- अनुहारको पक्षाघात
- Over 70 pc mothers don’t breastfeed babies
- Rural Health Services
- HIV Couples Seek Love And Marriage
- आकस्मिक स्वास्थ्य हेरचाह
- Nursing: No Longer A Dirty Job
- मानसिक स्वास्थ्यबिनाको स्वास्थ्य
- महिला स्वास्थ्यः प्रकृति दोषी !
- जीर्ण भवनमा उपचार
- Nutri-talk: Child nutrition
- ओठको सुरक्षा
- Milk and meat okay for sinusitis patients
Articles

Poll

Sponsor

Home »Interviews
महिलाबीच घेरिएका एक पुरुष
ए.क सातादेखि नारी टिमले डा. भोला रिजाललाई भेट्न खोजिरहेको थियो । उनी पनि समय दिन चाहिरहेका थिए । यद्यपि रिजालको कामको चाप यति धेरै थियो कि हाम्रो समय सरिरह्यो । देशका सबैभन्दा चर्चित एवं व्यस्त स्त्री तथा प्रसूति रोग विशेषज्ञलाई भेट्नु कठिन काम पनि हो ।
व्यस्तताका बाबजुद गत महिनाको एउटा शनिबार उनले समय दिए । बिहान दिएको समयमा भेट्ने क्रम मिलाउँदा-मिलाउँदै दिन बित्यो । एउटा गोष्ठी र आफ्नै एल्बमको रेकर्डिङ सकेर हतार-हतार घर फर्किएका डा. रिजालले हामीलाई देख्नेबित्तिकै भने, 'सरी है, मेरो जीवन त यस्तै छ ।'
बिहान साढे ४ बजे उठ्ने डा. रिजाल नुवाइधुवाइ गरी भगवान्सँग आशीर्वाद माग्छन् । त्यसपछि श्रीमतीले बनाएको ब्रेकफास्ट खाई ६ बजे ओम अस्पताल पुग्छन् । सवा ६ बजे अप्रेसन गरेका बिरामी हेर्छन् । ७ बजेसम्म राउन्डमा बिरामी हेरिसक्छन् । राउन्डका बिरामी हेरेपछि ७ बजे अप्रेसन गर्ने कोठामा जान्छन् । उनी दिनहुँ सुत्केरी तथा अन्य गरी २० वटाजति अप्रेसन गर्छन् । पेट फुटेका, शिशु जन्माउन नसकेका बिरामी डा. रिजालकहाँ आउँछन् । कहिलेकाहीँ त बिरामीको उपचार गर्दागर्दै खान पनि बिर्सन्छन् । भ्याएको बेला बिहानको खाना अस्पतालको क्यान्टिनमा खान्छन् । शनिबारको दिन मात्र घरमा खान भ्याउँछन् । मेसिनजस्तै व्यस्त डा. रिजाल खानुभन्दा पनि बिरामीको उपचार गर्नु ठूलो कुरा भएको बताउँछन् । महिनौंअघि नाम लेखाएर उपचारका लागि आएका बिरामीको भीड ओपिडीमा लाग्छ । दिउँसो १२ बजेपछि उनी ओपिडीमा बिरामी जाँच्छन् । यसो गर्दागर्दै बेलुकाको ५ बज्छ । त्यसपछि पुनः अप्रेसन गरेर बसेका, अन्य समस्या परेर भर्ना भएका बिरामीलाई राउन्डमा हेर्छन् । यत्तिकैमा बेलुकाको ७ बज्छ । व्यस्तताले गर्दा अस्पतालमा केही मिटिङ राख्नुपरे बेलुका ७ बजेतिर राख्छन् । भर्खरै मात्र उनी नेपाल मेडिकल कलेजको अध्यक्ष भएका छन् । समय मिलाएर त्यहाँ पनि जान्छन् ।
मिटिङ नभएको र भेटघाटमा जानु नपरेको बेला ७ बजेसम्म उनी घर पुग्छन् । बेलुकीको खाना प्रायः घरमै खान्छन् । केही बेर टेलिभिजनमा समाचार तथा अन्य कार्यक्रम हेरेपछि भोलिका लागि बिरामी उपचार गर्ने कल्पना गर्दै निदाउँछन् ।
बाल्यावस्था र शैक्षिक अवस्था
