- अनुहारको पक्षाघात
- Over 70 pc mothers don’t breastfeed babies
- Rural Health Services
- HIV Couples Seek Love And Marriage
- आकस्मिक स्वास्थ्य हेरचाह
- Nursing: No Longer A Dirty Job
- मानसिक स्वास्थ्यबिनाको स्वास्थ्य
- महिला स्वास्थ्यः प्रकृति दोषी !
- जीर्ण भवनमा उपचार
- Nutri-talk: Child nutrition
- ओठको सुरक्षा
- Milk and meat okay for sinusitis patients
Articles

Poll

Sponsor

Home »Articles
महिला स्वास्थ्यः प्रकृति दोषी !
महिलाको शरीर स्वस्थ भएन भने प्रकृतिलाई दोष दिने चलन छ । महिला बिरामी हुँदा प्रकृतिले नै उनीहरुलाई कमजोर रूपमा सिर्जना गरेकाले यसो भएको हो भन्ने मान्यता समाजमा व्याप्त छ । नीतिनिर्माता हुन् वा समाज तथा राज्यका उत्तरदायी व्यtmि, जो-कोहीले महिलालाई शारीरिक तथा प्राकृतिकरूपले कमजोर वर्ग भन्नेगरेको पाइन्छ ।
समय-समयमा महिलाको स्वास्थ्य समस्याका विषयमा कुरा उठ्ने गर्छन् तर पनि सुनिने शब्द हुन, यस्तै हुन्छन्- प्रजननका बेलाका स्वास्थ्य समस्या, पाठेघर तथा स्तन क्यान्सर एवं मासिक श्रावका कुरा । विवाहित भएपछि उत्पन्न हुनसक्ने शारीरिक समस्या । नीतिनिर्माता, समाज होस् वा व्यक्ति, सबैले कुरा उठाउनुपर्दा अध्ययन तथा अनुसन्धान गरेर समस्याको जड के हो पत्ता लगाई त्यसको अन्त्य गर्नुपर्दछ भन्ने तर्क गर्छन्, योजना भने आउँदैनन्, सोचिँदैन । महिला होस् वा पुरुषका स्वास्थ्य समस्याका यस्ता विषय खोजिँदैनन्, जुन खोजिनुपर्ने विषय हुन् ।
प्राकृतिक तथा शारीरिकरूपले नै महिला कमजोर र उनीहरूमा स्वास्थ्यका जटिलता देखापरेको भने होइन । एउटा स्वस्थ व्यक्तिको कल्पना गर्दा, आशा राख्दा बच्चा गर्भमा हुँदा आमाको स्वास्थ्यस्थितिदेखि बच्चालाई पुर्याइएका हेरचाह नै मुख्य आधार हुन्छ । बच्चाका वंशानुगत गुणदेखि उसको विकासका क्रममा आमाको रगतसँगै अन्य गुणदेखि स्वास्थ्यका कुरा पनि आउँछन् । जसका लागि आमाको गर्भदेखि वृद्धावस्थासम्म ख्याल गरिनुपर्छ । ती पक्ष सधैँ ओझेलमा रहँदै आएका छन् । एउटा व्यक्तिको स्वास्थ्यस्थितिको आँकलन गर्नुपर्दा समाजको अवधारणा, संस्कृति, परम्परादेखि त्यस क्षेत्रको हावापानी, खानपान, रेखदेखलगायत प्रभावकारी पक्ष यसका आधार हुन्, जुन केलाइएको, अध्ययन गरिएको वा ध्यान दिइएको पाइँदैन ।
सामान्यतया महिला स्वास्थ्यका कुरा उठाउँदा विवाहित, सुत्केरी वा गर्भवती अवस्थासँग मात्र दाँजिन्छ/नापिन्छ । महिला स्वास्थ्य उपचार तथा हेरचाहको आधार त्यतिमात्रै होइन । ती त एउटा परिस्थिति तथा अवस्थामात्र हुन् । महिला स्वास्थ्य समस्यालाई आमाको गर्भदेखि वृद्धावस्थासम्मलाई केलाएर उत्पन्न हुनसक्ने समस्यासँग जोडेर हेर्नुपर्ने हुन्छ । त्यसबाट मात्र एउटी महिलाको स्वास्थ, तन्दुरुस्ती र दीर्घायुको कल्पना गर्नसकिन्छ । यी र यस्ता पक्षको आँकलन, उपचार तथा हेरचाहको व्यवस्था हुन नसक्दा शिशुमृत्यु, बालमृत्यु, कुपोषण, प्रजनन समस्या, महिनावारी हुँदा उत्पन्न हुने रोग, पाठेघर तथा स्तन क्यान्सर जस्ता महिलाका लागि कठिन अवस्था सिर्जना हुन्छन् । त्यसले वृद्धावस्थामा समेत आघात पुर्याइरहेको हुन्छ ।
