो जसले समग्र देशको स्वास्थ अवस्था कस्तो र कहा पुर्याउने भन्ने मार्गनिर्देश गर्छ र आवस्यक निति बनाउछ। हाम्रो चित दुखाइ कहा हो, भने २०७५/०९/०९ मा एक प्रकार को Organogram ल्याइयो र हामिलाइ समायोजनमा भाग लिन लगाइयो त्यसपछी सिमित स्वार्थको घेरा भित्र रहेर पुन तोड्मोड गरि २०७५/०९/२९ मा अर्को Organogram बनाएर कपट पुर्ण तरिकाले झुक्याइएको छ/ त्यसको क्षतिपुर्ती कहा बाट, कसरी लिने ? म प्रश्न गर्न चाहन्छु। सिमित समूहको स्वार्थ पुरा गर्न ल्याइएको यस्तो सम्रचनाले समग्र स्वास्थ्य अवस्था काहा पुर्याउला सोच्नै पर्ने बिषय बनेको छ।

एकातर्फ पुरानो स्तरवृद्धि लाई बढुवा जस्तो बनाएर बिना योग्यता जिम्मेवारी दिने र अर्को तर्फ स्तरबृद्धी लाई खारेज गर्ने गरि संघीय निजामती ऐन बनाउने कुराले कत्तिको न्याय गर्ला? बुझ्नुपर्ने बिषय बनेको छ। कोहि कर्मचारीलाई आफ्नो जागिर गर्ने अबधीभर अवसर दिइरहने र उपल्लो योग्यता भएको बरिष्ठ कर्मचारीलाई सधै सहायक स्तर मै राखेर कनिष्ठ बनाउने नियोजित खेलको पर्दाफास कहिले हुने ? त्यसको हिसाब किताब कहिले हुन्छ ? म सोध्न चाहन्छु। देश बिकेन्द्रीकरण र संघीयतामा गइसकेपछी केहि नयापन र फरकपन हुनुपर्छ अझ स्वास्थ सेवामा त यो एउटा सुनौलो अवसर नै हो / तथापी पनि यसले सोचेजस्तो र चाहेजस्तो नतिजा दिएजस्तो लाग्दैन। गुणस्तरीय स्वास्थ्य जनशक्तिको आवस्यक ब्यबस्थापनमा अझै पनि हाम्रो मन्त्रालय किन चुकेको हो, उत्तर खोज्ने बेला भएको छ।

प्रत्यक्ष जनसरोकार संग जोडिएको बिषयमा निति बनाउदा कालान्तर सम्मको परिणाम लाइ आन्कलन गर्नुपर्ने हो, यो किन हुन सकेन? के यस्तो सतही निर्णयले भोलीको स्वास्थ्य प्रणालीमा उल्लेख्य सुधार ल्याउन सक्ला? यि र एस्ता थुप्रै प्रश्नहरु तेर्सिसकेका छन।

नसर्ने र दिर्घ रोगको बृद्धी, गुणस्तरिय स्वास्थ्य जनशक्तिको समय सापेक्ष र युग सुहाउदो ब्यबस्थापन, स्वास्थ्य क्षेत्रमा घट्दो बजेट, नया र emerging रोगहरु, प्राकृतिक प्रकोप र महामारि, स्थानिय सरकार र जनप्रतिनिधीको स्वास्थ्यमा कम चासो वा ठुलो ठुलो अस्पताल बनाएर मात्र स्वास्थ्य सेवा दिन सकिन्छ भन्ने भ्रम, स्वास्थ्यमा गरिएको खर्च लगानी हो भनेर बुझ्न नसक्नु, अत्याबश्यकिय र emergency सेवाको बिस्तार र पहुच नहुनु, निति निर्माण र कार्यक्रम Evidence Based बन्न नसक्नु, खोज र अनुसन्धानमा कम प्राथमिकता दिइनु, दिगो बिकास लक्ष्य प्राप्ती लगाएत बिबिध चुनौतीहरु स्वास्थ्य क्षेत्रमा थप भइसकेका छन।

यि जटिल चुनौतीहरु बिच बाट अबको स्वास्थ्य क्षेत्रको बाटो तय हुनुपर्छ त्यसका लागी पनि Quality Health Manpower कै जरुरी हुन्छ। आशा गरौ अमुक मान्छेको फाइदाका लागी मात्र निति बन्ने छैन, एति सम्बेदन्शिल क्षेत्रमा राजनिती हुने छैन र चाडै बुद्धी फिर्ने छ…..!

लेखक : झम प्रसाद आचार्य, नमो बुद्द नगरपालिका, काभ्रेमा हे.अ पदमा कार्यरत हुनुहुन्छ