- अनुहारको पक्षाघात
- Over 70 pc mothers don’t breastfeed babies
- Rural Health Services
- HIV Couples Seek Love And Marriage
- आकस्मिक स्वास्थ्य हेरचाह
- Nursing: No Longer A Dirty Job
- मानसिक स्वास्थ्यबिनाको स्वास्थ्य
- महिला स्वास्थ्यः प्रकृति दोषी !
- जीर्ण भवनमा उपचार
- Nutri-talk: Child nutrition
- ओठको सुरक्षा
- Milk and meat okay for sinusitis patients
Articles

Poll

Sponsor

Home »News
प्रजातन्त्र सेनानीले उपचार पाएनन्
जिब्रो र घाँटीको क्यान्सरले ग्रसित प्रजातन्त्र सेनानी गंगाप्रसाद शर्माको आर्थिक अभावका कारण उपचार हुन सकेको छैन ।
उपचार क्रममा क्यान्सर संक्रमित उनको जिब्रो काटिएको छ । घाँटीको शल्यक्रिया गरिएको छ । शर्मा जिल्ला सेनानी संघका अध्यक्ष हुन् । खुइलेको कपाल, जीउमा मैलाको टाटो, चाउरी परेको शर्मासहित उनका परिवारलाई अहिले त्यसैको चिन्ताले सताएको छ । बूढेसकालमा पनि दोस्रो लोकतान्त्रिक जनआन्दोलनका क्रममा उनी घाइते भएका थिए ।
'सहयोग पाउने आश्वासन पाएको महिनौं भइसक्यो, केही पाइएन,' छोरा सुरेशले भने । 'प्रत्येक १५ दिनमा बुवालाई लिएर भरतपुर क्यान्सर अस्पताल जानुपर्छ खर्च धान्नै गाह्रो भइसक्यो ।' अस्पताल धाउन उनी यतिखेर क्यान्सर रोगले थला परेर महिनौंदेखि ओछ्यानमै छन् । सहयोग गर्ने सरकारी व्यवस्था भए पनि उनले सहयोग पाउन नसकेकामा परिवारै दुःखी छन् । 'उपचार खर्च अभावमा ५ महिनादेखि थला परे पनि सरकारले सहयोग गरेको छैन,' श्रीमती ललितादेवीलेे भनिन्, 'बसेको घडेरी बेचेर ७ लाख खर्च गरिसकें ।'
उनको उपचार खर्चका लागि परिवारले वैशाख ३० मै स्वास्थ्य मन्त्रालयसित सहयोग माग गरे पनि सहयोग उपलब्ध गराएको छैन । सहयोगका लागि मन्त्रालयले सरकारलाई त्यसबारे प्रस्ताव गरे पनि बेवास्ता गरेको ललितादेवीले बताइन् । 'देश र समाजका लागि आन्दोलन हुँदा लागिपर्नु हुन्थ्यो । तर अहिले थल्ाा पर्दा हेरिदिने कोही भएन,' उनले दुःखेसो गरिन् ।
शर्माले स्व. बलबहादुर राईसँगै जेल जीवन बिताएका थिए । कृष्णप्रसाद भट्टराई अध्यक्ष रहेका राजनीतिक पीडित सहायता समितिद्वारा प्रकाशित पुस्तकमा पञ्चायतकालमा शान्तिसुरक्षा बिथोलेको अभियोगमा ७ पटक जेलजीवन बिताएका २२ नेताको सूचीमा शर्मा पनि छन् । सूचीमा स्वर्गीय मनमोहन अधिकारी, बलबहादुर राई, कृष्णप्रसाद भट्टराई, झलनाथ खनाललगायतको नाम उल्लेख छ ।
Interviews
Gentelman surrounded by ladies
"AIDS could be Prevented"
V-day Dr. Biswabandhu's way
चेतना अभिवृद्धि नै मुख्य कुरा हो

Jobs
Vacancy at Norvic International Hospital & Medical College
Wanted - BDS Dr, Dental Hygienist and receptionist
Vacancy -bio lab technician & microbio technologist
Vacancy at W.H.O - Surveillance Medical Officer
Vacancy at Life Care Hospital
Wanted - Pharma Med Intl - Marketing

Sponsor





