- अनुहारको पक्षाघात
- Over 70 pc mothers don’t breastfeed babies
- Rural Health Services
- HIV Couples Seek Love And Marriage
- आकस्मिक स्वास्थ्य हेरचाह
- Nursing: No Longer A Dirty Job
- मानसिक स्वास्थ्यबिनाको स्वास्थ्य
- महिला स्वास्थ्यः प्रकृति दोषी !
- जीर्ण भवनमा उपचार
- Nutri-talk: Child nutrition
- ओठको सुरक्षा
- Milk and meat okay for sinusitis patients
Articles

Poll

Sponsor

Home »Articles
आकस्मिक स्वास्थ्य हेरचाह
काठमाडौ, अषाढ ३१ - पानीमा डुब्नु भन्नाले व्यक्तिको पूरै शरीर पानीमा डुब्नुपर्छ भन्ने छैन । यदि मुख तथा नाकका प्वालहरू पानीमा जस्तै- नदी, तलाउ, नहर, कुवा, स्विमिङ पुल, सेफ्टीटैंक, बाथरुमटवमा टाउको डुबी श्वासनलीका साथै फोक्सोमा पानी भरिन गई श्वासप्रश्वास क्रियामा बाधा पुग्छ र चिसोको अवस्था उत्पन्न हुन सक्छ । धेरैजसो रक्सी सेवन गरेको अवस्थामा, छारे रोग लागेका व्यक्तिहरू, लागूपदार्थ खानेहरू दुर्घटना भएर पानीमा डुबेर मर्छन् भने कति जना डुंगा घोप्टिँदा, स्टिमर, पानीजहाज दुर्घटना हुँदा पानीमा डुब्ने गर्छन् ।
पानीमा डुब्ने कारण
० जब व्यक्ति पानीमा खस्छ, उसको शरीरको गुरुत्वाकर्षणको कारणले पानी गहिराइमा पुग्छ ।
० यदि पानीमा डुब्नेबित्तिकै तुरुन्तै बेहोस भएन भने घाइते व्यक्ति हातखुट्टा चलाएर मृत्युसँग संघर्ष गर्छ । पौडी खेल्न जान्ने भएमा पौडिन्छ ।
० यदि पौडी खेल्न नजान्ने भएमा डुब्ने व्यक्ति चिच्याउनुका साथै मद्दतका लागि गुहार्छ । पानीको सतहमा मुख भएमा पानी पेट र फोक्सोमा पुग्छ ।
० यदि प्रक्षेपण -रिफ्लेक्स) भएमा भयंकर खोकी लाग्छ र फोक्सोमा भएको हावा बाहिर निस्कन्छ र फोक्सोमा पानी भरिन्छ र श्वासप्रश्वास बन्द भई व्यक्तिको मृत्यु हुन्छ ।
० फोक्सोमा हावाको मात्रा घट्नु र पानीको मात्रा बढ्दाखेरि शरीरको विशेष गुरुत्वाकर्षण बढ्छ, जसले गर्दा घाइते झन् निस्सासिन्छ र पानीमा झन् बढी डुब्न पुग्छ ।
० स्वचालित हातखुट्टाको अस्वेच्छिक गतिविधिले व्यक्ति पानीको सतहमा उत्रिन्छ र छटपटाइको कारणले अझै श्वास फेर्ने क्रममा फोक्सोमा अरू पानी पस्छ ।
० फोक्सोबाट पूर्णरूपले हावा ननिस्केसम्म घाइते व्यक्ति पानीमा तल जाने, माथि उत्रिने क्रम भइराख्छ ।
० अन्त्यमा घाइते व्यक्ति पूर्णरूपले बेहोस हुन्छ, पिँध -तल सतह) मा पुग्छ र ऊ मर्छ ।
मृत्यु हुने तरिका
० २ देखि ५ मिनेटसम्म श्वास प्रश्वासको गति बन्द भई निस्सासिएर मानिसको मृत्यु हुन सक्छ । ५ मिनेटभन्दा बढी समयसम्म पानीमा डुब्यो भने व्यक्तिको मृत्यु निश्चित छ ।
० डर-त्रासले गर्दा पनि मुटुको चाल बन्द हुन्छ र व्यक्तिको मृत्यु हुन्छ ।
० चिसो पानीले घाइते व्यक्तिको हृदयको गतिलाई बन्द गराउँछ ।
० पानीमा खस्दा कुनै साह्रो चिजमा परेर टाउको फुट्ने वा ढन्डेसो भाँचिने हुन सक्छ ।
० टाउको जहिले पनि पानीमाथि ल्याउन खोजिराख्दा व्यक्तिको पूरै शरीर थकान भई शिथिल हुन्छ ।
० कहिलेकाहिँ छारे रोगका बिरामी पानीमा पर्छन् र बेहोसका कारणले फोक्सोमा पानी जम्मा भई मर्छन् ।
उपचार
० घाइते व्यक्तिको भिजेको
कपडा फुकालिदिने तथा मुख, घाँटी र नाकको अरू पदार्थ निकालिदिने ।
० मुख तल पारेर, घाइतेलाई घोप्टो पारेर सुताउने र
उसको टाउको उसैको हात माथि राख्ने ।
० घाइते व्यक्तिको मुखमा मुख जोडेर कृत्रिम श्वासप्रश्वास दिने प्रयास गर्ने ।
० बिरामीलाई तातो पार्ने, कम्मल वा न्याने कपडाले उसको शरीर बेरिदिने ।
० घाइते व्यक्तिको पेट थिची पेटमा पानी भए निकालिदिने ।
यसप्रकार आकस्मिक
घटनाहरूमा आफ्ना साथीभाइ, इष्टमित्र पर्न गएको अवस्थामा समय प्राथमिक सेवा दिई समयमै नजिकैको स्वास्थ्य चौकी वा अस्पताल पुर्याउन सकेमा
अकाल मृत्यु हुनबाट व्यक्तिलाई बचाउन सकिन्छ ।
Interviews
Gentelman surrounded by ladies
"AIDS could be Prevented"
V-day Dr. Biswabandhu's way
चेतना अभिवृद्धि नै मुख्य कुरा हो

Jobs
Vacancy at Norvic International Hospital & Medical College
Wanted - BDS Dr, Dental Hygienist and receptionist
Vacancy -bio lab technician & microbio technologist
Vacancy at W.H.O - Surveillance Medical Officer
Vacancy at Life Care Hospital
Wanted - Pharma Med Intl - Marketing

Sponsor





