- अनुहारको पक्षाघात
- Over 70 pc mothers don’t breastfeed babies
- Rural Health Services
- HIV Couples Seek Love And Marriage
- आकस्मिक स्वास्थ्य हेरचाह
- Nursing: No Longer A Dirty Job
- मानसिक स्वास्थ्यबिनाको स्वास्थ्य
- महिला स्वास्थ्यः प्रकृति दोषी !
- जीर्ण भवनमा उपचार
- Nutri-talk: Child nutrition
- ओठको सुरक्षा
- Milk and meat okay for sinusitis patients
Articles

Poll

Sponsor

Home »News
महिला स्वास्थ्यकर्मी नहुँदा गर्भवती समस्यामा
जंकोटकी रमिताको पेटमा ३ महिनाको बच्चा छ । तर नजिकको स्वास्थ्य संस्थामा जँचाउन एकपटक पनि गएकी छैनन् ।
गर्भवती भएपछि स्वास्थ्यकर्मीसँग जाँच गराउनु पर्छ भन्ने थाहा पाएर पनि लाजका कारण नजँचाएकी हुन् । रोल्पाका अधिकांश महिला स्वास्थ्य संस्था जाने गरेका छैनन् । स्वास्थ्य संस्थामा जाँच गर्ने महिला स्वास्थ्यकर्मी नभएकाले उनीहरू लाजका कारण नगएका हुन् ।
'गर्भ रहेको गाउँमा समेत चर्चा भए पनि जँचाउन जाने चलनै छैन,' राङ्सीका परमानन्द ओलीले भने । बुढा पाकाहरूको सल्लाहमा घरमै बच्चा जन्माउन र गर्भ नजाँचे पनि हुने निष्कर्षमा महिला पुग्ने गरेका छन् । गर्भ नजँचाइ घरैमा बच्चा जन्माउन सकिएको देखेकाले पनि सकभर गर्भवतीलाई जँचाउन स्वास्थ्य संस्थामा लैजाने सल्लाह दिँदैनन् ।
अर्काेतिर अधिकांश स्वास्थ्य संस्थामा पुरुष स्वास्थ्यकर्मी हुने हुँदा महिला गर्भवतीले लाज मान्ने र जँचाउन नआउने गरेको पाइएको छ । गर्भवती महिलाले नियमित रूपमा स्वास्थ्य संस्थामा आफ्नो र पेटको गर्भको अवस्थाका बारेमा जाँच गराउनुपर्नेमा लाज मान्ने मानसिकताले घरैमा बसिरहेका हुन्छन् । शारीरिक एवं मानसिक जोखिम मोलिरहेको भए पनि झट्ट स्वास्थ्य संस्थामा जाने चलन छैन ।
जिल्ला अस्पताल रोल्पाका डाक्टर शिशिर दाहालले लाजले महिला आफ्नो पेटको बच्चाका बारेमा जानकारी लिन नआउको बताए । स्वास्थ्य संस्था जनिकैका गर्भवती पनि जाँचका लागि नआउँदा बोलाएर ल्याई जँचाएको घटना सुनाउँदै उनले त्यसका लागि चेतना विस्तार गर्न आवश्यक भएको बताए ।
यस्तै गर्भवती भएका बेलामा पतिले घरमा पूरै समय सहयोग नगर्दा पनि गर्भवती स्वास्थ्य संस्था जाने गरेका छैनन् । 'पतिले लाज मान्नु हुन्छ, त्यसैले म पनि एक्लै आउन सक्दिनँ ।' भाबाङकी सुनमाया पुनले भनिन्, 'आमासँग स्वास्थ्य संस्थामा जाने गरेकी छु ।' शिक्षा र जनचेतनाबाट ज्यादै पछि परेका स्थानीयले आफ्नो र बच्चाको स्वास्थ्यका बारेमा चासो लिएको पाइएको छैन ।
गाउँमा भएका महिला स्वयंसेविकाले भने अनुसारको तयारी पनि गर्भवतीले गरेका