डा. भोला रिजाल २००४ साल कात्तिक १४ गते धरान, सुनसरीमा जन्मिएका हुन् । उनका बुवाको नाम जननीप्रसाद रिजाल तथा आमाको नाम पूर्णमाया रिजाल हो । जेठा छोरा डा. रिजालका २ दिदी, १ भाइ र १ बहिनी छन् । उनको भाइको मृत्यु भैसकेको छ ।
त्यतिबेला पढ्ने विद्यालय त्यति धेरै थिएनन् । डा. रिजालका जिजुबुवा धु्रवलाल रिजाल दूरदर्शी एवं शिक्षाप्रेमी थिए । उनमा नखाएर भए पनि छोरा-नातिलाई पढाउनुपर्छ भन्ने मान्यता थियो । नेपालमा राम्रा शिक्षक नपाउँदा पनि भारतबाट शिक्षक झिकाएर पढाउँथे । खाना खानु ठूलो कुरा होइन, पढ्नु ठूलो कुरा हो भन्ने सिद्धान्तमा अडिग उनका जिजुबुवाकै कारण रिजाल परिवारका छोरा-नाति सबैले शिक्षित हुने मौका पाए । पढाए पछि गरिखान सक्छन् भन्ने सोच उनको जिजुबुवामा थियो । फलस्वरूप आज उनका सबै छोरा-नाति विभिन्न क्षेत्रमा राम्रो ठाउँमा छन् । डा. भोला रिजाल वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ भैहाले । उनका ठूला बुवाका छोरा गीतकार कालिप्रसाद रिजाल धनकुटा कलेजका फाउन्डर पि्रन्सिपल हुन् । गंगा रिजाल पाइलट छन् । सरोज रिजाल अर्थोपेडिक्स सर्जन हुन् । विष्णु रिजाल नाक, कान, घाँटीका चिकित्सक छन् । स्व. चिरञ्जीवी रिजाल उप-सभामुख भएका थिए । यसरी रिजाल परिवारका छोरा-नाति ठूला-ठूला पदमा पुगेको कुरा डा. रिजाल गर्वका साथ सुनाउँछन् ।
डा. रिजालको स्कुले जीवन धरान तथा विराटनगरमा बित्यो । धरानमा उनका गुरु हरिहर झा थिए । गुरुले उनलाई असाध्यै माया गर्थे । त्यस्तै राजेन्द्र तथा रेवती सर पनि त्यतिबेलाका राम्रा गुरु भएको उनी सम्झन्छन् । उनले विराटनगरको आदर्श विद्यालयबाट एसएलसी दिए । उनी औसत विद्यार्थी थिए । उनले एसएलसी दिनुअघि १७ सालमा जिजुबुवाले सबै छोरालाई अंशबण्डा गरिदिएर आफू काशीवास जाने निर्णय गरे । डा. रिजाल मनपर्ने नाति भएकाले काशीवास जानुअघि नै भोलाको विवाह गरिदिने उनको अडान थियो । उनी सम्झन्छन्- 'जिजुबुवाको अगाडि विवाह गर्दिन भन्न आँट आएन ।' डा. रिजाल बाल्यावस्थामा असाध्यै सज्जन, ज्ञानी, जहाँ राख्यो त्यहीँ बसिरहने स्वभावका भएकाले उनका जिजुबुवाले उनको नाम भोला राखिदिएका थिए । यसरी माया गर्ने हजुरबुवाले विवाहको कुरा गर्दा उनले नाईं भन्न सकेनन् र हजुरबुवाको इच्छाबमोजिम धरानकी सरला घिमिरेसँग उनको विवाह भयो । विवाह गर्दा उनको उमेर १५ वर्ष थियो भने सरला मात्र १२ वर्षकी थिइन् ।
विवाहपछि उनले एसएलसी दिए । एसएलसी उत्तीर्ण भएपछि उनी आइएस्सी पढ्न हजुरबुवासँगै बनारस गए । आदर्श विद्यालय बनारसमा माइला बुवाका छोरा तिलक र उनी सँगै आइएस्सी पढ्न थाले । आइएस्सी पूरा गरेपछि डा. रिजाल काठमाडौं आए । एमबीबीएस अध्ययनका लागि ढाका जान डा. रिजाल काठमाडौं आएका थिए । ढाका जान छनोट भए पनि बर्माको बाटो हुँदै ढाका जानुपर्ने थियो । बर्मामा युद्ध भएकाले जिजुबुवाले नजा भनेकाले उनले २०२३ सालमा त्यो सिट गुमाए । त्यही सिटलाई २०२४ सालमा ट्रान्सफर गरेर उनी ढाका पढ्न गए । २०३० सालमा ढाकामा एमबीबीएस सिद्धिएपछि नेपाल आए । ढाकाबाट आएको ३-४ महिना विराटनगर अस्पतालमा काम गरे । त्यसपछि तौलिहवा, राजविराज, इलाम, ताप्लेजुङ, सोलु, सल्लेरी, संखुवासभा, धनकुटा आदि ठाउँमा उनले बिरामीको सेवा गरे ।
