- अनुहारको पक्षाघात
- Over 70 pc mothers don’t breastfeed babies
- Rural Health Services
- HIV Couples Seek Love And Marriage
- आकस्मिक स्वास्थ्य हेरचाह
- Nursing: No Longer A Dirty Job
- मानसिक स्वास्थ्यबिनाको स्वास्थ्य
- महिला स्वास्थ्यः प्रकृति दोषी !
- जीर्ण भवनमा उपचार
- Nutri-talk: Child nutrition
- ओठको सुरक्षा
- Milk and meat okay for sinusitis patients
Articles

Poll

Sponsor

Home »Articles
मानसिक स्वास्थ्यबिनाको स्वास्थ्य
नेपालजस्ता गरिब मुलुकमा मानसिक स्वास्थ्यको अवधारणा नै विकास भएको छैन । हामी मानसिक शान्तिको कुरा गर्छौं, स्वास्थ्यको बारेमा चर्चा गर्छौं, तर शान्ति र स्वास्थ्यको आधारस्तम्भ मानसिक स्वास्थ्यलाई आत्मसात गर्न सकिरहेका छैनौं । के मानसिक स्वास्थ्यविना समाजले आफूलाई स्वस्थ
महसुस गर्छ ? के मानसिक स्वास्थ्यविना एउटा व्यक्तिले आफूलाई सधैंभरि स्वस्थ रहने विश्वास बोक्न सक्छ ?
सैद्धान्तिक रूपमा मानसिक स्वास्थ्यविना पूर्ण स्वास्थ्यको कल्पना पनि गर्न सकिँदैन । तर व्यावहारिक रूपमा, मानसिक स्वास्थ्य सबैतिरबाट उपेक्षित छ । ज्ञानको क्षेत्रदेखि सामाजिक पहिचान र सेवाको क्षेत्रसम्म यो ओझेलमा छ । यसले मानसिक अस्वस्थताबाट प्रभावित व्यक्ति र परिवारलाई निकै अप्ठ्यारोमा पारेको छ । साथै सामाजिक रूपमा नियन्त्रण वा समाधान गर्न सकिने प्रकृतिका मानसिक समस्याहरूको पहिचान नहुँदा, हरेक वर्ष हजारौंको संख्यामा युवाहरूमा आत्महत्या गर्ने, लागूऔषध दुव्र्यसनको लतमा लाग्ने वा आफ्नो सम्पूर्ण जीवनलाई ऊर्जाशील बन्ााउन नसकी समाजबाट सदाका लागि पलायन हुने प्रवृत्ति बढिरहेको छ ।
मानसिक स्वास्थ्यलाई सकारात्मक ढङ्गले बुझ्न नसक्नु मानसिक स्वास्थ्यको विभेदको कारण हो । जसको परिणाम मानसिक स्वास्थ्यसँग जोडिएर आउने कुनै पनि घटनाहरू वा आवश्यकता उपेक्षित हुन्छन् । उदाहरणको रूपमा, मानसिक अस्वस्थताको कारण सडकमा पुगेका हजारौं मानिसलाई सामाजिक सदस्य र मूल्य-मान्यताभन्दा बाहिर राखेर व्यवहार
गरिन्छ । समस्या मानसिक प्रकृतिको भएका कारण उनीहरू सञ्चारमाध्यमको लागि खबरको विषय बन्न सक्दैनन् । अझ नेपालको सन्दर्भमा, सरकार र दातृ निकायले आफ्नो वाषिर्क बजेटको सबैभन्दा ठूलो लगानी स्वास्थ्य क्षेत्रमा गरे पनि सडकमा देखिने मानसिक समस्यामा भएका अधिकांश मानिसहरू मानसिक स्वास्थ्यसेवाको पहुँच नभएर सडकमा आइपुगेका हुन् भन्ने तथ्यलाई सिधै नजरअन्दाज गरिदिएका छन् । यसका लागि सरकार र दातृ निकायहरू जिम्मेवार छन् ।
मलाई हिजोआज मानवअधिकार, महिला अधिकार र सामाजिक सम्मानका लागि चर्का नारा लगाउने केही सम्भ्रान्त जमातहर देख्दा आश्चर्य लागेर आउँछ, जसले चर्का नारालाई कलात्मक ढङ्गले आफ्नो रोजीरोटीको बाटो बनाएका छन् र राम्रो जीविकोपार्जन गर्न सफल छन् । यिनीहरू आफ्नो नाकै अगाडिको मानवअधिकार हननलाई दैख्दैनन् र डाँडापारिको कुरामा समय र साधन खर्च गरिदिन्छन् । उदाहरणका लागि, सडकमा मानसिक सन्तुलन गुमाएर भौंतारिने महिलाहरू रातमा कतिपटक बलात्कृत हुन्छिन् होला ? तर उनीहरूको पीडा र आवश्यकता मानव वा महिला अधिकारको विषय बन्दैन । जब समाजमा शिक्षितहरूले विवेक गुमाउँछन्, समाजले बाटो बिराउँछ । आज यस्तै भएको छ, यो देशमा ।
