- अनुहारको पक्षाघात
- Over 70 pc mothers don’t breastfeed babies
- Rural Health Services
- HIV Couples Seek Love And Marriage
- आकस्मिक स्वास्थ्य हेरचाह
- Nursing: No Longer A Dirty Job
- मानसिक स्वास्थ्यबिनाको स्वास्थ्य
- महिला स्वास्थ्यः प्रकृति दोषी !
- जीर्ण भवनमा उपचार
- Nutri-talk: Child nutrition
- ओठको सुरक्षा
- Milk and meat okay for sinusitis patients
Articles

Poll

Sponsor

Home »Articles
जीर्ण भवनमा उपचार
ठेकेदारले पृथ्वीचन्द जिल्ला अस्पतालका नयाँ भवन अस्पताललाई हस्तान्तरण नगर्दा चुहिरहेकै जीर्ण भवनमा उपचार भइरहेको छ । बढी रकम भुक्तानी नपाएको जनाउँदै ठेकेदारले नयाँ भवन हस्तान्तरण नगर्दा जीर्ण भवनमा अस्पताल सञ्चालन गर्नु परेको हो । भवनमा पानी चुहिंदा बिरामी र स्वास्थ्यकर्मीसमेत समस्या परेका छन् ।
३ वर्षअघि भारतयि दूतावासको सहयोगमा २५ शैया अस्पतालको नयाँ भवन निर्माण भइसकेको भए पनि ठेकेदारले हस्नान्तरण नगर्दा पुरानै जीर्ण भवनमा अस्पताल सञ्चालन गर्नुपर्ने बाध्यता रहेको अस्पतालले जनाएको छ । अस्पतालका प्रमुख डा. आरएस दीपले भवन निर्माण भए पनि हस्तानान्तरण नभएकाले चुहिरहेकै भवनमा उपचार गर्नु परेको बताए । डा. दीपका अनुसार पुरानो जीर्ण भवनको एक्सरे कक्ष, आकस्मिक कक्ष, प्रयोगशाला, बिरामी कुरुवा कक्ष, बिरामी जाँच्ने कक्षमा समेत पानी चुहिरहेको छ । पानी चुहिरहँदा छाता ओढेर बिरामी जाँच्नुपर्ने बाध्यता रहेको र भवनभित्र पानी चुहिरहेकाले अस्पताल नै दुर्गन्धित बनेको छ ।
यता मूल्यवृद्धि रकम भुक्तानी नपाएको जनाउँदै भवन हस्तानान्तरण नभएको ठेकेदार भरत रायमाझीले जनाएका छन् । २०६४ साल मंसिर २४ गते एमके र रायमाझी कन्ट्रक्सनबीच समझौता भई डेढ वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी पुस ११ गतेदेखि निर्माण कार्य सुरु गरिएको थियो । डेढ वर्षभित्र अस्पताल निर्माण हुन नसकेपछि फेरि डेढ वर्ष समय थपिएको थियो । तीन वर्ष लगाएर अस्पताल भवन निर्माण भइसके पनि अस्पतालको नयाँ भवन हालसम्म प्रयोग आउन नसक्दा पुरानो भवनमै अस्पताल सञ्चालन भइरहेको छ ।
भारतिय दूतावासको दुई करोड ९९ लाख आर्थिक सहयोगमा भवन निर्माण भए पनि ठेकेदारले ४७ लाख ८१ हजार ६ सय १० रुपैयाँ महगो निर्माण सामग्रीका कारण बढी खर्च भएको र ती रकम नपाएसम्म अस्पताल हस्तानान्तरण नगरिने जनाएपछि समस्या उत्पन्न भएको अस्पतालले जनाएको छ । निर्माण कामको भुक्तानी दिने र अनुगमन गर्ने जिम्म रामग्राम नगरपालिकाले पाएको थियो । नगरपालिकाले थप रकमका लागि स्थानीय मन्त्रालयमा लेखी पठाएको तर हालसम्म रकम उपलब्ध नहुँदा बढ रकम भुक्तानी दिन नसकिएको नगरपालिकाका कार्यकारी अधिकृत दुर्गानाथ
गौतमले बताए ।
लागत इस्टिमेट अनुसार दूतावासले परियोजनाको रकम भुक्तानी दिइसकेको छ । बढ्दो महँगी, बन्द हडतालले पनि अस्पतालको निर्माण कार्यमा ढिलाइ हुँदा लागत बढ्दै गएको हो कार्यकारी अधिकृत गौतमले भने बढ रकम नेपाल सरकारले दिने प्रतिबद्धता जनाएको तर हालसम्म निकासा नदिंदा भुक्तानी गर्न सकिएन । नगरपालिकाको आफ्नो श्रोत पनि नभएकाले ठेकेदारको भुक्तानी गर्न नसक्दा अस्पतालको नयाँ भवन बने पनि पुरानै भवनमा सञ्चालन गर्नु पर्ने भएको हो ।
सदरमुकामको एकमात्र अस्पतालमा ३८ गाविसका बिरामी उपचार गराउन आउने गरेका छन् । भारतका विभिन्न गाउँबाट आउने बिरामी पनि चुहिरहेको अस्पतालमा उपचार गराउन बाध्य छन् । सरकारले बढी रकम भुक्तानी दिएर अस्पतालको नयाँ भवन हस्तानान्तरण गराउनु पर्ने माग अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र अग्रहरीले गरेका छन् । नगरपालिका र सरकारको ढिलाइका कारण जीर्ण भवनमा अस्पताल सञ्चालन गर्नु परेको र पटकपटक नगरपालिकालाई अस्पताल भवन हस्तानान्तरण गराउन पहलका लागि भनिए पनि चासो नलिएको आरोप अग्रहरीको छ ।
Interviews
Gentelman surrounded by ladies
"AIDS could be Prevented"
V-day Dr. Biswabandhu's way
चेतना अभिवृद्धि नै मुख्य कुरा हो

Jobs
Vacancy at Norvic International Hospital & Medical College
Wanted - BDS Dr, Dental Hygienist and receptionist
Vacancy -bio lab technician & microbio technologist
Vacancy at W.H.O - Surveillance Medical Officer
Vacancy at Life Care Hospital
Wanted - Pharma Med Intl - Marketing

Sponsor





