- अनुहारको पक्षाघात
- Over 70 pc mothers don’t breastfeed babies
- Rural Health Services
- HIV Couples Seek Love And Marriage
- आकस्मिक स्वास्थ्य हेरचाह
- Nursing: No Longer A Dirty Job
- मानसिक स्वास्थ्यबिनाको स्वास्थ्य
- महिला स्वास्थ्यः प्रकृति दोषी !
- जीर्ण भवनमा उपचार
- Nutri-talk: Child nutrition
- ओठको सुरक्षा
- Milk and meat okay for sinusitis patients
Articles

Poll

Sponsor

Home »Interviews
जवानीको प्रेम: रंगीन कागजमा बेरिएको आकर्षक वस्तु हो
भ्यालेन्टाइन डे आएको छ, कस्तो लागिरहेको छ ?
साधारण खानेकुरा पनि आकर्षक थालमा पस्कियो भने भोक जागेर आउँछ । प्रेम जस्तो आकर्षक कुरालाई रंगीन बनाएर प्रस्तुत गरिने भएकाले पनि भ्यालेन्टाइन डे सबैको आकर्षणमा परेको छ । अहिलेका युवाहरूलाई प्रेमका लागि आतुर देख्दा म आफ्नो जवानी सम्झदैछु ।
प्रेम हुन जवानी नै सम्झनुपर्छ र ?
उमेर ढल्कँदै जाँदा प्रेम अझ बढी आवश्यक हुन्छ । यद्यपि प्रेमको कुरा गर्दा जवानी अघिल्तिर आइहाल्छ । किनभने जवानीको प्रेम रंगीन कागजमा बेरिएको आकर्षक वस्तु हो ।
अहिलेका युवाहरूको प्रेम पहिलेभन्दा आकर्षक भएको हो ? किनभने त्यसबेला भ्यालेन्टाइनजस्ता आकर्षक पर्व थिएनन् ?
आजको भ्यालेन्टाइन हिजोको रोधी, दोहोरी तथा गाउँघरमा मनाइने चाडपर्वकै आकर्षक रूप हो । युवालाई प्रेमको बहाना चाहिन्छ । हिजो रोधी वा दोहोरी आकर्षक बहाना थिए । दोहोरीमा हराउनु र प्रेम गर्न पाउनु समाज स्वीकृत क्रियाकलाप थिए । आज यो भ्यालेन्टाइनका रूपमा परिवर्तन भएको छ । मेरो विचारमा प्रेम हिजो पनि आकर्षक थियो, आज पनि आकर्षक छ । समय परिवर्तन हुँदै जाँदा मानिस र समाजका व्यवहार पनि परिवर्तन हुँदै जान्छन् । मानिसले परिवर्तन खोजिरहन्छ । यही कारणले भ्यालेन्टाइन डे लोकपि्रय हुँदै गएको हो । आर्थिक क्रियाकलापका कारण भ्यालेन्टाइन रोधी वा दोहोरीभन्दी रंगीन बनेको छ ।
चर्चित मनोचिकित्सक एवं प्रवुद्ध नागरिकको आँखाबाट हेर्दा आजको प्रेम कस्तो देख्नुहुन्छ ?
आज प्रेम हुने वस्तु होइन, गरिने वस्तु भएको छ । 'प्रेम आफैं हुन्छ' भन्ने मान्यता परिवर्तन भएर प्रेम गरिने वस्तुमा परिवर्तन भएको छ । हुर्कंदो युवाका लागि गर्लप|mेन्ड वा ब्वाइप|mेन्ड प्रेस्टिजको कुरा भएको छ । यदि तिमीसँग प्रेमी छैन भने तिमी अयोग्य छौ । फलस्वरूप प्रेम हुनुअघि नै प्रेम गर्न थालिन्छ । जव प्रेम 'गरिने बस्तु' बन्छ, तब त्यो कमजोर हुन्छ ।
तैपनि प्रेमको रूप त उही नै छ, होइन र ?
हिजोको प्रेम आजभन्दा केही गम्भीर हो कि भन्ने लाग्छ । त्यसबेला प्रेममा सेक्स अनिवार्य मानिदैनथ्यो । अहिले प्रेममा सेक्स अनिवार्यजस्तै भएको छ । अझ स्पष्ट भन्ने हो भने सेक्सका लागि प्रेम गरिन्छ । प्रेम र सेक्सबीच भिन्नता महसुस हुन छाडेको छ । हिजोको प्रेममा सेक्स यति अपरिहार्य थिएन ।