मानसिक स्वास्थ्य पागलपनमात्र होइन । हरेक व्यक्तिले समाजमा मानसिक रूपमा कुन तहको स्वस्थपन महसुस गरेर बाँचिरहेका छन् भन्ने कुरा पनि मानसिक स्वास्थ्यको एक महत्त्वपूर्ण पक्ष हो । त्यसैगरी समाजमा देखिने परिवर्तनहरू जस्तै- आर्थिक, राजनीतिक र सामाजिक संरचनामा देखिने उथलपुथलले मानसिक स्वास्थ्यलाई प्रभावित पारेका हुन्छन् । त्यसैले मानसिक स्वास्थ्यको बारेमा जागरण समाजको सबै तह र पक्षसम्म पुग्न आवश्यक हुन्छ ।
मानसिक स्वास्थ्यको आधारभूत जानकारीविना कुनै पनि व्यक्तिले आफूलाई जीवनभर स्वस्थ राख्न सक्दैन । मैले यो लेख तयार पार्नका लागि मानसिक अस्वस्थतासँग जुधिरहेका केही व्यक्ति र तिनका परिवारहरूसँग कुराकानी गरेको थिएँ । फरक प्रकृतिका समस्या भए पनि सबैको निष्कर्ष के थियो भने परिवारको सदस्य मानसिक समस्यासँग जुधिरहँदा, परिवारका अरू सदस्यहरूले धेरै वर्षसम्म यसको बारेमा अनुमान गर्न सकेनन् । नत समस्यामा परेको व्यक्तिले आफूलाई परेको अप्ठ्यारोबारे परिवारमा कुरा राख्ने आँट नै गर्नसके । समस्यालाई समयमा पहिचान गर्न नसक्दा, उनीहरूका लागि परिवारको सदस्य सदाका लागि बोझ बन्नुपर्यो भने समस्यामा परेको व्यक्तिले आफ्नो उत्पादकत्व सदाका लागि गुमाएको पाइयो । धेरैजसो मानसिक समस्याहरू रोकथाम गर्न सकिने प्रकृतिका भए पनि पारिवारिक अनभिज्ञताका कारण जटिल अवस्थामा पुगेपछि मात्र चासो दिइने हँुदा धेरै परिवारसँग सधंैभर पछुताउनुको विकल्पबाहेक अरू केही हँुदैन । त्यसैले मानसिक स्वास्थ्यलाई पारिवारिक र सामाजिक ज्ञानको रूपमा विस्तार गर्नु
आवश्यक छ ।
सबै मानसिक समस्यालाई औषधोपचारले मात्रै ठीक गर्न नसकिने हुँदा व्यक्तिगत अनुभव मानसिक समस्यालाई बुझ्न र बुझाउन मद्दत पुर्याउँछन् । मानसिक समस्या अरू शारीरिक प्रकृतिका समस्यासँग जोडिएर आउने वा शारीरिक समस्याका कारण मानसिक समस्या देखापर्ने हुँदा पनि धेरै अवस्थामा बिरामीले आफ्नो शारीरिक समस्याको बारेमा मात्र बताउने गर्छन् । उदाहरणका लागि, मुटुको समस्या, डाएबेटिज, एचआईभी एड्स, ट्युबरक्लोसिस, मलेरियाजस्ता रोगहरूलाई मानसिक समस्याहरूले अझ जटिल अवस्थामा पुर्याइरहेको हुनसक्छन् । मानसिक रोग यस्ता प्रकृतिका रोगहरूसँगै पनि देखापर्न सक्छन् भने शारीरिक वा अरू प्रकृतिका रोगहरू नभएर मानसिक समस्यामात्र पनि देखापर्न सक्छ ।
मानसिक स्वास्थ्यविना पूर्ण स्वास्थ्यको कल्पना गर्न सकिँदैन । मानसिक स्वास्थ्यको बारेमा सकारात्मक बहस आवश्यक भइसकेको छ । मानसिक किसिमको कुनै पनि तनाव वा अप्ठ्यारो महसुस भयो भने सबैभन्दा पहिला ढिला नगरिकन परिवारका सदस्य वा मिल्ने साथीभाइसँग आफ्ना कुराहरू राख्नुपर्छ । मानसिक समस्यालाई लुकाएर वा छोपेर राख्नाले भविष्यमा यसले थप जटिलतामात्र निम्त्याउँछ । मानसिक स्वास्थ्यको छलफल हाम्रो हरेक बिहानीको चियाको चुस्कीसँगै सुरु हुनुपर्छ, किनभने नबोलेसम्म हामी कस्तो मानसिक अवस्था बोकेर बाँचिरहेका छौं भन्ने कुरा कसरी थाहा हुन्छ ?
लेखक मानसिक स्वास्थ्य अधिकारकर्मी हुन् ।
Interviews
Gentelman surrounded by ladies
"AIDS could be Prevented"
V-day Dr. Biswabandhu's way
चेतना अभिवृद्धि नै मुख्य कुरा हो

Jobs
Vacancy at Norvic International Hospital & Medical College
Wanted - BDS Dr, Dental Hygienist and receptionist
Vacancy -bio lab technician & microbio technologist
Vacancy at W.H.O - Surveillance Medical Officer
Vacancy at Life Care Hospital
Wanted - Pharma Med Intl - Marketing

Sponsor





