- अनुहारको पक्षाघात
- Over 70 pc mothers don’t breastfeed babies
- Rural Health Services
- HIV Couples Seek Love And Marriage
- आकस्मिक स्वास्थ्य हेरचाह
- Nursing: No Longer A Dirty Job
- मानसिक स्वास्थ्यबिनाको स्वास्थ्य
- महिला स्वास्थ्यः प्रकृति दोषी !
- जीर्ण भवनमा उपचार
- Nutri-talk: Child nutrition
- ओठको सुरक्षा
- Milk and meat okay for sinusitis patients
Articles

Poll

Sponsor

Home »Articles
ओठको सुरक्षा
ओठ सौन्दर्य दर्साउने अङ्ग हो । यद्यपि हामी ओठलाई कम ध्यान दिन्छौं । ओठले मानिसको आकर्षण, सुन्दरता, उमेर, शरीरको स्थितिमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । ठूलो-बाक्लो ओठ प्रायः अपि|mकी मूलको पहिचान हुन्छ । मंगोल जातिको ओठ प्रायः मसिनो हुन्छ । हाम्रो हँसाइमा ओठको विशेष भूमिका हुन्छ । सही ओठ भन्नु नै यसको आकार हो । माथिल्लो ओठ, तल्लो ओठ, बाक्लो-पातलो सबैको सही आकार भए उक्त ओठ आदर्श मानिन्छ । माथिल्लो ओठ तल्लो ओठको अनुपातमा ७५ प्रतिशत हुनु जरुरी छ ।
ओठदेखि चिउँडोसम्मको आकार अंगे्रजी एसजस्तो हुनुपर्छ । ओठबीचको गहिरो ४ सेन्टिमिटर तथा आँखाको कुनाबाट सीधा तल धर्सार्े तान्दा ओठको कुनामा सीधा आइपुग्ने भयो भने त्यस्तो ओठलाई राम्रो मानिन्छ ।
उन्नाइसौं शताब्दीमा सानो गुलाबको कोपिला जत्रो मुख तथा सोहीअनुरूप ओठ राम्रो मानिन्थ्यो । बीसौं शताब्दीमा ओठ पातलो र मसिनो बनाउने चलन आयो । १९५० तिर सेक्सी -उत्तेजक) तथा धनुष आकारको ओठमा रातो-चम्किलो लिपिस्टिक लगाउने चलन आयो । यो प्रथा त्यस बखत ख्यातिप्राप्त चर्चित अमेरिकी महिला मर्लिन मुनरोको थियो जुन केही वर्षसम्म धेरैले रुचाए अनि अनुकरण गरे । हिजोआज ओठमा विशेष गरी प्राकृतिक रंग, गुलाबी, हल्का चम्कने किसिमको लिपिस्टिक व्यापक प्रयोगमा आएका छन् ।
ओठ मानिसअनुसार बाक्लो, मोटो, मसिनो, लामो, छोटो, एक रूप नभएको, कालो, नीलो तथा रंग उडेजस्ता हुन्छन् । ओठको रंगबाट पनि व्यक्तिको उमेर तथा स्वास्थ्यका बारेमा यथेष्ट जानकारी प्राप्त गर्न सकिन्छ । जवानीमा ओठको रंग प्रायः रातो वा गुलाबी हुन्छ । उमेर ढल्कदै गएपछि ओठको रंगमा परिवर्तन आउँदै जान्छ । मांसपेशीहरू कमजोर भै झुल्ने प्रक्रिया सुरु हुन्छ । चुरोट सेवनले पनि ओठको किनारामा रगतका रेखाहरू
देखापर्न थाल्छन् ।
ओठको आकार-प्रकार मिलाउन चिरफारका लागि दक्ष तथा अनुभवी चिकित्सक आवश्यक मानिन्छ । चिरफार गरी ओठमा परिवर्तन ल्याउन नचाहे शृंगार विधि प्रयोग गर्न सकिन्छ । ओठ चाउरिएको भए हल्का रंगको लिपिस्टिक प्रयोग गर्नुपर्छ । रक्तीय रेखाहरू भए गाढा रंगको लिपिस्टिक प्रयोग गर्नुपर्छ । रंगको प्रयोगले ओठमा देखिएको चाउरी कम हुन्छ । मुखको वरिपरि रक्तीय रेखा भए गाढा रंगको लिपिस्टिक प्रयोग गर्नु हुँदैन । उमेर, मौसम, ओठको आकार तथा आँखामा कुन प्रकारको शृंगार गरिएको छ, यी सबै कुरामा विचार पुर्याएर मात्र लिपिस्टिक प्रयोग गर्नुपर्छ । जाडो मौसममा मोस्चराइजरयुक्त तथा चम्किलो लिपिस्टिक प्रयोग गर्नुपर्छ । गर्मी मौसममा नपग्लिने किसिमको लिपिस्टिक प्रयोग गर्नुपर्छ ।
किशोरीहरूले धेरै रंगीन वा उज्यालो देखिने लिपिस्टिकको साटो हल्का तथा छालाको रंगसँग मिल्दो रंगको लिपिस्टिक आकर्षक देखिन्छ । वयस्क अर्थात् ३० वर्षमाथिका महिलाले उज्यालो रंगको लिपिस्टिक प्रयोग गरे निकै सुहाउँछ ।
सानो आकारको ओठ भए बाहिरी रेखा बढी तान्नुपर्छ । यस्तो स्थितिमा उज्यालो रंगको लिपिस्टिक लगाउन सकिन्छ । ओठको आकार तथा साइज ठूलो भए लिपिस्टिक लगाउनुअघि ओठको भित्री भागमा पेन्सिलले भित्री रेखा तानी सीमांकन गरेर मरुन, हल्का, गाढा, ब्राउन वा बैजनी रंगको लिपिस्टिक लगाए सुहाउँछ । ओठमा लिपिस्टिक लगाउनुअघि आँखामा कुन प्रकारको शृंगार गरिएको छ ध्यान पुर्याउनुपर्छ । आँखामा गाढा शृंगार छ भने हल्का रंगको लिपिस्टिक तथा हल्का शंृगार गरिएको छ भने गाढा रंगको लिपिस्टिक प्रयोग गर्नुपर्छ ।
Interviews
Gentelman surrounded by ladies
"AIDS could be Prevented"
V-day Dr. Biswabandhu's way
चेतना अभिवृद्धि नै मुख्य कुरा हो

Jobs
Vacancy at Norvic International Hospital & Medical College
Wanted - BDS Dr, Dental Hygienist and receptionist
Vacancy -bio lab technician & microbio technologist
Vacancy at W.H.O - Surveillance Medical Officer
Vacancy at Life Care Hospital
Wanted - Pharma Med Intl - Marketing

Sponsor