डा. रिजाल २०३६ सालमा थप अध्ययनका लागि ढाका गए । नेपालमा राम्रो स्त्री तथा प्रसूति रोग विशेषज्ञ आवश्यक देखेर नै उनी यो विषयतर्फ आकषिर्त भएका थिए । काममा दत्तचित्त भएर लागिपरे मात्र राम्रो गर्न सकिन्छ भन्ने उनको धारणा थियो । राजविराज, तौलिहवाजस्ता ठाउँका महिला पनि महिला चिकित्सकभन्दा उनीसँगै उपचार गर्न चाहन्थे । त्यसले पनि उनलाई स्त्री रोग विशेषज्ञ बन्न थप सहयोग मिल्यो ।
नेपालबाट तत्कालीन राजपरिवार, प्रध्ाानमन्त्री, मन्त्री वा अन्य विशिष्ट व्यक्ति बंगलादेश पुग्दा डा. रिजाललाई पनि बोलाइन्थ्यो । सबै नेपाली कार्यक्रममा उनी सामेल हुन्थे । पढाइमा होस् वा अन्य कार्यक्रम, उनी निकै अगाडि थिए । नेपाली विद्यार्थीले ढाकामा राम्रो पहिचान बनाएको डा. रिजाल गर्वका साथ भन्छन् । पछिल्लोपटक ढाका जाँदा उनी धेरैजसो समय श्रीमतीसँग बसे । २०३९ सालमा पढाइ सिध्याएर नेपाल फर्किए । सरकारी जागिरमा छँदा उनी ढाका पढ्न गएका थिए । फर्किनु १५ दिनअघि उनको सेवा समाप्त गरिएको थियो । त्यसपछि सिधै शिक्षण अस्पताल महाराजगन्जमा लेक्चररको जागिर पाए । लगत्तै एसोसिएट प्रोफेसर र एसिस्टेन्ट डिन पनि भए ।
२०४६ सालमा शिक्षण अस्पतालको निर्देशक डा. रिजाल नै थिए । आन्दोलन पनि उनकै पालामा भएको थियो । सुन्दरीजल काण्ड पनि त्यही बेलामा भएको थियो । क्रान्तिकारीको लास प्रहरीबाट खोसेर उनीहरूले लगेका थिए । त्यसपछि रातको साढे दुई बजे डा. रिजाललाई बालुवाटार ल्याइयो । त्यहाँ आफूले मेडिकल आन्दोलन नगरी राजनैतिक आन्दोलन गरेको अवगत गराए । ०४६ सालको आन्दोलनमा सबैभन्दा राम्रो भूमिका शिक्षण अस्पतालले खेेलेको उनले बताए ।
उनले शिक्षण अस्पतालमा झन्डै ९ वर्ष काम गरे । ४६ सालपछि त्यहाँ प्राक्टिसिङ र नन प्राक्टिसिङको झगडा सुरु भयो । उनी र उनकी श्रीमती श्रीलंका गएका थिए । एउटा कार्यक्रममा भाग लिन देशको प्रतिनिधि भएर गएका डा. रिजाल स्वदेश आउँदा जागिर सस्पेन्स गरिएको थियो । त्यसपछि डा. विहारी लाल श्रेष्ठ, सानुमाया दली र उनले राजीनामा दिए ।
२०४६ सालमा उनले डा. मधु घिमिरे, डा. गोविन्द शर्मा, डा. ध्रुव मुडभरी, डा. गुरु ढकाल तथा डा. आनन्दसँग मिलेर कमलपोखरीमा ओम अस्पताल स्थापना गरे जसलाई २०५८ सालमा चाबहिल सारियो । अहिले ओम अस्पतालमा मुटु रोगबाहेक सबै सेवा उपलब्ध छ । १ सय ७५ सिट क्षमताको ओम अस्पताल निजी स्तरको ठूलो अस्पताल हो ।
चिकित्सकीय कथा