युगल जोडीबीच सेक्स सामान्य हो भन्नेहरूलाई के भन्नुहुन्छ ?
यो सबै वातावरणले बिगारेको हो । सिनेमा, पत्रपत्रिका, वातावरण सबैले सेक्स र यौनलाई जोडिदिए । समाजले जुन फड्को मारेको छ, त्यो फड्कोसँगै मानिसको धारणामा पनि परिवर्तन आएको छ । आज युगल जोडी रेस्टुराँ, लङ ड्राइभिङ अनि सिनेमा हेर्न जान्छन् । त्यसले सेक्सको भावना विकसित गर्छ । त्यसबेला प्रेमको भावना फक्रनै पाएको हुँदैन ।
भ्यालेन्टाइन डेमा सबैको चाहना एकै किसिमको हुँदै गएको छ, यसलाई प्रेम नभनेर के भन्ने त ?
हेर्नुहोस्, भीडमा मानिसले आफ्नो वैयक्तिकता हराउँछ र भिडसँगै बग्न थाल्छ । उसलाई भीडले जे गर्यो, त्यही सही लाग्न थाल्छ । तपाईंले नेताहरू भीड देखेपछि जोसिएर नचाहिने कुरा पनि बोलेको सुन्नु भएको होला । किन ? किनभने त्यसबेला उनीहरूले आफू के हुँ र मैले के बोल्नुपर्छ भन्ने बिर्सन्छन् । भ्यालेन्टाइन डे पनि त्यस्तै हो । यो रंगीन वातावरणमा सबै युवाले आफ्नो व्यक्तिगत भावना बिर्सन्छन् । त्यसबेला अरुको जस्तै प्रेमी वा प्रेमीका हुनु अनिवार्य मान्न थाल्छन् । त्यसपछि अरू कार्ड किन्न गए, आफू पनि कार्ड किन्न जाने, अरु रेष्टुराँ जान थालेभने आफू पनि त्यतै बग्ने, अरु भावुक भएको देख्दा आफू पनि भावुक बन्ने काम हुन थाल्छ । यसलाई मास साइकोलोजी भनिन्छ ।
कुनै युवतीलाई युवकले प्रेम प्रस्ताव राख्यो वा आफूले चाहेको व्यक्तिले प्रेम स्वीकार गर्यो भने मानिस खुसी हुन्छ, यसको कारण के होला ?
मानिस प्रेम चाहन्छ, यो शाश्वत कुरा हो । जव कुनै युवतीलाई युवकले प्रेमप्रस्ताव राख्यो वा आफूले चाहेको व्यक्ति प्राप्त भयो भने मस्तिष्कमा 'डोपामिन' नामक ग्रन्थि सक्रिय हुन्छ । यो ग्रन्थि सक्रिय हुँदा मानिसले आनन्द महसुस गर्छ । मानिस खुसी हुनुको अर्थ हो— उसमा रहेको डोपामिन सक्रिय हुनु । यो ग्रन्थि मस्तिष्कका निश्चित प्लेजर प्वाइन्टमा सक्रिय हुन्छ । हरेक मानिस त्यही खुसी चाहन्छ, जुनबेला उसमा डोपामीन सक्रिय हुँदा सञ्चार हुन्छ ।
मानिस प्रेममा पागल भएको उदाहरण पनि छ । एउटा व्यक्तिले पागलपनको हदसम्म किन प्रेम गर्छ ?
किनभने उसले प्रेम गरेको व्यक्ति वा वस्तुलाई निर्विकल्प मानेको हुन्छ । त्यसबाहेक उसले जीवनमा अरु कोही छन् वा हुन सक्छन् भन्ने कल्पना पनि गरेको हुँदैन । जति जति व्यक्ति त्यो व्यक्ति वा वस्तुप्रति निर्भरता बढाउँदै जान्छ, उ पागलपनको हदसम्म पुग्छ ।
प्रेमलाई कतिपयले रोगको संज्ञा दिन्छन् । के प्रेमलाई रोगको उपमा दिन सकिन्छ ?