छैनन् । जसले गर्दा सुत्केरी हुँदा महिलाले निकै दुःख पाउने गरेका छन् । कतिपयले स्वास्थ्य संस्थाबाट लगेको आइरन चक्की पनि खाँदैनन् । लाज र यसको काम बारेमा जानकारी नपाएकाले पनि चक्कीको प्रयोग बढ्न सकेको छैन । परिवार र छिमेकीको प्रोत्साहनको कमीले गर्दा पनि महिलाको स्वास्थ्य बारे कम चासो हुने गरेको छ ।
स्वास्थ्य संस्थाबाट चेतना विस्तार गरे पनि मातृ मृत्युदर घट्न सकेको छैन । जिल्ला स्वास्थ्यका अनुसार चेतना अभाव र दक्ष स्वास्थ्यकर्मीको अभावमा महिला स्वास्थ्यको अवस्था सन्तोषजनक छैन । नेपाल परिवार स्वास्थ्य कार्यक्रम भाग २ की डा. शिलु अधिकारीका अनुसार हरेका एक लाखमा २ सय ८१ महिलाले सुत्करी व्यथाका कारण ज्यान गुमाउने गरेका छन् ।
स्विडेनमा एक लाखमा एक जनाको मात्र ज्यान जाने गरेको उल्लेख गर्दै डा. अधिकारीले नेपालको गाउँमा यो दर बढेको बताइन् । नेपालमा प्रत्येक एक लाखमा करिब २ हजार आमाहरू जोखिममा परेको भए पनि उचित ध्यान पुर्याउन सके ८० प्रतिशतलाई बचाउन सकिने बताइन् ।
लाज तथा अन्य कारणले घरैमा सुत्केरी बनाएका करिब ४० प्रतिशत महिलाको ज्यान जाने गरेको छ । सुत्केरी बनाउन स्व्ाास्थ्य संस्थामा लैजाँदा लैजाँदै गर्दा करिब १४ प्रतिशत महिलाको ज्यान गइरहेको छ भने स्वास्थ्यकर्मीको घर, औषधि पसल लगायतमा ५ प्रतिशत महिलाको ज्यान जाने गरेको छ । डा अधिकारीका अनुसार पछिल्लोपटक सरकारले महिलाको समस्यालाई गम्भीरतापूर्वक लिएकाले यो दर घटो मात्रामा रहेको छ ।
जिल्ला जनस्वास्थ्य प्रमुख डा युवराज पोखरेलले रोल्पा लगायतका पहाडी स्थानमा मातृमृत्युदर अझै घटाउन नसकिएको बताए । उनले गाउँमा दक्ष स्वास्थ्यकर्मी पठाउन सरकारले विशेष नीति नबनाउँदासम्म सफल हुन नसक्ने औंल्याए । जिल्ला अस्पताल तथा अन्य स्वास्थ्य संस्थामा महिला स्वास्थ्यकर्मीलाई दक्ष बनाई पठाउन सकेमा मातृ मृत्यु दर लगायतका समस्यामा कमी आउने बताए ।
महिलाहरू संस्थामा जाँच गराउन उत्साहित गर्न वडाहरूमा महिला स्वयंसेविका भए पनि चेतना विस्तार भएको छैन । गाउँमा स्वास्थ्यबारे कम जानकारी भएको डा. शिशिर दाहालले
बताए । गाउँमा महिलालाई सम्झाउँदा पनि चासो नदिने गरेको जुगार १ की महिला स्वयंसेविका द्रोपति विकले बताइन् ।
Interviews
Gentelman surrounded by ladies
"AIDS could be Prevented"
V-day Dr. Biswabandhu's way
चेतना अभिवृद्धि नै मुख्य कुरा हो

Jobs
Vacancy at Norvic International Hospital & Medical College
Wanted - BDS Dr, Dental Hygienist and receptionist
Vacancy -bio lab technician & microbio technologist
Vacancy at W.H.O - Surveillance Medical Officer
Vacancy at Life Care Hospital
Wanted - Pharma Med Intl - Marketing

Sponsor