डा.भोला रिजाललाई जीवनमा घटेका अनेकौं घटनाले यो बाटोमा डोर्यायो । उनी १० वर्षको हुँदा परिवारसहित इटहरीमा बस्थे । गाउँभरि १० घर थिए । ती सबै घर खरका थिए । एक रात गाउँमा लागेको आगोले सबै घर जले । घरसँगै धेरै मानिस पनि जले । भोला रिजाल त्यो बेला गाउँलेको उपचार गर्ने साना डाक्टर बने । शरीर जलेर घाइते भएकालाई उनले नजिकैको स्वास्थ्य चौकीबाट औषधि ल्याएर बाँडे । उनको सहयोग देखेर रिजालका बुवालाई घाइतेले तिम्रो छोरा एकदिन ठूलो डाक्टर हुन्छ भनेका थिए । त्यो समयमै उनलाई स्थानीय बासिन्दाले 'छोटे डाक्टर' भनेर बोलाउँथे । उक्त घटनापछि उनमा चिकित्सक हुने इच्छा जाग्यो । त्यही घटना उनका लागि प्रेरणास्रोत पनि बन्यो ।
उनलाई स्त्री रोग विशेषज्ञ भने आफ्नी श्रीमतीलाई परेको अप्ठ्यारोले बनायो । २०३५ सालको कुरा हो । त्यो बेलामा डा. रिजाल राजविराजमा थिए । श्रीमतीलाई सुत्केरी बेथाले च्याप्यो । बेथाले मृत्युको रूप लिन खोजिसकेको थियो । एनेस्थेसिया र अप्रेसनका लागि कोही तयार भएनन् । राजविराजमा भएका चिकित्सकलाई डा. रिजालले एनेस्थेसिया म दिन्छु तपाईं अप्रेसन गर्नुहोस् भन्दा पनि आँट गरेनन् । केही सीप नलागेपछि राति १२ बजे अञ्चलाधीश महेश उपाध्यायको गाडीमा श्रीमतीलाई विराटनगर अस्पताल लगे । त्यहाँ पुर्याउँदा उनकी श्रीमतीको शरीरको तापक्रम १ सय ६ डिग्री पुगिसकेको थियो । सुरुमा डराए पनि डा. रिजालले आश्वासन दिएपछि डा. कस्तूरी मल्ल एवं विमला अर्यालले उनकी श्रीमतीको उपचार गरे । एनेस्थेसिया डा. विजय शर्माले दिएका थिए । शिशु बाँच्छ भन्ने थिएन, आमालाई बचाउनु नै ठूलो कुरा थियो । संयोगवश आमा एवं शिशु दुवै बाँचे । त्यस्तो घटनाबाट जन्मिएकाले कान्छो छोराको नाम प्रलय राखेको डा. रिजाल बताउँछन् । यो घटनाले उनलाई स्त्रीरोग विशेषज्ञ बन्ने प्रेरणा प्रदान गर्यो । २०३५ सालमा कान्छा छोराको जन्म भयो । त्यसपछि २०३६ सालमा पोस्ट ग्य्राजुएट गर्न उनी फेरि ढाका गए । श्रीमतीलाई परेको घटनाले उनलाई स्त्री रोगमा पोस्ट ग्य्राजुएसन गर्ने इच्छा थियो । शुभचिन्तकसँग पनि पढ्ने विषयमा पनि सल्लाह मागे । धेरैले उनलाई स्त्री रोग विशेषज्ञ नबन्न सल्लाह दिए । उनीभन्दा अघि एकजना पुरुष स्त्री रोग विशेषज्ञ थिए । उनी धेरै दिन टिक्न नसकेर बेलायत गएका थिए । त्यसैले डा. रिजालका शुभचिन्तकले पनि उनलाई स्त्रीरोग विशेषज्ञभन्दा अरू नै विषय पढ्ने सल्लाह दिएका थिए तर डा. रिजाल आफ्नो इच्छामा अडिग रहे । उनले श्रीमतीबाट पनि स्त्रीरोग विशेषज्ञ बन्ने सल्लाह पाए ।
कामको सिलसिलामा राजविराज बस्दा पनि उनले राम्रै प्रतिक्रिया पाएका थिए । घुम्टो ओढ्ने त्यो समाजका महिला पनि महिला चिकित्सकभन्दा उनीसँगै उपचार गर्न मन पराउँथे । यसले गर्दा पनि उनलाई स्त्री रोग विशेषज्ञ बन्न थप ऊर्जा मिल्यो । राम्रो सेवा दिए महिला पुरुष भन्ने हुँदैन भन्ने उनको धारणा छ । हालसम्म उनले ५० हजारभन्दा बढी महिलाको उपचार गरिसकेका छन् ।