सामान्यतया एउटी महिलाको स्वास्थ्य समस्या, जटिलताका प्रसङ्ग उठाउनुपर्दा छ सात चरणलाई हेरिनुपर्छ । बच्चा आमाको गर्भमा आउँदा, जन्मदेखि एक वर्षको उमेर, एक वर्षदेखि पाँच वर्षसम्मको उमेर छ देखि १२ वर्षसम्मको, १३ देखि १८ वर्षसम्म, १९ देखि ४५ वर्ष तथा ४५ वर्षभन्दा माथिको उमेर समूहसँग चरणबद्ध रूपमा दाँजेर हेरिनुपर्दछ । त्यसमा आमाको गर्भमा आएदेखि बच्चालाई स्वस्थ राख्न पुर्याउनुपर्ने आमाको हेरचाह तथा स्वास्थ्य अवस्थादेखि विभिन्न खोपका विषय पर्दछन् । तिनलाई विश्वव्यापी मान्यता अनुरूपका हेरचाहका मापदण्ड अपनाउन सक्नुपर्दछ, आवश्यक पर्दछ । बच्चालाई स्तनपानदेखि खानपान एवं चरणबद्ध अवस्थामा पुर्याउनुपर्ने खानपानको अवस्था, शारीरिक विकासक्रम, त्यसको हेरचाह, शारीरिक विकासका क्रममा उत्पन्न हुनसक्ने कुतुहलदेखि त्यस अवस्थामा अपनाउनुपर्ने सतर्कता बारेमा जानकारी, शिक्षा, खानपान उपचार जस्ता पक्ष दुरुस्त हुनुपर्दछ ।
एउटी महिलाको बाल्यास्थादेखि किशोरावस्था, तरुणावस्था तथा वैवाहिक जीवनपछि स्वस्थ जीवनका लागि अपनाउनुपर्ने सतर्कता हाम्रा स्वस्थ जीवनका अधार हुन् । हामीकहाँ यस्ता चरणबद्ध उमेर अवस्था अनुरूप फरक-फरक सेवा तथा अवस्थासुलभ उपचारका काम तथा सोच स्वयं व्यक्ति तथा राज्यसँग नहुँदा कुनै पनि महिलाले कुनै न कुनै उमेर समूह तथा चरणमा कुनै न कुनै किसिमका स्वास्थ्यका जटिलता उत्पन्न भएका तथ्य छन्, भोग्नुपरिरहेको छ । यहीँनेर हामी चुकेका छौँ, हाम्रो कमजोरी पनि देखिएको छ ।
महिला स्वास्थ्यका प्रसङ्ग भनेको जन्मेदेखि बुढेसकालसम्मलाई जनाउँछ । हाम्रो देशमा विद्यमान विभिन्न रुढीवादी परपम्परागत विचारधारा, सामाजिक धारणा, अन्धविश्वास, अशिक्षा जानकारीको कमी, गरिबी, धार्मिक परम्परा जस्ता कारणबाट महिला स्वास्थ्यमात्र नभई अन्य जटिलतामा समेत पर्दै आएका छन् । महिला उत्थानका लागि भरपर्दो एवं प्रभावकारी कार्यक्रम र कार्यान्वयनको अभावका कारणले यस्ता जटिलता देखिएका हुन् । यस्ता समस्या निवारणका लागि राज्यले आˆना धारणा, कार्यक्रम तथा नीतिमा अनुकूल वातावरण बनाउनुपर्दछ ।
Interviews
Gentelman surrounded by ladies
"AIDS could be Prevented"
V-day Dr. Biswabandhu's way
चेतना अभिवृद्धि नै मुख्य कुरा हो

Jobs
Vacancy at Norvic International Hospital & Medical College
Wanted - BDS Dr, Dental Hygienist and receptionist
Vacancy -bio lab technician & microbio technologist
Vacancy at W.H.O - Surveillance Medical Officer
Vacancy at Life Care Hospital
Wanted - Pharma Med Intl - Marketing

Sponsor