प्रेममा पर्नु एक किसिमको भावनात्मक कुरा हो । प्रेम गहिरिँदै जाँदा यो मानसिक कमजोरीका रूपमा पनि देखापर्छ । यद्यपि प्रेम पछि गएर रोगमा परिवर्तन हुन्छ र त्यसलाई प्रेम रोग भन्नुपर्छ भन्ने म मान्दिन । किनभने प्रेम रोग होइन । यो भावनात्मक सम्बन्ध मात्र हो ।
तर मानिसले प्रेमकै कारण आत्महत्या सम्म गरेको उदाहरण छ, मानसिक रोग बिना मानिसले आत्महत्याजस्तो कठिन काम गर्न सक्छ र ?
प्रेममा विक्षिप्त हुनु र आत्महत्यासम्म गर्नु मानिसको भावनात्मक कमजोरी हो । प्रेम असफल भएर आत्महत्या गर्नेहरूमध्ये बढी युवा छन् । युवाहरूमा तीव्र भावनामा बहने कमजोरी हुन्छ । यद्यपि आत्महत्या गर्ने युवाहरूमा पहिलेदेखि नै मानसिक रोग हुन्ा सक्छ वा त्यो घटनाले उसलाई मानसिक रोगी बनाउन सक्छ । साधारण मानिसले आत्महत्या गर्दैन ।
यस अर्थमा प्रेम रोग पनि हुनसक्छ भन्ने मान्न सकियो ?
प्रेम रोग होइन, तर प्रेमका विभिन्न आरोह-अवरोह एवं मानिसको भावनात्मक कमजोरीका कारण कुनै बेला मानिस मानसिक रोग्ाी हुनसक्छ ।
तपाईंले आफ्नो ३० वर्षे चिकित्सकीय पेसामा यस्ता केस
कति भेट्नुभयो ?
मेरो कामै मानसिक उपचार गर्ने भएकाले यस्ता केस पनि आउँछन्, तर युवा अवस्थाको प्रेमभन्दा प्रौढ अवस्थाको प्रेम बढी गम्भीर भएको मैले पाएको छु । युवाको प्रेम भावनासँग मात्र सम्बन्धित हुन्छ । जवकी प्रौढ प्रेममा आर्थिक, सामाजिक एवं बुढेसकालको सहारा पनि गाँसिएको हुन्छ । बुढेसकालमा कसैकी श्रीमती खसिन् भने उसको प्रेम मात्र खोसिँदैन, उसको सहारा र आर्थिक क्रियाकलाप पनि रोकिन्छ । त्यसको क्षतिपूर्ति हुन गार्हो हुन्छ । कसैले उसगँ विवाह वा प्रेम गर्दैनन्, तर युवामा दोस्रो वा तेस्रो पटक प्रेम हुनसक्छ । त्यसको क्षतिपूर्ति हुनसक्छ । बुढेसकालमा आफ्नो प्रेमी -पति-पत्नी) खसेपछि गम्भीर मानसिक रोग लागेका केस धेरै छन् ।
मानिस किन दुःखी हुन्छ ?
आफूले सोचेभन्दा विपरीत हुँदा न्युरो ट्रान्समिटरमा असन्तुलन पैदा हुन्छ । फलस्वरुप मानिसको क्रियाकलाप अस्वभाविक बन्छ । आफन्तको मृत्यु, प्रेममा विछोड यसका उदाहरण हुन् । यसलाई स्टेसर केस भनिन्छ । फलश्वरुप मानिस दुःखी हुन्छ ।
तपाईंले आफ्नो जीवनमा प्रेमका कारण यस्तो स्ट्रेस भोग्नुभयो ?
प्रेममा आरोह-अवरोह सबैलाई हुन्छ । मलाई पनि भयो, तर आफ्नो लक्ष्य नै प्रभावित गर्ने किसिमले प्रेम पीडा भोग्नुपरेन ।
Interviews
Gentelman surrounded by ladies
"AIDS could be Prevented"
V-day Dr. Biswabandhu's way
चेतना अभिवृद्धि नै मुख्य कुरा हो

Jobs
Vacancy at Norvic International Hospital & Medical College
Wanted - BDS Dr, Dental Hygienist and receptionist
Vacancy -bio lab technician & microbio technologist
Vacancy at W.H.O - Surveillance Medical Officer
Vacancy at Life Care Hospital
Wanted - Pharma Med Intl - Marketing

Sponsor