सामाजिक कार्य
चिकित्सकको जीवन नै सामाजिक काममा बितेको हुन्छ । बिरामीको सेवा गरेर नयाँ जीवन दिने चिकित्सकका लागि त्यो भन्दा ठूलो सामाजिक सेवा के नै हुन सक्छ र ? यसका अतिरिक्त विभिन्न संघसंस्थामार्फत् उनले अनेकौँ सहयोग गरेका छन् । डा. रिजाल स्वामी कमल नयनाचार्य मुक्तिनाथ पीठाधीश्वरमा २०५८ सालतिर अस्पताल निर्माण गरेका छन् । त्यो ट्रस्टमा डा. रिजालकी श्रीमती पनि संलग्न छिन् । उनी उक्त अस्पतालका लागि निःशुल्क औषधि उपलब्ध गराउँछन् । आफू पनि समय-समयमा गएर बिरामीको उपचार गर्छन् । डा. रिजालले वर्षको एकपटक छालिङ, मातातीर्थ, मुग्लिङ तथा मनकामनामा मेडिकल क्याम्प राखेर बिरामीको निःशुल्क उपचार गर्ने गरेका छन् ।
फिटनेस
डा. रिजाल बिहान ६ बजेदेखि बेलुका १० बजेसम्म व्यस्त रहन्छन् । यति व्यस्त भएपछि फिटनेसका लागि कुनै उपकरण आवश्यक नभएको उनको ठहर छ । ६२ वर्षको उमेरमा पनि उनी उत्तिकै फुर्तिला छन् । उनी शरीर तथा अनुहार मनको दर्पण हो भन्ने विचार राख्छन् । जब कुनै पनि मानिसको मस्तिष्कमा परोपकार गरौं भन्ने कुरा आउँछ तब ऊ खुसी हुन्छ । सकारात्मक सोच राख्नुपर्छ । कुनै पनि कुरा यसो गर्छु भनेर बोलेर मात्र हुँदैन, पूरा गर्नुपर्छ । मेरा यी हात सधै अर्काका लागि काम लागून् भन्ने सोच राख्नुपर्छ । बुद्धिले भ्याएसम्म अरूको सहयोग गर्नुपर्छ, कसैको कुभलो चाहनु हुँदैन । फिटनेस त्यसै कायम रहन्छ ।
डा. रिजाल बस्दा कहिल्यै कुप्रो भएर बस्दैनन् । केही वर्षअघि राजविराजमा हुँदा बाकस उठाउने क्रममा डिस्क प्रोल्याप्स भयो । केही समय ट्रेडमिल प्रयोग गरे पनि अहिले गरेका छैनन् । पहिले डा. सौभाग्यमान मल्ल र उनी भएर आधा घन्टा मर्निङ वाक गर्थे । बाटाबाटामा हत्याका घटना हुन थालेपछि उनले मर्निङ वाक छाडे । कुनै योगको कार्यक्रम तथा धार्मिक प्रवचन छ भने भ्याएसम्म पुग्छन् ।
एक व्यक्ति अनेक रुचि
८-९ वर्षको उमेरदेखि नै डा. रिजाललाई गायन तथा लेखनमा रुचि थियो । उनका बुवा पनि कुशल कवि थिए । घरमा पाहुना आउँदा होस् वा गीत सुन्न मन लागे बुवा तथा जिजुबुवाले गीत गाइदे भन्थे । त्यसले गर्दा पनि उनलाई ऊर्जा मिल्थ्यो । ५ कक्षादेखि नै गोष्ठीमा भाग लिन्थे । उनी हप्तैपिच्छे पुरस्कार जित्थे । पुरस्कारमा उनले कलम, पेन्सिल तथा कापी पाउँथे । &
Interviews
Gentelman surrounded by ladies
"AIDS could be Prevented"
V-day Dr. Biswabandhu's way
चेतना अभिवृद्धि नै मुख्य कुरा हो

Jobs
Vacancy at Norvic International Hospital & Medical College
Wanted - BDS Dr, Dental Hygienist and receptionist
Vacancy -bio lab technician & microbio technologist
Vacancy at W.H.O - Surveillance Medical Officer
Vacancy at Life Care Hospital
Wanted - Pharma Med Intl - Marketing

Sponsor





